Kapil Pokharel Kapil Pokharel
पहिलो पल्टको गिरफ्तारी

पहिलो पल्टको गिरफ्तारी

पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी आम शोषितपीडित जनतालाई मुक्त गरी अनि देशलाई स्वतन्त्र बनाई नयाँ जनवाद स्थापना गर्ने र सो मार्फत समाजवादसाम्यवादमा पुग्ने विषय थोरबहुत बुझ्दै थिए । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा सानाठूला गतिविधि भइनै रहन्थ्यो त्यसताका । पञ्चायती व्यवस्था उल्टाउन जनता जागृत पार्ने कार्यनीतिमा थिए दलहरु । हाम्रो पार्टी पनि त्यही कार्यनीतिमा थियो ।

सन् १९८७ मा मेघालय लगायतका पूर्वी भारतीय राज्यहरुमा सदीयौंदेखि त्यहाँ बसोवास गर्ने प्रवासी नेपालीहरुलाई ज्यादती गरी विस्थापित बनाइएको थियो । ती प्रवासी नेपालीहरुलाई विस्थापित गरेको हाम्रो लागि सह्य भएन । पञ्चायती सरकारप्रभुत्ववादी भारतीय सत्ता सामु मौन थियो । देशका कयौं ठाउँमा ती प्रवासी नेपालीहरु शरणार्थीका रुपमा कष्टकर जीवन विताइरहेका थिए ।

मंसिर महिनाको जाडोमा खुल्ला आकाश मुनी रात विताउन वाध्य थिएँ उनीहरु । नेकपा (माले)नेकपा (मसाल)नेकपा (मशाल) लगायतका कम्युनिष्ट पार्टीहरु आआफ्नो विद्यार्थी संगठन मार्फत मेघालयबाट लखेटिएका नेपालीहरुको उचित प्रवन्ध गर्न’ पञ्चायती सरकारसँग र ससम्मान फिर्ता लगी सुरक्षा गर्नका लागि भारत सरकारसँग माग गर्दै आन्दोलन चलाउने निर्णय गरेका थिए । यस क्रममा देशव्यापी विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम अनुसार नारायणगढमा विरोध प्रदर्शन कार्यक्रम थियो । २०४४ मार्ग २७ गते हामीलाई नारायणगढको संगमचोक (हाल शहिदचोक) मा भेला भई जुलुस निकाल्ने योजना थियो । हामीलाई कार्यक्रम स्थलसम्म एक्लाएक्लै जाने निर्देशन थियो । समूहमै जाँदा बाटैमा समातिने भएकाले एक्लाएक्लै तर साथीहरु नजिक नजिकै हिडेका थियौं । शहिदचोकमा पुलिसहरु भरिभराउ रहेछन् । हामीलाई तत्काल अर्को निर्देशन भयो र हरेक अगाडिको साथीले पछाडिकोलाई बेलचोक (करिव १ कि.मि. दक्षिणतर्फ) जम्मा हुन संकेत गर्दै अगाडि बढ्यौं ।

हामी बेलचोक पुग्यौं तर त्यहिं पुगे पुलिसहरु पनि । पुलिसले हामीलाई एकएक गर्दै समाउँदै ट्रकको पछाडि पट्टि हाल्यो । हामीसँग भाग्ने गुञ्जायसै थिएन । सबैतिर पुलिसले घेरेका रहेछन् र हामीलाई तत्काल निर्देशन भयो नभाग्ने गिरफ्तार हुने’ भनेर । त्यसरी समातिदै ट्रकमा लोड गरिने क्रममा म पनि परे ।

००००००

सानो (१०/११ वर्षको) उमेरमा दाइहरुको पछि लागेर २०३५०३६ सालको आन्दोलनमा म पनि सहभमागी भएको थिए । आन्दोलनमा स्कुलका ठूला दाइहरुले हामी चार कक्षाका विद्यार्थीहरुलाई पनि साथै लिएर दिनहुँजसो जुलस गर्थे । मलाई याद आउँछयाद किन नआउने आफैले भाग लिएको कार्यक्रमको । म पढ्ने झुवानी स्कुलदेखि राजमार्गको टाँडीबजार करिव ६७ कि.मि. सम्म जुलुस प्रदर्शन गर्दै पुग्थ्यौं । टाँडीबजारमा उफ्री उफ्री पञ्चायती व्यवस्थामुर्दावादको नारा लगाउँथ्यौं । अनि त्यहीं नेपाल मा.वि.मा वा सडकमै सभा गथ्यौं । २०३६ सालको अन्तिमतिर नारायणगढमा बुहदलको पक्षमा जनमत सिर्जनागर्ने ठूलो प्रदर्शन र जनसभामा नेता वी.पी. कोइराला आउनु भएको थियो । त्यहाँ पनि भाग लिएको थिएँ मैले ।

पछि २०४१ सालमा शिक्षक आन्दोलनका क्रममा पुसको अन्तिम हप्ता २ दिने नेपालबन्द थियो । नेपाल बन्द सफलपार्न गुरुहरुलाई मद्दत गर्न हामी विद्यार्थीहरु पनि गएका थियौं । टाँडीबजारमा हामी बन्दकर्तालाई पुलिसले आक्रमण ग-यो । मैले पनि २/३ लाठ्ठी (कटबाँसको ठूलो लाठो) भेटेको थिएँ । तर गिरफ्तार भने भएको थिइन ।

०००००

यस अघि कहिल्यै गिरफ्तार नपरेकोले यो नै मेरो पहिलो अनुभव थियो । मलाई एकै पटक खुशी र दुःख लाग्यो । दुखी यस अर्थमा कि जुलुस निकाल्न पाएनौं ती मेघालयबाट लखेटिएका नेपालीहरुको समस्या ज्यूका त्युँ रहने भोभन्ने कारण । अर्को तर्फ जेलमा रहेका पञ्चायत विरोधी कम्युनिष्ट र कांग्रेसका नेता कर्याकर्ता प्रति हाम्रो अगाध स्नेह र सम्मान थियो । त्यसैले जेल जाने कुरामा मलाई पटक्कै दुःख थिएन । मैले यस मानेमा खुशी मानेको थिएँ कि म यो देश र जनताको निम्ति लड्दै थिएँजेल जाँदै थिएँ ।

हामीले ट्रक भित्र पनि नारा लगाउर्दै गयौं । मेघालयबाट लखेटिएका नेपालीको— तत्काल व्यवस्था गरभारतीय विस्तारवाद– मुर्दावाद ।” यस्तै यस्तै नारा लगाउँदै पुलिसको गाडी नै थर्कायौं । हामीलाई अगाडि बढायो पुलिस कार्यालय लैजान । हामीले वाटोमा नारा लगाइ रह्यौं । गाडी जि.प्र.का. को गेटबाट छि¥यो तै पनि हामीले छोडेनौं नारा धन्काउन । भित्र पस्ने वित्तिकै टाउँके पुलिसले आदेश दियो ठोक सालेहरुलाईठोक !” भन्दै अश्लिल शब्दले गाली गलौज गर्दै आदेश ग¥योआफ्ना जवानहरुलाई । हामी माथि लाठ्ठी बज्रन थालोकसैको टाउकामा कसैको शरीरमा जहाँ मन लाग्छ त्यही त्यही ठटाए मोराहरुले । कुटाईको पर्वाह नगरी नारा लगायौं एक छिन त । धेरै पीटिए पछि कोही साथीहरु सख्त घाइते भए कोही रुन थाले अनि हाम्रो नारा बन्द भयो । हामी मध्येका मुख्य मुख्य साथीहरुलाई तल झा¥यो । तल लगेर के के सोध्योकेके ग¥यो अनि केही वेर पछि हामी भएको गाडीमा ल्याएर हाल्यो । त्यस पछि हामीलाई बाहिर निकाल्यो । गाडी अगाडि बढ्यो । हामीलाई कहाँ लौजादैथ्यो  थाहा थिएन । तर राजमार्गै राजमार्ग पूर्वतर्फ लग्यो । जि.प्र.का.बाट करिव ९ कि.मी. पूर्व राजमार्ग छेउमै रहेको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौली पु¥याएर चिसो भुईमा थुन्यो ।

अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी