Kapil Pokharel Kapil Pokharel
घर परिवारमा रुवावासी मच्चिएछ :

 वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि हामी लाठो लिएर फुत्त राजमार्गमा निस्केकोले ध्यान हामीतिर आएछ र ती भाइहरु त्यो भिडमा हराएछन् । म माथि भएको आक्रमणले उनीहरु स्तब्ध भएछन् । उनीहरु कतिवेर त्यहाँ बसे थाहा भएन । साँझपख घर गएछन् र भतिजले भनेछन् “अंकल त मर्नुभयो होला ! वीरेन्द्रनगरमा मण्डलेहरुले धेरै पिटे, मारेर फालेको जस्तो लाग्यो; हामी चाहि भागेर आयौं । झउरा महताले पनि त्यसमा सही थापेछन् ।
 हाम्रो घर बछौली–४ को पडरिया भन्ने गाउँमा छ । त्यसको नजिकै खोला पारी रत्ननगर–५ चित्रसारीमा मेरी दिदी, फुपू दिदी र सानिमा अनि धेरै मलाई माया गर्ने मानिसहरुको घर, बछौंली–९ स्थिति टरौली र झुवानीमा दिदीहरुको घर छ, मलाई माया गर्ने इष्टभित्र र साथीभाइ इलाकै भरी अनि इलाकाकै एक छेउ जयमङ्गलामा रहेको मामा घर र जुटपानीमा अर्की दिदीको घर सबैतिर खवर पुगेछ । (मेरो आफन्तहरु मध्ये अधिकांशले कांग्रेस पार्टीमा आस्था राख्थे त्यतिबेला थोरै चाहीं नेकपा (माले) समर्थक, र केही स्वतन्त्र थिए ।  ती मेरा आफन्तहरुमा छटपटाहट भएछ । जो अलिक टाठो थियो उ कांग्रेस वा माले । पुलिस कहाँ नगई मेरो अवस्था थाहा नहुने पुलिस कहाँ जाँदा आफै समातिने डरले कोही जान सकेनन् । म मरेको हुनसक्ने भन्ने समाचार पहाडसम्म पनि पुगेछ । मेरो माता–पिता धादिङ्ग जोगिमारा–८ सेलाङ्गढुङ्गमै हुनुहुन्थ्यो । (हामी १६ जना दाजु–भाइ, दिदी–बहिनीको जन्म पनि त्यही भएको हो) बुबा–आमालाई ठूलो चोट परेछ । नदीपारी गोरखाको ध्याल्चोकमा दिदीहरुकहाँ हाम्रो तल्लो घरमा ठूलो बा–आमा र मेरो वालसखा, परिवारजन सबैमा रुवावासी भएछ । ( जनप्रकाश   बर्ष ३  अंक २९ , २०६८  श्रावण   २२ र गोलसिमल २०६८ आषाढमा  प्रकाशीत )
 
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी