Kapil Pokharel Kapil Pokharel
साधु बनेर फुत्केको घटना (२२ चैत्र

फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको थियो । इलाका स्तरको आन्दोलन परिचालन संयुक्त संयन्त्रको एक सदस्य थिएँ म । नेपाली कांग्रेस अलि नरम कार्यक्रम ल्याउथ्यो, हामी अलि खरो कार्यक्रम बनाउथ्यौं । अनि तय भयो चैत्र २२ का लागि २ वटा कार्यक्रम । विहान रत्ननगरको हरिहर मन्दिरमा जनआन्दोलनको पक्ष र शहिदहरुको सम्झनामा पूजा पाठ कार्यक्रम र साँझ कुमरोजदेखि झुवानीसम्म शंख पुक्दै मशाल जुलुस गर्ने कार्यक्रम ।
 
कार्यक्रम अनुसार विहान सबेरै हामी हरिहर मन्दिर भेला भयौं । साथीहरु ईश्वरी लामिछाने, ठाकुर पौडेल सहित हामी तीन जनाले गेटमा व्यानर झुण्ड्यायौं । भित्र पूजा–पाठ सुरु भयो । हामी करिव २०–२५ जना थियौं । कांग्रेसका साथीहरु प्रौढ थिए मालेका साथीहरु नवयुवा । प्रौढ मित्रहरु वेद, रुद्री, चण्डी, श्रीभ्द भागवत पाठ गर्न लागे । हामी दर्शक, श्रोता र सेन्ट्री भयौं । त्यत्तिकैमा ९ बज्नैै लाग्दा टाँटी(रत्ननगर) को पुलिस भ्यान त्यही नजिकै राजमार्गबाट क्रस ग¥यो, हामीले सोच्यौं उनीहरु भरतपुर तर्फ लाग्यौं । तर ४–५ मिटनेमा थाहा भयो उनीहरु त हामीलाई घेरामा पार्न पो त्यता (पश्चिम पट्टि) लागेका रहेछन् । मन्दिरको पूर्वपट्टि पर्खाल लगाइएको थियो । पश्चिम तर्फ तारवार लगाए पनि ठाउँ ठाउँमा तार टुटेकोले भाग्ने ठाउँहरु थिए । पुलिसले हामीहरु त्यतैबाट भाग्छौ भन्ने थाहा पाएर हामीलाई घेरा हालेछन् । एक ट्रक पुलिसले घेरा हालेका रहेछन् र टाँडीको १ भ्यान पुलिस हाम्रो गेटमा आइपुगे । उनीहरु गेटबाट भित्र छिरे । आन्दोलनकारी साथीहरु भागाभाग भए । पश्चिम पट्टि पुलिसले ८–९ जनालाई समात्यो भने ८–१० जना फरार हुन सफल भए । म र ईश्वरी लामिछाने भित्रै समातियौं । हामीलाई खुट्टामा ५–६÷५–६ पल्ट हान्यो । हामीलाई गाडी भित्र राखेर २÷३ जना कुरुवा बसे अरु ती साथीहरुलाई लिन गए । हामीले तत्कालै एउटा निर्णय ग¥यौं कि हामी झुक्याऔं भनेर । अनि शुरु ग¥यौ राम नाम जप्न । हामीले एकोहोरो रामनाम जप्न थाल्यौं— हरेराम, हरेकृष्ण।।।।।। हरेराम हरेकृष्ण।।। लगातार जपि रह्यौं । 
 
उता अरु साथीहरु केशव लामिछाने, कविराज अधिकारी सहित ८–९ जनालाई समातेर ल्याई गाडीमा पछाडि हाल्यो । टाँडी चौकीमा हामीलाई अलग्गै राख्यो, अरुलाई अलग्गै हामीलाई अफिससँगको कोठामा राखेको थियो । अफिसमा बोलेको सबै बुझिने गरी सुनिन्थ्यो । पुलिसले पिट्दै बयान लिन थाल्यो । हामीले हरेराम हरेकृष्णको भजन गर्ने आवाज सानो पार्दै सुन्यौं । एक जना साथी केशव लामिछानेलाई खुट्टामा बेस्करी हिर्कायो, पछि थाहा भयो उहाँको गोलीगाँठानेर फ्रयाक्चर भएछ । अरुको थाहा छैन । यसरी कुटपिट गदै बयान लिई रहेको थियो । एकजना १५–१६ वर्षे साथीको पालो आयो । उसलाई सोध्यो, त्यो व्यानर कसले झुण्ड्याएको भन् ? उसले जवाफ दियो— “ठाकुर पौडेल, ईश्वरी लामिछाने र एकजनाको नाम थाहा छैन ।” (त्यो नाम थाहा नपाएको मान्छ म थिएँ) यो सुनेपछि ईश्वरीजीले नाम फेर्नु भयो ईश्वरराज शर्मा भनेर । हामी यो सबै सुन्दै राम नाम जपिरहेका छौं । करिव २ बजे हाम्रो पालो आयो । हामी दुवै जनालाई एकै चोटी अफिसमा लग्यो । हामी राम नाम जप्दै अफिस भित्र छि¥यौं । बेन्च देखाउदै इन्स्पेक्टरले ‘बस्’ भने । हामी राम नाम जप्दै बस्यौं । ‘नाटक गर्छस !” थर्काउदै भन्यो । हामीले एकै चोटी रुन्चे स्वरमा “हैन हजुर, हामी साच्चिकै पुजारी हौं, हामीलाई प्रजानाथ गुरुले देवघाटबाट ल्याउनु भएको” भन्यौं । (हरेक वाक्यको संयोजकको रुपमा हामीले हरेराम हरेकृष्ण भन्थ्यौ) उसले सोध्यो – ‘कहिले ?’ एक महिना अघि, “हरेराम हरे कृष्ण” आँखाबाट आँशु चुहाउँदै भन्यौं । ५÷६ छडि त हरेकले खाइसकेका थियौं विहानै । चौकीमा भने हामीलाई ४÷५ चोटी मात्र पिटेजस्तो लाग्दछ । उसले फेरि सोध्यो, “तिनीहरुलाई चिन्छउ ?’ हामीले राम नाम जप्दै भन्यौं । चिन्दैनौं सर । ८ बजे तिर आएर पूजा–पाठ गरे, त्यो भन्दा पहिला कसैलाई देखेका थिएनौं, राम नाम जप्दै जोड्यौं । तेरा नाम के ? ईश्वरीलाई सोध्यो ‘ईश्वरराज शर्मा राम नाम जप्दै जवाफ दिए, साथीले । मलाई हाँसो उठ्यो, फुत्त आवाज आयो ‘ह।।’ तर मैले बीचैमा रोकेर हाँसोलाई खोकीमा परिणत गरिदिए ‘हख्ख।।।।!’ मलाई सोध्यो, तेरो नी ? मैले मेरो नाम “कपिलदेव पोखरेल”, हरेराम हरे कृष्ण जप्दै जवाफ दिएँ । 
 
त्यो इन्स्पेक्टरलाई म दयालु त पटक्कै मान्दिन तर मुर्ख भने पक्कै रहेछ । हरेराम जपिरहने पुजारी÷सन्तहरुको टुपी पनि थिएन न त जनै नै थियो । त्यति कुरामा ध्यान पु¥याउन सकेन उसले । हामीलाई राम्रो भयो । करिव २ बजे हामीलाई अब आइन्दा भेटें भने छाड्दिन भन्यो । अनि आदेश दियो “आइन्दा देशद्रोही, उग्रवादी आए भने खवर गर्नु ।’ सिपाहीलाई बोलाएर भन्यो यिनेरुलाई छाड्दे ! हामी खुशी भयौं । राम नाम जप्दै निस्कियौं । हामी त्यसपछि ३÷४ कि।मी। पश्चिम (टिकौली) स्थित ईश्वरीको घर गयौं । आमाले खाना पकाएर खुवाउनु भो, हामीले साथीभाई र परिवारलाई हाम्रो चर्तिकला सुनाउँदै १ जति घण्टा रमाइलो ग¥यौं । 
 
म साँझ पख बछौली–४ स्थित घर नजिकैबाट झवानी हुँदै कुमरोज (गवै) पुगें । म पुग्दा शङ्खे–राँके जुलुस शुरु भैसकेको थियो । जुलुस झुवानीसम्म आइपुग्यो, त्यहीं कार्यक्रम विसर्जन भो र सेल्टर तर्फ लागें । सेल्टरमा गएँ । साथीहरुसँग भेट भयो । दिउसोको घटनाको रिपोटिङ्ग गरे । साथीहरुले धन्यवाद दिनु भयो र भोलिपल्टको योजना बारे छलफल ग-यौं ।
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी