Kapil Pokharel Kapil Pokharel
जीवनका स्मरणीय घटनाहरु - २३ चैत्र

ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ पञ्चायत (तत्कालिन नाम) को भवन सँगै रहेको चौर तर्फ दौडिएँ । करिव मेरो उचाई बराबरको तारवार लगाइएको रहेछ, मैले उफ्रेर तारवार नाघें, र कम्पाउण्ड भित्र छिरेछु, मैले पुलुक्क पछाडि फर्केर हेरें, मेरो पछाडि ठूलो भिड  थियो, करिव ४०–५० जना पुलिस पनि भर्खरै आइपुगेको थियो, म दौडिदै अगाडि बढें, कम्पाउण्ड भित्र परेकाले बाहिर निस्कन खोजे र उफ्रिएँ तर नाघ्न भ्याइन, एक हुल मण्डलेहरुले मलाई समात्यो । मसँग एउटा ठूलो लाठो थियो (मसँगै अरु तीन जना सँग पनि थियो । १÷१ वटा र ४–५ जनासँग केही थिएन) म र अर्कौ एक जना साथी लाठी घुमाउन जान्दैनथ्यौं । तर अरू दुई जनालाई लाठी खेलाउन आउँथ्यो । मैले मलाई लाठी खेलाउन आउदैन, म लाठी लिन्न, भनेको थिएँ तर साथीहरुले मानेनन् । नेतृत्वको आदेश नमान्दा डरपोक भइने हुनाले लाठो बोकेर क्रान्तिकारी हुन कोशिष गरेको थिएँ । 
 
पहाडमा मास÷कोदो चुट्ने जत्रो लाठो थियो । मलाई त्यही लाठोले मनलाग्दी पिट्न थाले मण्डलेहरुले । तीन चार लाठो पिटेको अनुभव भयो, मलाई ४–५ पटक भन्दा पछि पिटेको पटक्कै दुखेन, बल (भकुण्डो) मा पिटेको जस्तो भयो । त्यतिबेला म बेहोस भै सकेको रहेछु । उनीहरले धेरै पिटे पछि एक जना साथी (सुन्दर श्रेष्ठ) मण्डलेहरुको भिडमा उसकै साथी बनेर छिर्नु भएछ र रोक्नु भएछ “अब यसलाई नपिटौं यो सकियो” भन्दै लाठी समाउनु भएछ । 
 
२०४६ सालको जनआन्दोलनका क्रममा चितवन जिल्लामा आन्दोलनको प्रभाव अत्यन्त व्यापक थियो । आन्दोलनकारी माथि वीरेन्द्रनगरका मण्डलेहरुले सूचना दिने, फकाउने आदि गरेका रहेछन् । मण्डलेहरुलाई तह नलाए त्यो क्षेत्रबाट आन्दोलनमा सहभागिता नहुने भएकोले २०४६ चैत्र २३ गते ती मण्डलेहरुलाई कार्वाही गर्ने कार्यक्रम बनेको थियो । १२ बजे पुग्नु पर्ने हामी १ बजे मात्र पुग्यौं । हामीसँग लाठोहरु भएकोले पुलिसले बाटैमा पक्रने भएको कारण हामी राजमार्गदेखि दक्षिणको समानान्तर स्थानीय सडकबाट पैदलै गएका थियौं । १२ बजे नै अन्यत्रबाट आएका साथीहरुले मण्डलेहरुलाई कुट–पिट सहित कालोमोसो दलेर जुत्ताको माला लगाई हिडिसकेका रहेछन् । हामीलाई नजिकै एकजना साथी (महाप्रसाद पाण्डे) ले जानकारी गराइसक्नु भएको थियो । तर हाम्रो टोली नेता (गुडाखर सापकोटा)का हठताका कारण हामी कालो अरिंगालको गोलामा ढुंगा हान्न गएका थियौं । आन्दोलनकारीको कार्वाहीको सूचना पाएर भरतपुरबाट एक बस र १ डम्फर पुलिस आइपुग्नु र हामी घटनास्थल पुग्नु एकैपटक भयो । पुलिस देखे पछि मण्डलेहरुको मनोवल बढ्यो । हाम्रा सबै साथीहरु लाखापाखा लागि सककोले हामी बछौली र रत्ननगरबाट जाने हामी थोरै साथीहरु मात्र भयौं त्यहाँ । हामीसँग भाग्ने बाहेकको विकल्प थिएन । यत्तिनै बेला म समातिएँ, कुटिएँ र मरणासन्न भएँ । अरु साथीहरु भने भाग्न सफल हुनुभएछ । 
 
अलिअलि गुनगुन आवाज मेरो नजिकै आयो, अलि परबाट चर्को चर्को आवाज आयो । म अचेतन अवस्थाबाट अर्धचेतन अवस्थामा आएँछु । काठे घरको खाटमा रहेछु, (त्यहाँ गुन्द्रीसम्म ओछ्याइएको जस्तो लाग्छ) मलाई त्यहाँ सुताइएको रहेछ । पछि थाहा भयो मण्डलेहरुले निर्धात पिटिसकेपछि पुलिसले मलाई घिसार्दै चौकीमा ल्याएर थुनेको रहेछ । मलाई दुखाई महशुस हुन थाल्यो । मेरै कोठामा अरु तीन जना साथीलाई थुनेको रहेछ । यज्ञ भेटवाल, माधव हुँमागाई र शिवलाल सिल्वालसँग यस अघि मेरो खासै राम्रो चिनजान भएको थियो जस्तो लाग्दैन । उहाँहरु कसैको अनुहार उज्यालो थिएन, कोही रुदै थिए । त्यही रोएको आवाज रहेछ गुनगुन । त्यो काठे घरको अस्थायी पुलिस चौकीको बार पनि काठकै थियो कि केहो भित्र पट्टि घामको किरण छिरेको थियो । मेरो अनुमानमा त्यति बेलो अपरान्ह ५ जति बजेको हुनुपर्छ । एउटा पुलिसले मलाई बोलायो ओए उठ्।।।। । म उठ्न सकिन, ती तीन जना साथी र पुलिसले मलाई उठाए, मेरो कम्मर दुनिएन, म मुर्छित भएँ । मलाई बाहिरसम्म कसरी लग्यो, रोडमा रहेको डम्फरको पछाडिसम्म कसरी लग्यो, म सम्झन सक्दिन, तर डम्फरमा मलाई घिसार्दै चढाएको जस्तो लाग्छ । मलाई डम्फरमा चढाउन लाग्दा पनि मण्डलेहरुले मलाई पिटे, मुडकी (बक्सिङ्ग) र लात्ताले हाने मलाई । मलाई असह्य पिडा भयो । हामीलाई त्यो डम्फरमा हालेर खैरहनी पुलिस चौकी पु¥याउने क्रममा डम्फरमा पछाडि रहेको पुलिस मध्ये एउटा (खैरेनीको हल्दार जस्तो लाग्छ) ले चुरोट खाएर आगोले मलाई पोलिदियो, मेरो शरीरमा ठोसेर उसले चुरोट निभायो । 
 
खैरहनी पुलिस चौकीमा केहीवेर राखेपछि हामीलाई फेरि गाडी चढायो, त्यहाँ पनि गाडी चढ्न सकिन, मसँगे ल्याइएका तीजना साथीहरुले मलाई उचालेर गाडीमा चढाइदिए । हामीलाई इ।प्र।का। टाँडी (रत्ननगर) पु¥याउँदा साँझ परेको थियो । मलाई एक मन डर लाग्यो, म अघिल्लो दिन साधु बनेर छुटेको थिएँ त्यहीबाट, अर्को मनले सोचें यत्रा यातना भोगिसकैं भने यसले कति पिट्ला र ! मलाई कुटपिट गर्ला अनि भरतपुर पठाउला, त्यसले जेल चलान गर्ला, म डराउँदिन भनेर ममा रहेको डर हटाइदिएँ । हामीलाई टाँडी पु¥याउने वित्तिकै अफिस कोठामा लाग्यो । मैले अघिल्लो दिन झुक्याएको इन्स्पेक्टर (जस्तो लाग्छ) कुसीमा बसिरहेको देखें । मैले सोचेको थिए उसले मलाई चिन्ला । तर मेरो शरीर अनुहार यति सुन्निइ सकेको रहेछ कि उसले मलाई हिजो झुक्याएर छुटेको मान्छे भनेर चिन्नै सकेन ।।।।। 
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी