Kapil Pokharel Kapil Pokharel
लेख/Article
Apr 15, 2012
क्रान्तिको मार्गमा हंगेरी: गहिरिदो छ पुँजीवादी संकट

 दोस्रो विश्वयुद्ध पश्चात समाजवादी सत्ता स्थापना गरिएको पूर्वी युरोपको एउटा मुलुक हंगेरी पनि हो । समाजवादी व्यवस्था स्थापनाको केही वर्षमै सतप्रतिशत (१००%) साक्षरता पु¥याउन सफल मुलुक हंगेरीमा सत्तासिन कम्युनिष्ट पार्टीको दक्षिणपन्थी, संशोधनवादी–विसर्जनवादी धोकेवाज नेतृत्व,  वैदेशिक चलखेल र बिशेषतः साम्राज्यवादीहरुको उक्साहटमा लागेका बुर्जुवा तत्वहरुको निरन्तरको प्रयासका कारण १९८९ मा प्रतिक्रान्ति भै समाजवादी सत्ता नष्ट गरी पुँजीवादको पुनस्थापना हुन गयो । तर प्रतिक्रान्तिद्वारा स्थापित पुँजीवाद आज दुई दशकमै चरम संकटमा फसेको छ । 
झण्डै दुई दशकको मौनता पछि त्यहाँ क्रान्तिकारी कम्युनिष्टहरु पनि ग्रिस, ब्राजिल, स्पेन लगायत मुलुकका संघर्षहरुको अध्ययन गर्दै आफ्नो देशको परिस्थिति अनुसार जनसंघर्षको उठान गर्ने तयारी गर्दैछन् । हंगेरीयन कम्युनिष्ट वर्कर्स पार्टीका अध्यक्ष डा. ग्युला थर्मर (Dr Gyula Thurmer) को प्रतिवेदनमा आधारित भै अन्तर्राष्ट्रिय गतिविधि र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे चासो राख्ने पाठक समक्ष यो लेख प्रस्तुत गरिएको छ । 
हंगेरीमात्र होइन युरोपकै पुँजीवादीहरु वर्तमान पुँजीवाद गहिरो संकटमा परेको यथार्थलाई लुकाउन टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन् । उनीहरु पुँजीवाद गम्भिर संकटमा परेको कुरा नकार्न त सक्दैनन् तर उनीहरु पुँजीवादी प्रणाली भित्रै केही सुधार र टालटुल पारेर समस्याको समाधान गर्न सकिन्छ भनेर जनताको आँखामा छारो हालिरहेका छन् । 
हुनत, हंगेरी वर्तमान युरोपियन पुँजीवादी समाजको एउटा कमजोर तत्व हो तर यो यस्तो मुलुक हो जहाँ पहिलो चोटी प्रतिक्रान्ति भएको थियो र यहिंबाट सल्केको आगो सिंगो पूर्वी युरोपमा सल्लेको थियो । त्यसले ती पुँजीवादीहरु त्यहाँको संकटलाई हंगेरीयन जनता र विश्व समुदाय सामु लुकाउन लागिपरेका हुन् । 
विश्वभर नै पुँजीवादी अर्थ व्यवस्था संकटमा छ, दुई बर्षअघि आर्थिक मन्दिका कारण अमेरिकाका प्रमुख वैंकहरु टाट उल्टीए, उसले आर्थिक मन्दीबाट जोगिन अनेक प्रयत्न ग¥यो र राज्यकोषबाट पुँजीपतिहरुलाई सहयोग ग¥यो । पुँजीवादी अन्य मुलुकहरुलाई पनि आर्थिक मन्दीले प्रभावित पा¥यो । विश्व आर्थिक मन्दी समान्य घटना नभएर यो पुँजीवादी प्रणालीको आम चरित्र नै भएको प्रमाणित हुँदैछ । विश्वपुँजीवादी संकट सँगै तर यो भन्दा भिन्न संकट हंगेरीयन पुँजीवादमा छ । यो संकटको परिणाम बारे धेरै मानिस जानकार छैनन् तर त्यहाँका जनतालाई यसले सबै कोणबाट गरिएको विश्लेषण जनता बीच प्रचार गर्न हंगेरीयन कम्युनिष्टहरु लाग्न जरुरी थियो र यो शुरु भै रहेको छ । डा. थर्मरका अनुसार हंगेरीयन कम्युनिष्टहरु केवल पुँजीवादी अवस्थाको आलोचना मात्र होइन बरु जनतालाई वर्तमान पुँजीवादी संकटको वास्तविक विकल्प समाजवाद नै हो भन्ने कुरामा विश्वस्त बनाउन चाहन्छन् । उनीहरु नयाँ विश्व व्यवस्था प्रति विस्वस्त छन् र हंगेरीका कम्युनिष्टहरुका अगाडि नयाँ अवस्था र संभावना भएको निष्कर्षमा छन् । 
  पुँजीवादी संकटको कारण 
हंगेरी पुँजीवादी संकटमा छ र विश्वपुँजीवादको आम संकटले त यसलाई झन चर्काएको छ । के हो त संकटको कारण यसबारे छोटो चर्चा गरौं– 
१. हंगेरीयन अर्थतन्त्र, वित्तिय प्रणाली, उद्योग, व्यापार र सेना क्षेत्र विदेशी पुँजीवादलाई सुम्पनु ः
सन  १९८९ मा विदेशी पुँजी भित्र्याउने पहिलो पूर्व–कम्युनिष्ट मुलुक हंगेरी नै हो । संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मलेन ९ग्ल्ऋत्ब्म्० को तथ्याङ्क अनुसार १९९० को अन्तमा कुल गार्हस्थ उत्पादन न्म्ए को १.७% हिस्सा वैदेशिक लगानीको क्रियाकलापमा आधारित थियो, आज यो बढेर ७०% पुगेको छ । यो अनुपात युरोपियन युनियनको ४०.९% र रोमानिया ३६.७% छ । झण्डै १००% वैंकहरु विदेशी पुँजीमा आधारित छन् ८०% औद्योगिक उत्पादनहरु बहुराष्ट्रिय कम्पनीहरुका छन् । हंगेरीको अर्थतन्त्र युरोपका अन्य मुलुकको भन्दा बढी परनिर्भर छ र २०११ पछि त यस्तो अवस्था आउने छ कि त्यहाँको कृषियोग्य भूमि समेत विदेशीहरुले खरिद गर्न पाउने छन् । हंगेरीयन पुँजीवादको मुख्य विशेषता नै वैदेशिक पुँजीको निर्णायक भूमिका हुनु हो ।  डा. थर्मर स्मरण गर्छन, ‘अन्तर्राष्ट्रिय पुँजीवादको चलखेल, सत्तारुढ कम्युनिष्ट पार्टी भित्रका कुख्यात संशोधनवादी धोकेवाजहरु एवं प्रतिपक्षी बुर्जुवाहरुको गतिविधिको परीणाम स्वरुप २० वर्ष अगाडि पुँजीवादी प्रतिक्रान्ति भएको थियो ।’ डा. थर्मर  भन्छन्, ‘त्यतिबेला हंगेरीमा बलियो पुँजीपतिवर्ग थिएन, पूर्व समाजवादी सत्ताका संचालक मध्येका केही तत्वहरु, राज्यको नीजिकरण कालमा राजनैतिक ओहदामा रहेकाहरु, बुद्धिजीवी र व्यापारी मध्यका केही हिस्सा र यसै २ दशकमा उदय भएका केही नयाँ पुस्ताका मानिसहरु नयाँ पुँजीपति वर्गमा परिणत भएको छ ।’
बहुराष्ट्रिय पुँजीको अति ठूलो भूमिका वर्तमान संकटको मूल कारक हो । हंगेरीको इतिहासमा समाजवादी काल श्रमजीवी वर्ग र सहकारी कृषि प्रणालीका कृषकहरु शक्तिशाली भएको अवधि अत्यन्त सफलताको काल भएको कारण पुँजीवादी शक्तिहरु सतर्क थिए । तर, उदारवादी बुद्धिजीवीहरु सधै अमेरिका इजरायल र बहुराष्ट्रिय पुँजीवाद परस्त थिए र वैदेशिक पुँजीको भूमिकालाई विल्कुल साधारण मान्दथे । 
हंगेरी दुई दशकका सबै सरकारहरुले सरकारी नीति, नगद अनुदान, कर–मिनाहा, तालिम र रोजगारी श्रृजनाको सहयोग आदिद्वारा वैदेशिक लगानीलाई सहयोग गरेको छ । त्यहाँको पुँजीपतिवर्ग भित्र पनि विभिन्न समूहहरु छन्, पहिलो, वित्तिय क्षेत्र, उद्योग, व्यापार आदि क्षेत्रमा प्रभाव पार्ने सानो संख्याका तर पुँजीपति वर्ग र दोस्रो साना र मध्यमवर्गीय व्यापारीहरु उद्योगपतिहरु जुन ठूलो संख्यामा छन् । उनीहरुको अवस्था कमजोर छ, उनीहरु युरोपियन र चिनीया पुँजीको दोहोरो मारमा छन् । राज्यको बलियो सहयोग नभएका कारण उनीहरु मृत्युको मुखमा छन् । 
वर्तमान पुँजीवादी संकटको परिणाम खतरनाक हुनसक्छ । विदेशी पुँजीद्वारा हंगेरीको अर्थतन्त्र नियन्त्रीत छ, उनीहरुसंग अर्थतन्त्रलाई नियन्त्रणमा लिन पर्याप्त तागत छ, र तिनीहरु अत्यन्त सम्मेदनशील क्षेत्र र आन्तरिक व्यापारमा नियन्त्रण गर्न सक्दछन् । राष्ट्रिय उत्पादन मजबुत नभएसम्म हंगेरीलाई बचाइराख्न कठिनप्रायः छ । के देखिन्छ भने,  केही बहुराष्ट्रिय कम्पनीहरु उत्पादनको कटौतीद्वारा आफ्नो समस्या समाधान गर्न चाहन्छ, जसले बेरोजगारी बढाउने निश्चित छ । 
धनी र गरिव बिचको खाडल गहिरिदै छ ः
हंगेरियन पुँजीवादी सरकारको २० वर्षे अवधिको मुद्रा नीति, कर नीति, ऋणनीतिको परिणाम स्वरुप सिमित व्यक्तिको स्वामित्वमा साधन, श्रोत र पुँजी एकत्रित हुँदै जानु र लाखौं लाख मानिसहरु (जनताहरु) बाञ्चितीकरणमा पर्दै जानु – त्यहाँको पुँजीवादी संकटको दोस्रो कारण हो । 
जम्मा जनसंख्या एक करोड रहेको हंगेरीको ९० लाख भन्दा बढी जनताको जीवनस्तर अत्यन्त कमजोर छ र करिव १० लाख मानिसहरु परिवर्तनको विजेता बनेका छन, अर्थात यस अवधिमा ९०% ले आफ्नो गुमाएको छ भने १०% ले आर्जन गरेको छ । तथ्यांङ्क अनुसार १९८० मा गरिवीको रेखामुनिको जनसंख्या १०% थियो भने प्रतिक्रान्ति पश्चात १९९३ मा आइपुग्दा यो संख्या २७% पुग्यो र हाल यो अझै बृद्धि भएको छ । त्यहाँको गरिव दश जनाको तुलनामा धनी १० जना संग ७.३ गुणाबढी सम्पत्ती छ । बालबच्चाहरुको अवस्था दयनीय छ, १८ वर्ष मुनिका बालबालिका मध्ये झण्डै ५०% गरिवीको रेखामुनीको जीवन विताउन वाध्य छन्, ५३% जनताको ज्याला घटेको छ । मानिसहरु रोजगारी गुमाउँदै छन्, आवास विहिन बन्दैछन् । जिप्सी (एक फिरन्ते जाती) जसको जनसंख्या ५ लाख छ, बृद्ध–बृद्धाहरु विधुवाहरुको अवस्था अत्यन्त दयनीय छ । 
रोजगारीमा रहेको जनताहरुको अवस्था पनि त्यति उत्साहजनक छैन । त्यहाँ वौद्धिक श्रम गर्नेहरुको तलव प्रतिमहिना ५१० युरो छ । तर शारीरिक श्रम गर्ने श्रमिकको तलव प्रतिमहिना २९५ युरो मात्र छ । त्यहाँ न्युनतम ज्याला प्रतिमहिना २५० युरो तोकेको छ भने हालको सरदर मासिक आम्दानी ४२० युरो रहेको छ । हिजो समाजवादी कालमा त्यहाँका जनताको बचत राम्रो थियो । अहिले आएर सबै जसोले आफ्नो बचत सिध्याइसकेका छन् अधिकांश जनताको बचत खाता खालि भैसकेको छ । 
भ्रष्टाचार चुलिदै जानु ः 
हंगेरीयन पुँजीवादको अर्काे विशेषता अति–भ्रष्टाचार हो । हंगेरीमा प्रतिक्रान्ति र यस पछिको २ दशकको अवधिमा राज्यको सम्पत्ति आफ्नो नीजि सम्पत्ति बनाउनका निम्ति त्यहाँका शासक वर्ग र दलालहरुले राज्य सम्पत्ति माथि खुल्ला डकैति गरेका छन् । २० वर्ष अघि विभिन्न पुँजीवादी समूहहरुको आपसी सहमतिमा ऐन कानुन बनाइएका थिए, ऐन कानुनलाई नै फितलो बनाएर ति तत्वहरु अहिले चरम भ्रष्टाचारमा लिप्त छन् । त्यहाँको झण्डै एक तिहाई कारोवारलाई कानुनले देखेको छैन । 
यसरी यि विभिन्न कारणले गर्दा हंगेगरी पुँजीवादी संकटमा फसेको छ, जसको कारण आज दुनियाँ भरका पुँजीवादी, साम्राज्यावादीहरुको निदहराम भएको छ । 
राजनीतिक विकासक्रम
वर्तमान पुँजीवादको संकट यसरी चुलिनुका कारणहरु बारे चर्चा भै सकेको छ । यस खण्डमा २ दशकको राजनीतिक घटनाक्रम र विकासको सम्भावित बाटोको सन्दर्भमा डा. थर्मरको दृष्टिकाण अनुसार संक्षिप्त चर्चा गर्ने कोशिष गरिनेछ । 
 अन्तर्राष्ट्रिय पुँजीवादीहरु हंगेरीलाई गुमाउन चाहदैनन् ः
हंगेरी समाजवादबाट पुँजीवादमा प्रतिगमन भएको पहिलो मुलुक हो, यसका लागि अमेरिका, जर्मनी लगायतका साम्राज्यवादीहरुको ठूलो हात रहेको छ । प्रतिक्रान्ति पछि ती साम्राज्यवादी शक्तिहरुले हंगेरीमा आफ्नो लगानी गरेका छन् र ती मुलुकका शासकहरुकै इशारामा त्यहाँ ऐन कानुन र नीतिहरु निर्माण भएका छन् । अन्तर्राष्ट्रिय पुँजीवादीहरुको लगानी यति धेरै छ कि त्यहाँको कुल गार्हस्थ उत्पादनको ९७% बराबर वैदेशिक ऋण छ । यसले सन् २००९ मा मात्र २० विलियन युरो ऋण लिएको छ । त्यहाँको सरकारलाई क्ष्ःँ, ल्ब्त्इ, भ्ग्, ग्क्ब् आदिले गरेको सहयोगका कारण पुँजीवादी सत्ता टिकीरहेको हो  । उनीहरुको सहयोग नहुने थियो भने हंगेरीमा पुँजीवाद टाट उल्टने थियो । यसो भएमा सिंगो पुँर्वी युृरोपमा पुनः समाजवादी क्रान्तिको ढोका खुल्ने छ जुन साम्राज्यवादको निम्ति ठूलो क्षति हुनेछ । 
हंगेरीको पुँजीपतिवर्ग भित्रका विभिन्न समूहरु ः
हंगेरीको पुँजीपति वर्गहरुका केही पार्टीैहरु छन् ति मध्ये (१) हंगेरीयन समाजवादी पार्टी (२) स्वतन्त्र प्रजातान्त्रिक मोर्चा (३) हंगेरीयन नागरिक संघ ँष्मभकश, (४) क्रिश्चियन प्रजातान्त्रिक जनता पार्टी मुख्य हुन् । यी मध्ये अघिल्लो दुई पार्र्टीहरुले १९९४–१९९८ र २००२ देखि हालसम्म शासन चलाइरहेका छन् । यी दुवै पार्टीहरु अमेरिका र इजरायल परस्त छन् । तेस्रो दल उदार पुँजीवादी र चौथो दल राष्ट्रवादी प्रवृत्तिको छ । तेस्रो र चौथो दलहरु एक–आपसमा मिलेर काम गर्दछन् । तेस्रो दल ँष्मभकश ले सन् १९९८–२००२ सम्म शासन ग¥यो । हंगेरीले युरोपको कथित ‘प्रजातान्त्रिकरण’ को लागि र युगोस्लाभिया विरुद्ध संक्रिय सहभागी रह्यो । 
त्यहाँ हंगेरीयन वर्कस पार्टी नामको संशोधनवादी चरित्रको पार्टी पनि छ । यसले पुँजीवादको विरोध त गर्छ तर पुँजीवादी सरकारलाई समर्थन गर्दछ । 
दुई विकल्प ः पुँजीवादी सुधार कि समाजवादी क्रान्ति
डा. थर्मरका भत्रुहुन्छ, हंगेरीको वर्तमान पुँजीवादी संकटको संकट समाधान गर्न पुँजीवादी सुधारको बाटो नै उपयुक्त हुने भन्ने बर्जुवा विद्वानहरु अहिले पनि क्ष्ःँ, ल्ब्त्इ, ग्क्ब्, भ्ग् आदिको सहयोग बढाउँदै लैजाने पक्षमा छन् जुन हंगेरीको निम्ति, हंगेरीयन जनताको निम्ति थप बोझ मात्र हुनेछ । के कुरा निश्चित हो भने वर्तमान संकटको निकास पुँजीवादी सुधार होइन यसको एउटै विकल्प महान समाजवादी क्रान्ति नै हो । उहाँ भत्रुहुन्छ–हंगेरीयन कम्युनिष्टहरु अव पुँजीवादी थिचोमिचो सहेर बस्नेवाला छैनन अव व्यापक जनताहरुलाई गोलबन्द गरी यसको तमाम शोषण र थिचोमिचोको अन्त्य गर्न लागि पर्नेछ । 
समाजवादी क्रान्ति महत्पूर्ण विकल्प
डा. थर्मरका अनुसार, श्रमजीवी वर्गको आधारभूत समस्याहरु समाधान गर्न पुँजीवाद समाप्त गरी समाजवादी क्रान्ति गर्नुपर्दछ भन्ने विचारप्रति हंगेरीयन कम्युनिष्टहरु दृढ छन् उनी भन्छन्, “१९८९–९० को प्रतिक्रान्ति पछि अहिलेसम्म यो घोषणा गरेका थिएनौं ।” उनी जोड दिन्छन्– अव हामीले यो (समाजवादी क्रान्ति) गर्नु पर्दछ । 
जनवादी क्रान्तिमा सामाजिक जनताको कार्यनीति नामक रचनामा लेनिनले भनेका छन् “सर्वहारावर्गले बुर्जुवावर्गको तख्ता उल्टाउनाका लागि, यसको तानाशाहीको अन्त्यका लागि आम किसान तथा मजदुर वर्गको दरिलो मोर्चा निर्माण गर्नु जरुरी छ र अझै यसले निम्न पुँजीपति वर्गलाई समेत गोलबन्द गर्नु पर्दछ ।”  
हो साँच्चिनै हंगेरीयन कम्युनिष्टहरु अहिले आम मजदुरहरु माझ संगठन निर्माण गर्दैछन् । उनीहरु ब्राजिल, भेनेजुएला, ग्रीस, पोर्चुगलजस्ता अन्य मुलुकको वर्तमान संघर्षको अनुभवको अध्ययन गर्दै ठूला र आम संघर्षको उठान गर्ने तयारी गर्दैछन् । साऔं पाउलो क्बय एबगयि मा सम्पन्न कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा पत्रमा वर्तमान पुँजीवादी संकटका सन्दर्भमा भनिएको छ, “वर्तमान गम्भीर संकटले के देखाइरहेको भने पुँजीवादी प्रणाली साँच्चिनै गहिरोसँग संकटमा फसेको छ, जसले पुँजीवादको ऐतिहासिक सिमितताको प्रदर्शन गर्दै यसका क्रान्तिकारी फड्कोको आवश्यकता प्रमाणित गरेको छ ।’
हो यसैसँग मिल्दो धारणा हंगेरीयन कम्युनिष्ट वर्कर्स पार्टी घोषणा गर्छ, “यो असफलता भ्रष्ट÷सुदखोर प्रतिनिििधको व्यवस्थापनको मात्र होइन बरु यो त सिंगो पुँजीवादको असफलता हो र के निश्चित हो भने कम्युनिष्ट विचार र कार्यक्रमहरु मात्र यसको समाधान हो । हामी के ठोकुवा गछौं भने ठूला पुँजीवादी, साम्राज्यवादी तागतहरु र यसका सहयात्रीहरुका सम्पूर्ण हर्कतहरुलाई समाप्त गरिकन सामाजिक परिवर्तन गरेपछि मात्र श्रमिजीवी आम जनताको सुखको दिन आउने छ र निश्चित नै अर्कौ विश्व व्यवस्था संभव छ, जहाँ पुँजीका माध्यमबाट हुने सम्पूर्ण शोषण र उत्पिडनबाट मुक्त हुनेछ । उहाँ भत्रुहुन्छ–‘हामी के प्रतिवद्धता र घोषणा गछौं भने वर्गीय शोषण र उत्पीडनबाट मुक्त समाज अर्थात समाजवादी समाज निर्माणको ऐतिहासिक जिम्मेवारीमा हामी दृढ छौं ।’
हंगेरीयन कम्युनिष्ट वर्कस पार्टी अव समाजवादी क्रान्तिको मार्गमा जाँदैछ । हंगेरीयन जनतालाई पुँजीवाद समस्या र समाजवाद समाधान हो भन्ने तथ्यमा विस्वस्त बनाउँदै छ, पुँजीवादले जनताको जनजीवन कष्टकर बनाउँदछ र समाजवादले श्रमजीवी जनताको जीवनस्तर उकास्छ भन्ने प्रचार गर्दैछ । जुन कुराका हंगेरीका जनताले आफै तुलना गर्न सक्छन् । उनीहरु प्रचार गर्दैछन् कि पुँजीवादीहरुले श्रमजीवी जनतालाई संसदमा कुनै स्थान दिदैनन् र प्रचार गर्दैछन् श्रमजीवी वर्गले आफ्नै सत्ता स्थापना गरेपछि मात्र संसदमा जनताको   स्थान हुनेछ । डा. थर्मर भन्छन्–“हामी जनतालाई निर्णायक युद्धमा उतार्ने छौं ।’ उनी थप्छन् “हामी समाजवादी नयाँ विश्व निर्माण गर्नेर्छांै यो वास्तवमै श्रमजीवी वर्गको एक मात्र सही बाटो हो ।”
डा थर्मर लेनिनको विचार उद्ध्रृत गर्छन् “हरेक क्रान्तिको अर्थ आम जनताको जीवनमा वास्तविक परिवर्तन हो, जवसम्म समय परिपक्व हुँदैन तवसम्म क्रान्ति सम्भव छैन ।’ 
डा. थर्मर थप्छन, ”अहिले नै क्रान्तिको निमित्त उपयुक्त परिस्थिति श्रृजना भएको छैन तर हामी अन्तर्राष्ट्रिय पुँजीवाद र यसका परिणामहरुले क्रान्तिकारी परिस्थितिको जन्म दिदैछ भन्ने घोषणा गर्दछौं ।” वास्तवमै हंगेरीयन कम्युनिष्टहरु अव निस्कृय रहने छैनन् । पुँजीवादको वर्तमान संकटबाट मुलुकलाई मुक्त गर्न पुँजीवादी सुधार होइन महान समाजवादी क्रान्ति गर्ने तयारी गर्दैछन् । यो क्रान्तिको निम्ति किसानहरु, मजदुरहरु, निम्न तथा मध्यम वर्गीय पुँजीपति वर्गलाई समेत संगठनमा गोलबन्द गर्दैछन् । उनीहरु “स्थानीय क्रान्तिकारी केन्द्रहरु” गठन गर्दैछन् उनीहरु “मोवाइल लडाकु दस्ताहरु” गठन गर्दैछन् जसले विभिन्न प्रदर्शनहरु, सडक–कार्वाहीहरु र आपसी सहयोग आदान प्रदान गर्ने र जनतालाई सहयोग गर्ने काम गर्नेछ । उनीहरु क्रान्तिकारी विचारका दृढ युवाहरुलाई संगठित गरी नयाँ युवा संघ गठन गर्दैछन् र यसले आफ्नो संगठन मार्फत युवाहरुलाई क्रान्तिकारीकरण गर्नेछ । उनीहरु फ्याक्ट्रीहरुमा जाँदैछन् र मजदुरहरुलाई संगठित गर्दैछन् । उनीहरु छुट्टै सञ्चार साधनको निर्माण गर्दैछन्, जसले पुँजीवादी प्रचार र जनविरोधी प्रचारको खण्डन गर्दै जनपक्षीय सूचना सम्प्रेषण गर्नेछ । अस्तु ।  
 
जम्मा जनसंख्या एक करोड
गरिवी १९८० मा १०%
       १९९३ मा २७%
       २०१० मा ४८ 
तल्लो १० जनाको तुलनामा उपल्लो १० जना ७.३ गुना धनी 
१८ वर्ष मुनिका ५०% बालबालिका गरिवीको रेखामुनी
आम्दानी
न्यूनतम तलव २५० युरो÷महिना
मजदुरको तलव २९५ युरो÷महिना
वैद्धिक कर्मचारीको ५१० युरो÷महिना
प्रतिव्यक्ति औषत आम्दानी ४२० युरो÷महिना
 
( हंगेरीयन कम्युनिष्ट वर्कर्स पार्टीका अध्यक्ष डा. ग्युला थर्मर (Dr Gyul० द्वारा लिखित International Communist Review -1010  मा प्रकाशीत प्रतिवेदनमा आधारित)
जनप्रकाश बर्ष ४ अंक २८ र २९ , १५ र २२ साउन २०६९ मा प्रकाशित 
 
 

Attachments#
Capitalist Crisis of Hungary.doc (58 KB) Download
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी