Kapil Pokharel Kapil Pokharel
लेख/Article
Apr 15, 2012
राष्ट्रिय सहमतिको सरकार निर्माण गरौं

 
अहिले सर्वत्र चर्चाको विषय छ— जेठ १४ पछि के होला भन्ने । यो चर्चा यो चर्चा राजनीतिकर्मी बीच छ, विभिन्न पेशा व्यवसाय गर्ने पेशाकर्मी, व्यवसायी, बुद्धिजीवी र हरेक तह र तप्काका नागरिकहरु बीच छ सबैको चिन्ता एउटौ हो कि, जेठ १४ मा संविधान बनाउन नसकिएमा पुन राजतन्त्र फर्कने हो कि ? पुन हिंसात्मक द्वन्द्व चर्कने हो कि, यही लोकतान्त्रिक गणतन्त्रको रक्षाको निमित मात्र पनि पुनः रगत बगाउनु पर्ने हो कि भन्ने एकातिर नेपाली जनताको यस्तो चिुन्ता व्यप्त छ भने अर्कोतिर विभन्नि नाम र वहानामा विभिन्न दक्षिणपन्थी तत्वहरु परीवर्तन विरोधी राग अलापेर हिडिरहेछन् । कोही ‘हिन्दु राज्यको’ नाममा विभिन्न जोगी र साधारण भेषमा परिवर्तनलाई प्रतिगामी विष बमन गरिरहेछ भने कोही अझै दक्षिणपन्थी सोंच र चिन्तनबाट ग्रसित भै राजतन्त्र पुनस्र्थापनाको अति पश्चगामी वर्वराहटमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाह, उनका प्रिय पात्र ‘कटवाल’ मात्र होइन लोकतान्त्रिक भनिने पार्टीका कतिपय नेताहरुनै यसको प्रवक्ता बनिरहेका छन् । क्रान्ति सम्पन्न भएको ७० वर्षमा त प्रतिक्रान्ति हुँदोरहेछ भने वर्तमान संक्रमणकालिन अवस्थामा, क्रान्तिको सम्पूर्ण उपलब्धि हासिल हुन बाँकी नै रहेको हाम्रो परिवेशमा त्यहाँ प्रतिक्रियावादी तत्वहरु प्रतिक्रान्तिको गतिविधि जारी राख्नुलाई त्यति अस्वभाविक मान्न सकिदैन । प्रतिक्रान्ति– कारीहरु सक्रिय हुने वातावरण दिए पछि उनीहरु सल्बलाउनु स्वभाविकै हो । प्रतिक्रान्तिकारीको वर्वराहटमा तर्सने होइन तर सतर्क हुने स्थिति भने पक्कै हो । घरको झ्यालढोका खुल्ला राखेर हामी मस्त निदाउँछौं भने चोरले घरका महत्वपूर्ण धनमान चोरी गर्छ । चोरबाट जोगिन हामीले घरका झ्याल, ढोका, चुक्कुल, आग्लो बलियोसँग लगाउनु पर्दछ । हो, अहिले त्यस्तै अवस्था आएको हो । आउनुहोस्, त्यो झ्याल, ढोका कसरी बलियो बनाउने विषयमा चिन्तन गरौं । वर्तमान क्रान्ति जारी छ, संसद पुनस्र्थापना (वैशाख ११, २०६३) बाट सुरु भएको हाम्रो विजय अभियानमा राजतन्त्रलाई निलम्वन, संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्दै अघि बढेको छ तर यो क्रान्ति पूरा भएको छैन । माओवादी जनसेनाको सुरक्षा निकायमा र समाजमा समायोजन र पुनस्र्थापना जनपक्षीय संविधान निर्माण गरी प्रगतिशील लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र राज्यको हरेक निकायमा आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण सहितको समावेशी चरित्रको मुलुक सुहाउँदो संघीयता सहितको राज्य पुनर्संरचना गरी मुलुकमा दीगो शान्ति स्थापना गरी नेपाललाई स्वतन्त्र, मुक्त र समृद्ध मुलुकका रुपमा स्थापित नगरेसम्म यो क्रान्ति सम्पन्न हुँदैन । 
वर्तमान क्रान्ति सम्पन्न गर्नूपूर्व क्रान्तिको घटकहरु को को हुन् त्यसलाई कदापि विर्सनु हुँदैन । यो क्रान्तिको मुख्यत दुईवटा शक्तिहरुबाट भएको हो, पहिलो, वामपन्थी र दोस्रो गैर वामबुर्जुवा । पहिलो, सशस्त्र नेकपा माओवादी, दोस्रो संसदवादी नेकपा (एमाले) तेस्रो जनआन्दोल पक्षीय क्रान्तिकारी, नेकपा (माले), जनमोर्चा, नेमकिपा सहितका कम्युनिष्ट पार्टीहरु । 
आन्दोलन र क्रान्तिको सहभागिता र नेतृत्वका हिसावले चारवटा शक्ति र प्रवृत्ति नै भन्नु उपयुक्त हुन्छ । तीन वटा प्रवृत्तिका वामपन्थी शक्तिहरु र नेपाली कांग्रेस सहितका बुर्जुवा लोकतान्त्रिक शक्ति, नेकाका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको पहिलो अन्तरिम सरकार (१३ वैशाख–१८ चैत्र २०६६) सँग नेकपा (माओवदी) सँग वार्ता सम्पन्न गरी नेकपा (माओवादी) शान्तिपूर्ण राजनीतिक प्रवेश ग¥यो । त्यस पछि १८ चैत्रमा पुन गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा माओवादी सम्मिलित दोस्रो अन्तरिम सरकार बन्यो । सो दोस्रो अन्तरिम सरकार क्रान्तिकारी चार वटै प्रवृत्तिको सहमतीय÷राष्ट्रिय सरकार थियो तर संविधानसभाको निर्वाचन पश्चात यो सन्तुलन कायम रहेन । निर्वाचनबाट सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित नेकपा (माओवादी) को उग्रवामपन्थि अवसरवाद र उसभित्र पलाएको दम्भ र पहिलोबाट तेस्रोमा झरेको नेपाली कांग्रेसको दक्षिणपन्थी रुझान र कुण्ठाका साथै नेकपा (एमाले) मा विकसित अवसरवादी सत्ता केन्द्रीत संकुचित चिन्तनका कारण सहमतीय मार्ग अवरुद्ध भयो । पहिलो ठूलो पार्टीको हैसियतले कार्यकारी प्रधानमन्त्री माओवादी, दोस्रो ठूलो दलको नाताले संवैधानिक राष्ट्रपति कांग्रेस र तेस्रो ठूलो दलको रुपमा रहेको एमालेले संविधानसभाको अध्यक्ष हुनपर्ने बस्तुगत अवस्थालाई विर्सेर राष्ट्रपतीय निर्वाचन र सरकार गठनमा घिनलाग्दा खेलहरु भए । नेका सरकारमा नगई प्रतिपक्षमा बस्यो, नेकपा (माओवादी) को नेतृत्वमा एमाले र संविधानसभा निर्वाचन पछि उदाएका केही मधेसी दलहरु सम्मिलित बहुमतीय सरकार गठन भयो भने, क्रान्तिको चौथो प्रवृत्ति नेकपा (माले) को भूमिका नष्ट गर्ने प्रयत्न भयो । वर्तमान गतिरोधको कारण यहि हो । 
एउटा मतको विकल्प अर्को मत बन्नु स्वभाविकै थियो । तै पनि विकल्प खोजिएको अवस्था थिएन । माओवादी आफ्नै कारण सत्ताबाट वर्हिगमन भएपछि अर्को बहमतीय सरकार बन्यो । यसरी बहुमतीय सरकारको विकल्प अर्कौ बहुमतीय सरकार बन्यो भने घोषित रुपमा संसदमा र अघोषित रुपमा संविधानसभामा काम कार्वाहीहरु अवरुद्ध भए । गतिरोध यसरी थपिदै गयो र एक पछि अर्को समस्याले मुलुकको गति रोकिएको छ, निर्धारित मितिमा संविधान निर्माण असंम्भव प्रायः भएको छ र शान्ति प्रक्रिया अवरुद्ध भएको छ । ढिलै भए पनि उपचारको विधी खोज्न जरुरी छ । 
के हो त वर्तमान गतिरोधको अन्त र जेष्ठ १४ को विकल्पः
वर्तमान गतिरोधको अन्त्य अरु केही नभए सहमतीय विकल्प वा राष्ट्रिय सरकार नै यसको उत्तम विकल्प हुन सक्दछ । सबैभन्दा ठूलो पार्टीको हैसियतले सबैभन्दा महत्वपूर्ण भूमिका एनेकपा (माओवादी) ले नै खेल्नु पर्दछ । उसले आफुले गुमाएको विश्वसनीयता पुन आर्जन गर्नु पर्दछ । त्यसको लागि उसले वर्तमान क्रान्तिमा बाँकी तीन वटै प्रवृत्तिका सबै राजनीतिक पार्टीहरु र विभिन्न स्थानमा बनेर निर्वाचन पछि मझौला दलका रुपमा आएका मधेशवादीहरु समेतलाई आमन्त्रणगरी वार्ता छलफल गरी राष्ट्रिय सहमतिको लागि तयार बनाउनु पर्दछ । त्यसो गर्न उसले केही पूर्व शर्तहरु पूरा गर्नु पर्दछ । ती हुन ः
(१) आफूलाई नागरिक पार्टीको रुपमा स्थापित गर्नु उसको वाइसीएलको अर्घ सैन्य संरचना विघटन गर्ने पूर्व निर्णयहरु कार्यान्यन गर्नुपर्दछ । 
(२) जवर्जस्त रुपमा कब्जामा लिएका जनताका सम्पत्तिहरु (सामन्त र दलालहरुको होइन) फिर्ता गर्नुपर्दछ । 
(३) संविधान निर्माणको एउटा महत्वर्पर्ण पक्ष राज्यको संघीय स्वरुप तय गर्न सर्वपक्षीय राज्य पुनसंरचना आयोग गठन गरी सो को सुझावको आधारमा राज्य पुनर्संरचना गर्न सहमत हुनुपर्दछ । 
(४) संविधान निर्माणको निम्ति ठोस रुपमा रोडम्याप तयार गर्नुपर्दछ ।
(५) शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन ठोस कार्यायोजना बनाउनु
(६) क्रान्तिकारीहरु बीच सह–अस्थित्वका आधारमा अघि बढ्न प्रतिवद्ध हुनु । आदि । 
माओवादीका यी क्रियाकलाप पश्चात नेकपा (एमाले) को अवसरवादी–सत्तालिप्सा र कांग्रेसको दक्षिणपन्थी परिवर्तन विरोधी कुण्ठाको पनि सँगसँगै अन्त्य हुनु जरुरी छ । 
यति भै सकेपछि माधव नेपाल नेतृत्वको वर्तमान सरकारले राजिनामा दिई राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अगाडि बढ्छ । सरकारको नेतृत्व कसले गर्ने त्यो गौण विषय हो तै पनि हामीसँग नेतृत्वको कमी छैन, जसले यो संक्रमणकालको सही निकास दिनेछ । त्यो नेता प्रचण्ड हुन सक्छन, झलनाथ हुन सक्छन अर्थात क्रान्तिको एउटा प्रवृत्तिका नेताहरुले हाल सम्म कुनै अन्तरिम सरकारको नेतृत्व पाएका छैन तिनीहरु सी.पी. मैनाली, रोहित हुन सक्छन् वा माओवादीकै दोस्रो नेता डा. बाबुराम भट्टराई पनि हुन सक्छन् । नेपाली कांग्रेसले दुईवटा अन्तरिम सरकारको नेतृत्व सम्हालेको छ भने एमाओवादी र एमालेले एक–एक पटक त्यसैले जनआन्दोलन पक्षीय क्रान्तिकारीहरु मध्येका नेतृत्वलाई सरकारको नेतृत्व दिंदा सहमतीय सन्तुलन कायम हुने निश्चित छ । फेरि पनि यो पक्षले नेतृत्वको निम्ति रडाको गर्ला जस्तो चाँहि लाग्दैन । 
अव लागौं जेठ १४ को विकल्प खोज्ने तर्फ । जेड १४ मा संविधानसभाको दुई वर्ष पूरा हुन्छ । अन्तरिम संविधान अनुसार संविधानसभाले नयाँ संविधान निर्माण गर्ने जिम्मेवारी पाएको छ भने संसदले संविधान संशोधन, सरकार गठन र अनय व्यवस्थापपिकीय  । सबै राजनैतिक दलहरु अर्थात परिर्वतन पक्षीय राजनैतिक दलहरु सहमत भएका व्यवस्थापिका संसदबाट संविधानमा संशोधन गरी वर्तमान संविधानसभको म्याद अरु ६ महिना बढाउनु उपयुक्त हुन्छ । 
२ वर्षमा नभएको काम बाँकी ६ महिनामा सम्पन्न हुन्छ त ? पक्कै हुन्छ र हुनुपर्छ किनभने त्यतिबेला दलहरुको मुख दुई–तीन–चार तिर होइन एकैतिर फर्केको हुनेछ । सहमतीय राष्ट्रिय सरकारका कारण सबै दलहरु एकै ठाँउमा बसेर छलफल गर्ने, विचार विमर्श गर्ने अनि साझा सहमतिको आधारमा संविधान निर्माण गर्नै छन् । प्रतिक्रान्तिहरुलाई सधैका निम्ति परस्त गर्नेछन र मुक्ति शान्ति, समृद्धि चाहने नेपालीको चाहना पूरा हुनेछ। 

a}zfv @)^&

 
 
 
 
 
 
 
 
 

Attachments#
No files
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी