Kapil Pokharel Kapil Pokharel
लेख/Article
Apr 15, 2012
प्रधानमन्त्री डा. भट्टराईलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,

लालसलाम !

सर्वप्रथम नेपालको पैतिसौं प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा म तपाईलाई हार्दिक बधाई दिन चाहन्छु ।

आदरणीय भट्टराईज्यू,

नेपालमा तपाईहामी कम्युनिष्टहरूले सामन्तवाद र उपनिवेशवादका तमामखालका शोषण र उत्पीडन समाप्त पारी नयाँ जनवाद स्थापनाद्वारा स्वतन्त्र, मुक्त र समृद्ध नेपालको निर्माण गरी समाजवादसाम्यवादसम्मको यात्रा तय गर्दै नेकपाको स्थापना गरेको आज ६२ बसन्त नाघिसकेको छ । ६२ वर्षे यो यात्रामामा धेरैले आफ्नो जीवन उत्सर्ग गरेका छन्, हजारौंले आफ्नो प्राणाहुती दिएका छन् र यस अभियानलाई साथ दिने समर्थक, शुभेच्छुक र शुभचिन्तक त करोडभन्दा बढी छन्, हाम्रो मुलुकमा ।

यो अभियानमा मुलुकमा केहीलाख कार्यकर्ताहरूले स्थानीय निकायहरूमा निर्वाचित भएर अनि हालैका दिनहरूमा केही हजार साथीहरू संघर्षको परिणामस्वरुप पार्टी प्रतिनिधिको रुपमा स्थानीय निकायहरूमा प्रतिनिधित्व गरेर धेरथोर यो अभियानमा योगदान पु¥याएका छन् । आज सम्ममा सातसय जतिले विधायकका रुपमा भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेका छन्, सयजना जतिले मन्त्रीको रुपमा भूमिका पाएका छन् । ती मध्ये केहीले राम्रो काम गरे होलान् कतियले व्यक्तिगत स्वार्थका निम्ति निष्कृष्ट काम पनि गरे होलान् (त्यो फरक प्रसंगमा चर्चा गरौला ।) यो महान् अभियानको ६२ वर्षे यात्राको क्रममा आजसम्म चारजना कम्युनिष्ट प्रधानमन्त्री भैसके र तपाईले पाँचौं कम्युनिष्ट प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नु भएको छ ।

तपाई प्रधानमन्त्री हुनुमा लाखौं कार्यकर्ताको योगदान छ । तपाईले २३५ जना माओवादी सभासद, संयुक्त, राजमो र एकीकृतका ११ जना सभासद् अनि तपाईका साझेदार मधेशवादी सभासदको सहयोगले प्रधानमन्त्री बनेको सोच्नुभएको छ । भने त्यो गलत हो । तपाईलाई यो ठाउँमा पु¥याउन क. पुष्पलालको ठूलो योगदान छ, जसलाई तपाईंले सम्झनु भएको रहेछ, खुशी लाग्यो । क. पुष्पलालको मात्र होइन, पहिलो पुस्ता कम्युनिष्ट नेताहरू जो आज साह्रैकम मात्र जीवित छन् ती सबैको योगदान छ, त्यतिखेरका कार्यकर्ताहरूको योगदान छ जसले कम्युनिष्ट पार्टीको विजारोपण गरे र गोडमेल गरे ।

तपाईलाई सिंहदरवारको सिंहासनमा चढाउन २०२८ सालको झापा संघर्षको त्यतिनै ठूलो योगदान छ जति पछिल्लो जनयुद्धको छ । २०२८ सालको संघर्षले हराउँदै गएको कम्युनिष्ट प्रभावलाई पुनः जनसमक्ष गएर प्रभाव छर्ने काम ग¥यो, त्याग र बलिदानी भावनाको विकास ग¥यो, जनतामा अभूतपूर्व वर्गीय चेतनाले जागृत गरायो । २०२८ सालको संघर्षले सफलता प्राप्त गर्न नसकेपनि मुलुकमा कम्युनिष्ट पार्टीको प्रभाव फैलाउने र जनमत बढाउने काम ग¥यो । खासगरी यो काम २०२८ सालको संघर्ष र यसको आधारमा निर्मित नेकपा (माले) ले नै गरेको हो । २०२८ सालको संघर्षको परिणम स्वरुप २०५२०६२ को जनयुद्धलाई ठूलो उर्जा मिलेको थियो । तपाईको पार्टीले २०५२०६२ को जनयुद्धको आधार २०२८ सालको संघर्ष हो भनेर भनेको पनि सुनेको छु । २०२८ सालको संघर्ष र यसको आधारमा संगठित जनमतलाई हौस्याएर आफ्नो पार्टीमा हुल्ने कुटनीतिक चाल मात्र होइन भने तपाईहरूले उक्त संघर्षका नायकहरू क. सी.पी. मैनाली, क. मोहनचन्द्र अधिकारीहरूलाई चाहिं सम्मान गर्नु पर्दैन ? तपाईका अध्यक्ष प्रचण्डको भन्दा कम योगदान छैन नि यिनको । यतिमात्र होइन, यो आन्दोलनका नेताहरू चाहे तिनमा दक्षिण वा उग्रवाम भड्काव किन नहोस् क. मनमोहन अधिकारी, क. तुलसीलाल अमात्यक. मोहनविक्रम सिंह, क. मदन भण्डारी, यी सबैको योगदान छ तपाई त्यहाँ पुग्नमा ।

तपाईलाई भोट हाल्ने माओवादी, राजमो, संयुक्त, एकीकृतको भन्दा कम्ति योगदान नेकपा (एमाले), नेकपा (माले) र नेमकिपाको छैन । तपाई यी सबै सबै प्रति समान रुपले वफादार हुनुपर्छ ।

आदरणीय भट्टराईजी,

प्रसंग बदलौं, अहिले तपाई प्रधानमन्त्री चुनिदा धेरै मासिन खुशी भएका छन् । तपाई प्रति नेपाली जनताले आशा गर्नुका पछाडि केही कारणहरू छन् । पहिलोतपाई एसएलसीमा बार्ड फस्र्ट हुनु यसको सार पक्ष के हो भने तपाई मेहनती मान्छे हुनुहुन्थ्यो÷हुनुहुन्छ । तपाई आफ्नो विषयमा गहिरो अध्ययन, चिन्तन, मनन, अनुसन्धान गर्नुहुन्छ जसले तपाईलाई गन्तव्यसम्म पु¥याउँछ । त्यसैकारण नेपाली समाजले तपाईप्रति आशा गरेको हो । तर बोर्डको च्बलपष्लन को रुप पक्ष प्रति मेरो फरक धारणा रहेको छ । बोर्डफस्र्ट हुनु भो त्यो राम्रो कुरा हो । तर बोड फस्र्ट हुनुनै सर्वेसर्वा हो भन्ने चाहिं गलत हो । नेपाल जस्तो अविकिसत र अल्प विकसित मुलुकमा यस्तो कुराले बढि नै महत्व पाउँछ । एसएलसीको मार्कको आधारमा बोर्डको पोजिसन छुट्टयाउदा विकृति बढेकोले २०५२ सालदेखि हुनुपर्छ, यो हटाइयो । बोर्ड फस्र्ट स्वयंको लागि मात्र फाइदाजनक होला अरुको लागि होइन । यस्तो च्भलपष्लन ले स्वयंलाई पनि घमण्डी र दम्भी बनाउछ । अहिलेसम्म चारदर्जन जति घोषित र एकडेढ दर्जन अघोषित बोर्ड फस्ट भैसकेका छन्, यी मध्ये एकजनामात्र हुनुहुन्छ तपाई । तपाईलाई उचालेर पछार्न चाहनले लगातार रुपमा तपाईलाई यो विशेषण दोहो¥याई, तेहे¥याई दिइरहेका छन् । तपाईले यतातिर अलिकति ध्यान पु¥याउन सके राम्रो होला भनेर सोच्छु म तपाईको शुभचिन्तकको नाताले ।

नाङ्गो आङ् र भोको पेटमा जीवन जीउनेहरू हर्ष विभोर छन् । खुशीले गद्दगद् छन् ती गरिवहरू, शोषितपीडित नेपाली जनताहरू । क. मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाखेरी पनि यस्तै अभूतपूर्व लहर आएको थियो, खुशीको । तर यसपटक मनमोहनजीको पालाको जस्तो होइन फरक खालको मानिसहरूपनि खुशी भएका छन् । सायद त्यसको कारण तपाईकै नेता प्रचण्ड र अरु केहीले तपाईलाई भारतीय दलालको पगरी गुथाइनु हुन सक्छ । ती दक्षिणी शक्तिहरू आशावादी होलान्, बाबुराम हाम्रो मान्छे होभनेर ठानेका होलान् ।

बाबुराम कमरेड, तपाईले भारतमै इञ्जिनियरिङ्ग गर्नुभयो र पीएचडी पनि त्यहींबाट । व्ल्ग् लाई च्ब्ध् को एजेण्ट उत्पादन थालो देख्ने नेपाली नेताहरूको शंकालु आँखाले तपाईलाई त्यो आरोप लागाउन खोज्छन, तर म चाहिं यसमा सहमत छैन । तर हामीलाई १÷२ वटा शंका लाग्छ । त्यो के हो भने तपाई इण्डिया मा शिक्षा, दीक्षा लिएको मान्छे, तपाईका गुरुहरू सायद अहिले सत्ताको बागडोर सम्हाली रहेछन् वा राजनेताहरूको निकटका विशेषज्ञका रुपमा होलान् । अर्को कुरा १० वर्षे जनयुद्धका क्रममा केही समय (मलाई निश्चित समय थाहा छैन) भारतमै विताउने भो । नचिनेको जस्तो गरेर तपाईहरूलाई छोडी दिए, गिरफ्तार गरेनन् । उनीहरूलाई अहिले डा. बाबुराम भट्टराई हाम्रो शिष्य हो, हाम्रो साथी हो, हिजो जनयुद्धको क्रममा हामीले सहयोग गरेका थियौं, त्यसैले उनी हामीप्रति कृतज्ञ छन् र उनलाई हामीले प्रयोग गर्न सक्छौंभन्ने लागेको हुन सक्छ ।

कमरेड, तपाईले प्रधानमन्त्रीको समथग्रहण नगर्दै नेपालमा बनेको, नेपालको पहाडमा ढुंगे र धुले सडकहरूमा गुड्न अभ्यस्त गाडी मुस्ताङ्गचढ्ने घोषणा गरेसँगै भारतीय दलालदेख्ने प्रचण्ड सहितका नेताहरूलाई त झुट्टो सावित गरिदिनु भएको छ । तपाईलाई भिराइएको पगरी तपाई सजिलै फाल्न सक्नु हुन्छ तर मेरो शंकालाई दूर गर्न भने तपाईको कार्यकालको अन्तिमसम्म पनि हेरी रहनु पर्ने हुन सक्छ । म के आशा गर्छु भने तपाईले हाम्रो यस्तो शंकालाई पनि हटाइदिनु हुनेछ ।

दोस्रोतपाईको त्याग । नेपाली जनताले साह्रै्र दुर्लभ मात्र त्यागी नेता पाएका छन् । यस जमानाको थोरै नेताहरूलाई त्यागी देख्छु म । त्यस मध्य एकजना तपाई पनि पर्नुहुन्छ । द्वन्द्ववादी दृष्टकोणबाट हेर्ने हो भने एउटा तर्क राख्न सकिन्छ । प्रायः सबैजसो नेताहरू जो प्रधानमन्त्री भए वा कति प्रधानमत्री नभएकाहरू पनि पार्टी सञ्चालन गर्नका निम्ति, कार्यकर्ता पाल्न र सुरक्षा गर्न खर्च जुटाउन परेर पनि सहयोग, दान, पुरस्कार वा नजायज रुपमा समेत रकम संकलन गरेका छन् । ती सबै जसो पार्टी प्रमुख थिए तर संजमोको अध्यक्ष हुँदा बाहेक तपाई पार्टी प्रमुख हुनहुन्न त्यसैले पार्टीचलाउन तपाईले रकम संकलन गर्नु परेको छैन । अहिले तपाईको पार्टीका विभिन्न ढंगबाट आएका लाखौं कार्यकर्ता जो सत्ता वाहिरै पनि भ्रष्टचार गर्छन, त्यस्ता कार्यकर्ताको आवश्यकता पूर्ति गर्न तपाईले कस्तो नीति लिनुहुन्छ त्यो हुर्नु पर्ने विषय भएको छ । राज्यश्रोतको दुरुपयोग गरेर वा अनियमितता गरेर पार्टीमा अर्वौ रुपैयाँ भित्र्याउन तपाईलाई ठूलो दवाव आउँछ । त्यस्तो स्थितिमा तपाईले आफ्नो त्यागको इतिहासलाई कामय राख्न सक्नु पर्दछ । तपाईलाई भिडियाले निकै साथ दिएको छ, तपाईले पाउनु भएको जति साथ शायद गिरिजाबाबुले पनि पाउनु भएन होला । तपाईको त्याग र योगदानलाई जनतासम्म पु¥याइदिने सञ्चार माध्यम प्रति तपाई ऋणी पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई ।

तेस्रोअर्थमन्त्रीको रुपमा तपाईको भूमिका पनि तपाई प्रति समर्थन र आशाको अर्को विषय हो । यसमा पनि सञ्चार माध्यमको ठूलो भूमिका छ । भट्टराईज्यू, पञ्चायतकालका एकजना अर्थमन्त्री हाल राजपाको नेता डा प्रकाशचन्द्र लोहनी, कांग्रेस सरकारका अर्थमन्त्री कांग्रेस नेता डा रामशरहण महत, नेकपा (एमाले) का नौं महिने शासनकालका अर्थमन्त्री भरतमोहन अधिकारी पछिल्लो पटक तपाईभन्दा पछाडिको एमालेका अर्थमन्त्री सुरेन्द्र पाण्डले अर्थतन्त्रमा योगदान पु¥याएकै हुन् । तपाईको भन्दा कम भूमिका यिनको छैन तर चर्चा तपाईको मात्र हुन्छ यसमा तपाईको राम्रो पक्ष त जिम्मेवार छ नै तर त्यो भन्दा कम भूमिका सञ्चार माध्यमको पनि छैन ।

चौथोतपाई प्रतिको प्रचारमूलत तपाईंलाई लोतन्त्रवादीको रुपमा गरिएको प्रचार अर्को पक्ष हो । तपाईलाई  दिइएको माओवादी भित्रको शान्तिपक्षधर, लोकतन्त्रप्रति प्रतिवद्ध आदि विशेषण तपाईप्रति आशा गरिनुको अर्को कारण बनेको छ ।

भट्टराईज्यू तपाईलाई थाहा छ वर्तमान संविधानसभामा हामी दुई किसिमका शक्ति छौं । पहिलो आमूल परिवर्तनकारी वामपन्थीहरू, जसमा आजै यही संविधानसभाबाटै देशमा जनवादी संविधान घोषणा गर्नुपर्छ भन्ने उग्र चिन्तन राख्ने एनेकपा (माओवादी) र यो संविधानसभा सम्झौताको परिणाम भएकोले यसले प्रगतिशील अन्तरवस्तु भएको लोकतान्त्रिक संविधान मात्र बनाउन सक्छ भन्ने वामपन्थीहरू नेकपा (एमाले), नेकपा (माले), राजमो र अन्य हौं । दोस्रा यो संविधानसभा मार्फत पुँजीवादी लोकतान्त्रिक संविधान बनाउन चाहने र देशलाई आमूल परिवर्तनको दिशामा जानबाट रोक्ने नेपाली कांग्रेस, राप्रपा र विभिन्न नामका मधेशवादी दलहरू ।

 

सम्माननीय प्रधानमन्त्रीज्यू,

शान्ति प्रक्रिया सार्थक निश्कर्षमा टुङ्ग्याउनु पनि वर्तमान नेपाली क्रान्तिको एउटा दायित्व हो । क्रान्ति सम्पन्न गर्ने हो भने यो चरणमा हामी एक पाइला पछि हट्नु पर्छ, शान्ति स्थापना गर्नु पर्छ । लेनिनले एक कदम पछाडि, दुई कदम अगाडिभन्नु भए झै फड्को मार्न अथवा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न हाललाई शान्ति प्रक्रिया पूरा गर्नु पर्छ अर्थात एक पाइला पछि हट्नु पर्छ ।

अहिले राजनैतिक पार्टीहरुले चार वटा प्रवृत्तिको प्रतिनिधित्व गरिरहेका छन् ।पहिलो उग्रवामपन्थी प्रवृत्ति एनेकपा (माओवादी), दोस्रो बामपन्थी प्रवृत्ति नेकपा (एमाले), नेकपा (माले), राजमो र अन्य । तेस्रो बुर्जुवा÷संसदीय पुँजीवादी प्रवृत्तिनेपाली कांग्रेस, राप्रपा, राजपा सहित केही र चौथो प्रवृत्ति क्षेत्रीयतावादी, विखण्डनवादीविभिन्न नामका मधेशवादीहरु र अन्य केही ।

यसरी चारवटा प्रवृत्ति मध्ये तपाई पहिलो प्रवृत्तिको पार्टीको एक जना नेता हुनुहुन्छ तर तपाईको आफ्नो विचार भने दोसे प्रवृत्तिसँग मिल्न खोज्छ । वास्तवमै मिल्नुपर्छ र यही प्रवृत्तिको विचारमा तपाई नआएसम्म र तपाईको पार्टी नै यो प्रवृत्तिमा नआएसम्म न त शान्ति प्रकृया टुङ्गिन्छ न संविधान नै बन्छ । नेपाली जनताले तपाई प्रति आशा गरेको शान्ति संविधान, सुशासन र समृद्धिको लागि हो ।

आदरणीय भट्टराईज्यू,

अव म तपाईको चुनौतिहरु के के हुन्, त्यतातिर थोरै लेख्न चाहन्छु । इतिहासको यो महत्वपूर्ण घडीमा हाम्रो सामु अर्थात नेपाली जनता र क्रान्तिको नेतृत्वदायी पदमा तपाई पुग्नु भएको अवस्थामा तपाईको सामु शान्ति, संविधान, सुशासन र आर्थिक विकास (समृद्धी) नै प्रमुख चुनौतिहरु हुन् ।

तपाईलाई जानकारी भएकै कुरा हो शान्ति र संविधान एक अर्कामा अन्योन्याश्रीत छन् भने सुशासन र समृद्धी चाहिं शान्ति र संविधानसँग निर्भर रहने विषयहरु हुन् । शान्ति विना संविधान निर्माण हुन सक्दैन, जारी हुन सक्दैन र जारी भैहाले त्यसको आयु त्यति नै छोटो हुन्छ  जति हालैका सरकारहरुको रहेको छ । एक जना कम्युनिष्टको नाताले भन्नुपर्दा तपाईहरुद्वारा निर्मित जनमुक्ति सेना हाम्रो पनि हो । यसलाई विघटन गर्न नहुने हो, यसलाई कुनै न कुनै रुपमा बचाई राख्नै पर्ने हो तर इतिहासको एउटा मोडमा लोकतान्त्रिक गणतन्त्रको निम्ति तपाईको पार्टीले जनसेना विघटन गर्ने निर्णय गरिसकेको छ, दजनौं ठाउँमा दशऔलाको छाप लगाएर जनसेना विघटन गर्छौं भनेर सम्झौता गरिसक्नु भएको छ । त्यसैले बैद्य गुरुहरुले जतिसुकै अवरोध गरे पनि गुरुको आँखा छलेरै भए पनि तपाईहरुले सेना विघटन गर्नै पर्ने, निरस्त्र हुनै पर्ने भयो । लोकतान्त्रिक गणतन्त्रसँग जनसेना साट्नु भएकाले लोकतान्त्रिक संविधानसँग शान्ति प्रक्रियाको अभिन्न अंग बनेको सेना समायोजन प्रक्रिया पूरा गर्नै पर्ने भयो ।

संविधान निर्माणको कुरा गर्ने हो भने तपाईको अर्को र ठूलो अनि महत्वपूर्ण चुनौति हो यो । हुनत संविधान निर्माण गर्ने सरकारले होइन पहिलो कुरा तपाईको पार्टी संविधानसभाको सबैभन्दा ठूलो पार्टी हो, तपाईको पार्टी वेगर संविधान नै बन्दैन, राजनैतिक मात्र होइन गणितीय हिसावले पनि बन्दैन, दोस्रो कुरातर हाम्रो जस्तो अल्पविकसित मुलकुमा शक्तिको निकै ठूलो हात हुन्छ । निर्णय प्रक्रियामा प्रधानमन्त्रीले के भन्छन्, ठूलो पार्टीको नेताले के भन्छन्, त्यो महत्वपूर्ण कुरा हुन्छ । संविधान निर्माणको क्रममा सबैभन्दा ठूलो अड्को राज्य पुनर्संरचना नै हो । हिजो युद्धकालमा र युद्धोत्तरको तरल अवस्थामा सामन्तवादी, केन्द्रीकृत सत्ताको मारमा परेका जनतालाई आफूतिर आकर्षित गर्न तपाईहरुले सपना बाड्नु भएको छ, गाउँ खाने कथामा गाउँ बाडेझैं जातीय आधारमा इलाकीय राज्य बाँड्नु भएको छ । यथार्थमा त्यो वस्तुवादी छैन, त्यो भड्काववादी भ्रम हो । यसबाट तपाई स्वयं त मुक्त भैसक्नु भएकै होला तर तपाईहरुले यस्ता जातिवादी कार्यकर्ता उत्पादन गर्नु भएको छ त्यस्ता जातिवादीहरुको घेराबाट तपाईहरु मुक्त हुन निक्कै कठिन देख्छु म । हिजो भनेको जस्तो राज्य दिनेभए देउ नत्र पार्टी नै छाड्छौं, अर्को पार्टी बनाउँछौं भन्छन् तिनले । तपाई त्यहि इलाकीय र जातीय राज्य बनाउने कल्पना गर्नुहुन्छ भने तपाईलाई शान्ति र संविधानप्रति वफादार मानिदैन ।

जातिजनजाति स्थायी र जडवस्तु होइन, यो समय क्रममा, एउटा निश्चित ऐतिहासिक क्षणको तरल विषय हो । जातीयता साश्वत विषय हैन तर यसलाई सास्वत विषय ठानेर जातीय आधारमा राज्य बनाउने जुन भ्रमात्मक सवाल छ, तपाई जस्ता बौद्धिक मानिसले यस्तो गर्नु भनेको तपाईको बौद्धिक दिवालियापन बाहेक केही हुँदैन । एकछिन तपाईलाई गाह्रो पर्ला, हतियार राखिएको कण्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउँदा बैद्य गुरुहरुले गरेको भन्दा ठूलो विरोधका सामना गर्नु पर्ला तर तपाईले त्यो जोखिम उठाउनैपर्छ, प्रधानमन्त्रीज्यू । वर्तमान द्वन्द्वको जड् भनेको शोषणमा आधारित राज्य सत्ता नै हो । तपाई हामी कम्युनिष्टहरुले बुझेको कुरा यही होइन र ? अनि, जातीय राज्यले वर्गीय समस्याको समाधान दिन्छ त ? (यो विषयमा हामी पछि अर्के पत्रका छलफल गरौला) ।

कमरेड भट्टराईजी,

तपाईले लेख्नु भएको आजको माक्र्सवादहेर्दा मैले तपाईलाई जातिवादी देखेको छैन तर व्यवहारमा तपाईहरु माक्र्सवाद असंगत जातिवादी भिडको नेतृत्व गरिरहनु भएको छ । तपाईको नीजि वेवसाइटमा तपाईको नीजि सचिवको एउटा लेखको शिर्षक हेर्न भ्याएको थिएँ । त्यसमा उहाँले तपाईलाई नयाँ पुष्पलालको रुपमा राख्न खोज्नु भएको छ । कमरेड पुष्पलाल नेवार जातिको मान्छे, जनजाति, तर उहाँले जातीयतालाई बढावा दिनु हुँदैन भनेर आफ्नो थर नै लेख्नु हुन्नथ्यो । उहाँले यसलाई निश्वत कुरा ठान्नु हुन्थ्यो र केवल पुष्पलालमात्र लेख्नु हुन्थ्यो । अतः बाबुरामजी तपाई नयाँ पुष्पलालबन्न चाहनु हुन्छ भने जातिवादी र क्षेत्रीयतावादी भड्काउबाट मुक्त हुनुहोस्, पार्टीलाई त्यसबाट मुक्त पार्नोस मुलुकलाई त्यसबाट मुक्त पार्नुहोस् र मुलुक सुहाउँदो राज्य पुनर्संरचना गरी दीगो शान्ति स्थापना गर्न सफल हुनुहोस् । यो राज्य पुनसंरचनाको सवाललाई सार्थक ढंगले टुङ्ग्याउन सक्नुभो भने तपाई यो परीक्षामा पनि प्रथम श्रेणीमा सफल हुनुहुनेछ ।

जहाँसम्म कस्तो संविधान ? भन्ने सवाल छ, हामी कम्युनिष्टहरु नयाँ जनवाद स्थापना गर्न चाहन्छौं मुलुकलाई समृद्ध पार्न चाहन्छौं, स्वतन्त्र बनाउन चाहन्छौं र शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण गर्न चाहन्छौं । के त्यो आज र यसै संविधानसभाबाटै गर्न सक्छौं त ! मलाई यो संविधानसभाबाटै र आजै त्यो काम पूरा गर्न सकिन्छ जस्तो लाग्दैन्, सकिन्थ्यो भने त राम्रो हुन्थ्यो तर त्यो संभव छैन । किनभने यो संविधानसभा हामी कम्युनिष्टहरुले मात्र जितेर बनाउन सकेको होइन । यसमा बुर्जवा शक्ति कांग्रेस, बुर्जुवा र साम्प्रदायिक राजनीति गर्ने मधेशवादीहरु पनि छन् । यस्तो संविधानसभाबाट नै जनवादी संविधान निर्माण गर्ने कल्पना गर्नु भो भने त्यो दिवास्वप्न मात्र हुनेछ, कमरेड ।

अँ साँच्चि, अस्ति तपाईले यो देशको परिर्वतकारी शक्ति भनेको एनेकपा माओवादी र मधेशवादी दलहरु हुन् भन्नु भएको रहेछ । के त्यो तपाईले साँच्चिनै भन्नु भएको हो ? कि मधेशवादीलाई हौस्याउन ? कि कांग्रेस, एमाले, मालेले भोट नदिएकोले रिसइविले ? जे कारणले भन्नु भएको भए पनि तपार्ई जस्तो मानिसले त्यस्तो भन्न सुहाउँदैन । २०६२०६३ को युगान्तकारीपरिवर्तनकारी आन्दोलनको नेतृत्व कसले गरेको थियो ? कुन कुन पार्टी थिए त्यो आन्दोलनमा ? मधेशवादीदलहरु कहाँ थिए त्यतिबेला ? लोकतन्त्र स्थापना पश्चात विभिन्न विदेशी शक्तिकेन्द्रको गर्वबाट जन्मेको अवैध सन्तान आज तपाईलाई भोट हाल्ने वित्तिकै महान क्रान्तिकारी ? गौरमा २९ लाल रक्षकको रगतको पोखरी अझै सुकको छैन तर आजै इतिहास भुल्ने तपाई ? यहि हो तपाईको बौद्धिकता ?

आदरणीय कमरेड, अहिले हामी कुनै भड्काउ र भ्रममा पर्नु हुँदैन । अहिले हामीले प्रगतिशील अन्तर्वस्तु भएको, जनमुखी चरित्रको नेपाली मोडेलको लोकतान्त्रिक संविधान र त्यस्तै चरित्रको राज्यको निर्माण गर्न सक्छौं । त्यो नेपाली चरित्रको लोकतान्त्रिक व्यवस्था भनेको पुँजीवादी लोकतन्त्र भन्दा माथिको, उन्नत र प्रगतिशील तर नयाा जनवादभन्दा अलि तलको हाम्रै मौलिकताको प्रगतिशील लोकतन्त्रिक गणतन्त्रहुनेछ । त्यस पछि मात्र हामी यो मुलुकमा जनवादी गणतन्त्र स्थापना गर्न सक्छौं । जनवादी गणतन्त्रको रणनीतिको निम्ति प्रगतिशील लोकतान्त्रिक गणतन्त्र यो चरणको कार्यनीतिक कार्यक्रम हुन सक्छ । त्यो तपाईले बुझ्नु भएकै होला । त्यसैले यस्तो संविधान बनाउन सक्नुभो भने मात्र तपाई प्रतिको जनताको सदीक्षा पूरा भएको ठहर्नेछ ।

यसरी प्रगतिशील लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सकियो भने मात्र हामी देशमा सुशासन ल्याउन सक्छौं । यी कुरा भएभने नेपालको विकास हुन पटक्कै गाह्रो छैन । नेपालमा साधन श्रोतको केही कमि छैन, नेपालमा अपार जलस्रोत छ, पर्यटकीय क्षेत्रहरु छन्, कृषीयोग्य भूमि छ र छन् मेहनती जनताहरु । ती मेहनती जनताहरु आज अरबको खाडिमा पसिना बगाइ रहेका छन्, मलेसियामा छन्, भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, हङ्गकङ्ग र कयौ मुलुकमा रगत पसिना बगाई रहेका छन् ।

आदरणीय प्रधानमन्त्रीज्यू,

तपाईंले आगामी तीन महिनामा शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन सक्नु भो भने त्यसले तपाईको बनिरहेको अग्लो कद थप अग्लो हुनेछ र त्यसपछि तपाईले आफ्नो स्वरुप बदल्नु पर्छ अर्थात सरकारको स्वरुप । मधेशवादीहरु प्रति मधेशकै जनताको विश्वास हटिसकेको छ । तपाईले यो मधेशवादीको भरमा परेर होइन सर्वसम्मतिको आधारमा सरकार पुनर्गठन गर्नु पर्छ । त्यो संभव छ । तपाईले यसो गर्न सकेमा वास्तवमै हामी हाम्रो अभिष्ट पूरा गर्न सक्छौं ।

हवस त कमरेड, लेख्नु पर्ने विषय धेरै थियो सबै कुरा एउटै पत्रमा त लेख्न पनि सकिदैन तै पनि पत्र लामो भयो, मलाई थाहा छ, तपाईले यो पत्रको पूर्ण जवाफ पठाउन भ्याउनु हुन्न तर पत्र प्राप्त भए नभएको कुरा भने तपाईले मेरो इमेल ठेगाना पबउष्उियपजचभ२िनmबष्।िअयm वा जनप्रकाश साप्ताहिकको पठाइदिनु होला । पत्रमा व्यक्त शब्दले तपाईंको भावनामा ठेस लाग्न गएमा त्यो हदसम्म दुखित छु । अहिलेलाई पत्र बन्द गर्छु ।

तपाईंको

कपिल पोखरेल

१८ भाद्र २०६८, काठमाडौं

 


Attachments#
No files
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी