Kapil Pokharel Kapil Pokharel
लेख/Article
Apr 15, 2012
संघर्षमय जीवनका स्मरणहरु

(२३ चैत्र २०४६)

ऊ उग्रे आयो समात् समात् .. ठोक.. ठोक.. हान्... हान्.. ठोक्दे..... ठोक्दे, मारदे यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ पञ्चायत (तत्कालिन नाम) को भवन सँगै रहेको चौर तर्फ दौडिएँ । करिव मेरो उचाई बराबरको तारवार लगाइएको रहेछ, मैले उफ्रेर तारवार नाघें, र कम्पाउण्ड भित्र छिरेछु, मैले पुलुक्क पछाडि फर्केर हेरें, ठूलो भिड मेरो पछाडि थियो, करिव ४०५० जना पुलिस पनि भर्खरै आइपुगेको थियो, म दौडिदै अगाडि बढें, कम्पाउण्ड भित्र परेकाले बाहिर निस्कन खोजे र उफ्रिएँ तर नाघ्न भ्याइन, एक हुल मण्डलेहरुले मलाई समात्यो । मसँग एउटा ठूलो लाठो थियो (मसँगै अरु तीन जना सँग पनि थियो । १÷१ वटा र ४५ जनासँग केही थिएन) म र अर्कौ एक जना साथी लाठी घुमाउन जान्दैनथ्यौं । तर अरू दुई जनालाई लाठी खेलाउन आउँथ्यो । मैले मलाई लाठी खेलाउन आउदैन, म लाठी लिन्न, भनेको थिएँ तर साथीहरुले मानेनन् । नेतृत्वको आदेश नमान्दा डरपोक भइने हुनाले लाठो बोकेर क्रान्तिकारी हुन कोशिष गरेको थिएँ ।

पहाडमा मास÷कोदो चुट्ने जत्रो लठ्ठी थियो । मलाई त्यही लाठोले मनलाग्दी पिट्न थाले मण्डलेहरुले । तीन चार लाठो पिटेको अनुभव भयो, मलाई ४५ पटक भन्दा पछि पिटेको पटक्कै दुखेन, बल (भकुण्डो) मा पिटेको जस्तो भयो । त्यतिबेला म बेहोस भै सकेको रहेछु । उनीहरले धेरै पिटे पछि एक जना साथी (सुन्दर श्रेष्ठ) मण्डलेहरुको भिडमा उसकै साथी बनेर छिर्नु भएछ र रोक्नु भएछ अब यसलाई नपिटौं यो सकियोभन्दै लाठी समाउनु भएछ ।

२०४६ सालको जनआन्दोलनका क्रममा चितवन जिल्लामा आन्दोलनको प्रभाव अत्यन्त व्यापक थियो । आन्दोलनकारी माथि वीरेन्द्रनगरका मण्डलेहरुले सूचना दिने, फकाउने आदि गरेका रहेछन् । मण्डलेहरुलाई तह नलाए त्यो क्षेत्रबाट आन्दोलनमा सहभागिता नहुने भएकोले २०४६ चैत्र २३ गते ती मण्डलेहरुलाई कार्वाही गर्ने कार्यक्रम बनेको थियो । १२ बजे पुग्नु पर्ने हामी १ बजे मात्र पुग्यौं । हामीसँग लाठोहरु भएकोले पुलिसले बाटैमा पक्रने भएको कारण हामी राजमार्गदेखि दक्षिणको समानान्तर स्थानीय सडकबाट पैदलै गएका थियौं । १२ बजे नै अन्यत्रबाट आएका साथीहरुले मण्डलेहरुलाई कुटपिट सहित कालोमोसो दलेर जुत्ताको माला लगाई हिडिसकेका रहेछन् । हामीलाई नजिकै एकजना साथी (महाप्रसाद पाण्डे) ले जानकारी गराइसक्नु भएको थियो । तर हाम्रो टोली नेता (गुडाखर सापकोटा)का हठताका कारण हामी कालो अरिंगालको गोलामा ढुंगा हान्न गएका थियौं । आन्दोलनकारीको कार्वाहीको सूचना पाएर भरतपुरबाट एक बस र १ डम्फर पुलिस आइपुग्नु र हामी घटनास्थल पुग्नु एकैपटक भयो । पुलिस देखे पछि मण्डलेहरुको मनोवल बढ्यो । हाम्रा सबै साथीहरु लाखापाखा लागि सककोले हामी बछौली र रत्ननगरबाट जाने हामी थोरै साथीहरु मात्र भयौं त्यहाँ । हामीसँग भाग्ने बाहेकको विकल्प थिएन । यत्तिनै बेला म समातिएँ, कुटिएँ र मरणासन्न भएँ । अरु साथीहरु भने भाग्न सफल हुनुभएछ ।

अलिअलि गुनगुन आवाज मेरो नजिकै आयो, अलि परबाट चर्को चर्को आवाज आयो । म अचेतन अवस्थाबाट अर्धचेतन अवस्थामा आएँछु । काठे घरको खाटमा रहेछु, (त्यहाँ गुन्द्रीसम्म ओछ्याइएको जस्तो लाग्छ) मलाई त्यहाँ सुताइएको रहेछ । पछि थाहा भयो मण्डलेहरुले निर्धात पिटिसकेपछि पुलिसले मलाई घिसार्दै चौकीमा ल्याएर थुनेको रहेछ । मलाई दुखाई महशुस हुन थाल्यो । मेरै कोठामा अरु तीन जना साथीलाई थुनेको रहेछ । यज्ञ भेटवाल, माधव हुँमागाई र शिवलाल सिल्वालसँग यस अघि मेरो खासै राम्रो चिनजान भएको थियो जस्तो लाग्दैन । उहाँहरु कसैको अनुहार उज्यालो थिएन, कोही रुदै थिए । त्यही रोएको आवाज रहेछ गुनगुन । त्यो काठे घरको अस्थायी पुलिस चौकीको बार पनि काठकै थियो कि केहो भित्र पट्टि घामको किरण छिरेको थियो । मेरो अनुमानमा त्यति बेलो अपरान्ह ५ जति बजेको हुनुपर्छ । एउटा पुलिसले मलाई बोलायो ओए उठ्.... । म उठ्न सकिन, ती तीन जना साथी र पुलिसले मलाई उठाए, मेरो कम्मर दुनिएन, म मुर्छित भएँ । मलाई बाहिरसम्म कसरी लग्यो, रोडमा रहेको डम्फरको पछाडिसम्म कसरी लग्यो, म सम्झन सक्दिन, तर डम्फरमा मलाई घिसार्दै चढाएको जस्तो लाग्छ । मलाई डम्फरमा चढाउन लाग्दा पनि मण्डलेहरुले मलाई पिटे, मुडकी (बक्सिङ्ग) र लात्ताले हाने मलाई । मलाई असह्य पिडा भयो । हामीलाई त्यो डम्फरमा हालेर खैरहनी पुलिस चौकी पु¥याउने क्रममा डम्फरमा पछाडि रहेको पुलिस मध्ये एउटा (खैरेनीको हल्दार जस्तो लाग्छ) ले चुरोट खाएर आगोले मलाई पोलिदियो, मेरो शरीरमा ठोसेर उसले चुरोट निभायो ।

खैरहनी पुलिस चौकीमा केहीवेर राखेपछि हामीलाई फेरि गाडी चढायो, त्यहाँ पनि गाडी चढ्न सकिन, मसँगे ल्याइएका तीजना साथीहरुले मलाई उचालेर गाडीमा चढाइदिए । हामीलाई इ.प्र.का. टाँडी (रत्ननगर) पु¥याउँदा साँझ परेको थियो । मलाई एक मन डर लाग्यो, म अघिल्लो दिन साधु बनेर छुटेको थिएँ त्यहीबाट, अर्को मनले सोचें यत्रा यातना भोगिसकैं भने यसले कति पिट्ला र ! मलाई कुटपिट गर्ला अनि भरतपुर पठाउला, त्यसले जेल चलान गर्ला, म डराउँदिन भनेर ममा रहेको डर हटाइदिएँ । हामीलाई टाँडी पु¥याउने वित्तिकै अफिस कोठामा लाग्यो । मैले अघिल्लो दिन झुक्याएको इन्स्पेक्टर (जस्तो लाग्छ) कुसीमा बसिरहेको देखें । मैले सोचेको थिए उसले मलाई चिन्ला । तर मेरो शरीर अनुहार यति सुन्निइ सकेको रहेछ कि उसले मलाई हिजो झुक्याएर छुटेको मान्छे भनेर चिन्नै सकेन ।....

०००००००००

साधु बनेर फुत्केको घटना

(२२ चैत्र २०४६)

फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको थियो । इलाका स्तरको आन्दोलन परिचालन संयुक्त संयन्त्रको एक सदस्य थिएँ म । नेपाली कांग्रेस अलि नरम कार्यक्रम ल्याउथ्यो, हामी अलि खरो कार्यक्रम बनाउथ्यौं । अनि तय भयो चैत्र २२ का लागि २ वटा कार्यक्रम । विहान रत्ननगरको हरिहर मन्दिरमा जनआन्दोलनको पक्ष र शहिदहरुको सम्झनामा पूजा पाठ कार्यक्रम र साँझ कुमरोजदेखि झुवानीसम्म शंख पुक्दै मशाल जुलुस गर्ने कार्यक्रम ।

कार्यक्रम अनुसार विहान सबेरै हामी हरिहर मन्दिर भेला भयौं । साथीहरु ईश्वरी लामिछाने, ठाकुर पौडेल सहित हामी तीन जनाले गेटमा व्यानर झुण्ड्यायौं । भित्र पूजापाठ सुरु भयो । हामी करिव २०२५ जना थियौं । कांग्रेसका साथीहरु प्रौढ थिए मालेका साथीहरु नवयुवा । प्रौढ मित्रहरु वेद, रुद्री, चण्डी, श्रीभ्द भागवत पाठ गर्न लागे । हामी दर्शक, श्रोता र सेन्ट्री भयौं । त्यत्तिकैमा ९ बज्नै लाग्दा टाँटी(रत्ननगर) को पुलिस भ्यान त्यही नजिकै राजमार्गबाट क्रस ग¥यो, हामीले सोच्यौं उनीहरु भरतपुर तर्फ लाग्यौं । तर ४५ मिटनेमा थाहा भयो उनीहरु त हामीलाई घेरामा पार्न पो त्यता (पश्चिम पट्टि) लागेका रहेछन् ।

मन्दिरको पूर्वपट्टि पर्खाल लगाइएको थियो । पश्चिम तर्फ तारवार लगाए पनि ठाउँ ठाउँमा तार टुटेकोले भाग्ने ठाउँहरु थिए

पुलिसले हामीहरु त्यतैबाट भाग्छौ भन्ने थाहा पाएर हामीलाई घेरा हालेछन् । एक ट्रक पुलिसले घेरा हालेका रहेछन् र टाँडीको १ भ्यान पुलिस हाम्रो गेटमा आइपुगे । उनीहरु गेटबाट भित्र छिरे । आन्दोलनकारी साथीहरु भागाभाग भए । पश्चिम पट्टि पुलिसले ८९ जनालाई समात्यो भने ८१० जना फरार हुन सफल भए । म र ईश्वरी लामिछाने भित्रै समातियौं । हामीलाई खुट्टामा ५÷६ पल्ट हान्यो । हामीलाई गाडी भित्र राखेर २÷३ जना कुरुवा बसे अरु ती साथीहरुलाई लिन गए । हामीले तत्कालै एउटा निर्णय ग¥यौं कि हामी झुक्याऔं भनेर । अनि शुरु ग¥यौ राम नाम जप्न । हामीले एकोहोरो रामनाम जप्न थाल्यौंहरेराम, हरेकृष्ण...... हरेराम हरेकृष्ण... लगातार जपि रह्यौं ।

उता अरु साथीहरु केशव लामिछाने, कविराज अधिकारी सहित ८९ जनालाई समातेर ल्याई गाडीमा पछाडि हाल्यो । टाँडी चौकीमा हामीलाई अलग्गै राख्यो, अरुलाई अलग्गै हामीलाई अफिससँगको कोठामा राखेको थियो । अफिसमा बोलेको सबै बुझिने गरी सुनिन्थ्यो । पुलिसले पिट्दै बयान लिन थाल्यो । हामीले हरेराम हरेकृष्णको भजन गर्ने आवाज सानो पार्दै सुन्यौं । एक जना साथी केशव लामिछानेलाई खुट्टामा बेस्करी हिर्कायो, पछि थाहा भयो उहाँको गोलीगाँठानेर फ्रयाक्चर भएछ । अरुको थाहा छैन । यसरी कुटपिट गदै बयान लिई रहेको थियो । एकजना १५१६ वर्षे साथीको पालो आयो । उसलाई सोध्यो, त्यो व्यानर कसले झुण्ड्याएको भन् ? उसले जवाफ दियो— “ठाकुर पौडेल, ईश्वरी लामिछाने र एकजनाको नाम थाहा छैन ।” (त्यो नाम थाहा नपाएको मान्छ म थिएँ) यो सुनेपछि ईश्वरीजीले नाम फेर्नु भयो ईश्वरराज शर्मा भनेर । हामी यो सबै सुन्दै राम नाम जपिरहेका छौं । करिव २ बजे हाम्रो पालो आयो । हामी दुवै जनालाई एकै चोटी अफिसमा लग्यो । हामी राम नाम जप्दै अफिस भित्र छि¥यौं । बेन्च देखाउदै इन्स्पेक्टरले बस्भने । हामी राम नाम जप्दै बस्यौं । नाटक गर्छस !थर्काउदै भन्यो । हामीले एकै चोटी रुन्चे स्वरमा हैन हजुर, हामी साच्चिकै पुजारी हौं, हामीलाई प्रजानाथ गुरुले देवघाटबाट ल्याउनु भएकोभन्यौं । (हरेक वाक्यको संयोजकको रुपमा हामीले हरेराम हरेकृष्ण भन्थ्यौ) उसले सोध्यो – ‘कहिले ?’ एक महिना अघि, “हरेराम हरे कृष्णआँखाबाट आँशु चुहाउँदै भन्यौं । ५÷६ छडि त हरेकले खाइसकेका थियौं विहानै । चौकीमा भने हामीलाई ४÷५ चोटी मात्र पिटेजस्तो लाग्दछ । उसले फेरि सोध्यो, “तिनीहरुलाई चिन्छउ ?’ हामीले राम नाम जप्दै भन्यौं । चिन्दैनौं सर । ८ बजे तिर आएर पूजापाठ गरे, त्यो भन्दा पहिला कसैलाई देखेका थिएनौं, राम नाम जप्दै जोड्यौं । तेरा नाम के ? ईश्वरीलाई सोध्यो ईश्वरराज शर्मा राम नाम जप्दै जवाफ दिए, साथीले । मलाई हाँसो उठ्यो, फुत्त आवाज आयो ह..तर मैले बीचैमा रोकेर हाँसोलाई खोकीमा परिणत गरिदिए हख्ख....!मलाई सोध्यो, तेरो नी ? मैले मेरो नाम कपिलदेव पोखरेल”, हरेराम हरे कृष्ण जप्दै जवाफ दिएँ ।

त्यो इन्स्पेक्टरलाई म दयालु त पटक्कै मान्दिन तर मुर्ख भने पक्कै रहेछ । हरेराम जपिरहने पुजारी÷सन्तहरुको टुपी पनि थिएन न त जनै नै थियो । त्यति कुरामा ध्यान पु¥याउन सकेन उसले । हामीलाई राम्रो भयो । करिव २ बजे हामीलाई अब आइन्दा भेटें भने छाड्दिन भन्यो । अनि आदेश दियो आइन्दा देशद्रोही, उग्रवादी आए भने खवर गर्नु ।सिपाहीलाई बोलाएर भन्यो यिनेरुलाई छाड्दे ! हामी खुशी भयौं । राम नाम जप्दै निस्कियौं । हामी त्यसपछि ३÷४ कि.मी. पश्चिम (टिकौली) स्थित ईश्वरीको घर गयौं । आमाले खाना पकाएर खुवाउनु भो, हामीले साथीभाई र परिवारलाई हाम्रो चर्तिकला सुनाउँदै १ जति घण्टा रमाइलो ग¥यौं ।

म साँझ पख बछौली४ स्थित घर नजिकैबाट झवानी हुँदै कुमरोज (गवै) पुगें । म पुग्दा शङ्खेराँके जुलुस शुरु भैसकेको थियो । जुलुस झुवानीसम्म आइपुग्यो, त्यहीं कार्यक्रम विसर्जन भो र सेल्टर तर्फ लागें । सेल्टरमा गएँ । साथीहरुसँग भेट भयो । दिउसोको घटनाको रिपोटिङ्ग गरे । साथीहरुले धन्यवाद दिनु भयो र भोलिपल्टको योजना बारे छलफल ग¥यौं ।

००००००

घर परिवारमा रुवावासी मच्चिएछ ः

वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५१६ वर्षका थिए, हामी सँगै गएको भए पनि हामी लाठो लिएर फुत्त राजमार्गमा निस्केकोले ध्यान हामीतिर आएछ र ती भाइहरु त्यो भिडमा हराएछन् । म माथि भएको आक्रमणले उनीहरु स्तब्ध भएछन् । उनीहरु कतिवेर त्यहाँ बसे थाहा भएन । साँझपख घर गएछन् र भतिजले भनेछन् अंकल त मर्नुभयो होला ! वीरेन्द्रनगरमा मण्डलेहरुले धेरै पिटे, मारेर फालेको जस्तो लाग्यो; हामी चाहि भागेर आयौं । झउरा महताले पनि त्यसमा सही थापेछन् ।

हाम्रो घर बछौली४ को पडरिया भन्ने गाउँमा छ । त्यसको नजिकै खोला पारी रत्ननगर५ चित्रसारीमा मेरी दिदी, फुपू दिदी र सानिमा अनि धेरै मलाई माया गर्ने मानिसहरुको घर, बछौंली९ स्थिति टरौली र झुवानीमा दिदीहरुको घर छ, मलाई माया गर्ने इष्टभित्र र साथीभाइ इलाकै भरी अनि इलाकाकै एक छेउ जयमङ्गलामा रहेको मामा घर र जुटपानीमा अर्की दिदीको घर सबैतिर खवर पुगेछ । (मेरो आफन्तहरु मध्ये अधिकांशले कांग्रेस पार्टीमा आस्था राख्थे त्यतिबेला थोरै चाहीं नेकपा (माले) समर्थक, र केही स्वतन्त्र थिए ।  ती मेरा आफन्तहरुमा छटपटाहट भएछ । जो अलिक टाठो थियो उ कांग्रेस वा माले । पुलिस कहाँ नगई मेरो अवस्था थाहा नहुने पुलिस कहाँ जाँदा आफै समातिने डरले कोही जान सकेनन् । म मरेको हुनसक्ने भन्ने समाचार पहाडसम्म पनि पुगेछ । मेरो मातापिता धादिङ्ग जोगिमारा८ सेलाङ्गढुङ्गमै हुनुहुन्थ्यो । (हामी १६ जना दाजुभाइ, दिदीबहिनीको जन्म पनि त्यही भएको हो) बुबाआमालाई ठूलो चोट परेछ । नदीपारी गोरखाको ध्याल्चोकमा दिदीहरुकहाँ हाम्रो तल्लो घरमा ठूलो बाआमा र मेरो वालसखा, परिवारजन सबैमा रुवावासी भएछ ।

०००००००००

चैत्र २३ साँझ देखि ४ दिन

टाँडी (रत्ननगर) चौकीको अघिल्लो दिन छोड्ने पुलिस (इन्स्पेक्टर) ले मेरो थिलथिलो भै सुन्निएर भकुण्डो जस्तो भएको शरीरमा पिट्दै मेरो नाम सोध्यो, ‘मेरो नाम के हो भन् ?’ मैले नाम भन्न मुख खोल्न कोशिष गरे तर मेरो मुखै खुलेन, ओठमा रगतको पाप्रो लागेको थियो, दाँतका अलग अलग भाग र सिङ्गो समूह नै पनि हल्लिएको थियो । बल्ल बल्ला थुकले ओठ भिजाउने कोशिष गरें र मुख खोलेर बोल्न खोजें अलि अलि ओठ फट्टाएँ तर तल र माथिको दाँत जोडिएको जोडियै थियो यतिकै बीचमा पनि मलाई उसले ३÷४ छडि थपिसकेको थियो । बल्लबल्ल दाँत खोलेर मैले भन्न खोजें, तर आवाजै आएन र सासैले भनि दिए क...पि...लसाउती मारे जस्तो आवाजमा । मैले थर बताइन, मलाई नचिनोस भन्ने एउटा कारण थियो भने अर्को बोल्न नसक्नु । हिजोको रैछ कि के हो भनेर थप पिट्यो, मैले हैन भनेर मुन्टो हल्लाउन खोजें तर मुन्टो हल्लाउन सकिन । मुर्ख इन्सपेक्टरले कम्तिमा १०१२ पटक पिटेपछि हामीलाई गाडीमा हालेर मध्यरातमा जि.प्र.का. भरतपुर पु¥याइयो । त्यहाँ मेरो विद्यालय पढ्दाको सहपाठी साथी (कृष्णप्रसाद पन्त), विद्यालयका गुरु भानुप्रसाद उपाध्याय, अलि पहिलाको अर्को गुरु पुनाराम गौतम, जनपक्षीय प्रधानमञ्च थमबहादुर पुन (शुक्रनगर) लगायतका मित्रहरूलाई देखें । मैले चिनें । अभिवादन गर्न खाजेँ सकिन, साउतीको आवाजमा नमस्कार भनें । हात उठाउन खोजे सकिन, अलि अलि उठाएर कम्मरको सीता दुई हात ल्याएँ । नजोडिएका दुई हातले नमस्कार गर्ने कोशिष गरे । ती कसैले मलाई चिनेनन् शुरुमा । पछि केहीवेर हेरे पछि र मेरो साउतीको आवाज सनेपछि मात्र चिने मलाई । तीन जना सँगै आएका साथीहरू र हिरासतमा भएका साथीहरूले उभिएको अवस्थामाबाट विस्तारै ढलाए र मलाई सुताए मेरो कम्मर पनि दुनिदैनथ्यो । मलाई भोक लागेको थियो तर न त्यहाँ केही उपलबध थियो न त खानै सक्थें । एकजना साथिले चिउरा खाने त ?” भनेर सोध्नु भयो । पानी पिउन नसक्ने अवस्थाको मैले कसरी चपाउन सक्थेँ चिउरा । बल्लबल्ल पानी पिएँ । १÷२ चम्चा जति ।

भोलिपल्ट विहान साथिहरूलाई खाना आयो । मेरो लागि कसले ल्याइदिनु र म त मरिसकेको अनुमान गरिएको मान्छे । थमबहादुरजीले (नजिकैकी होटलबाट मगाइएको)  आफ्नो खाना मलाई पनि दिन खोज्नु भो मैले आँ गर्न कोशिष गरँे तर भएन । भोक लाग्दा लाग्दै केही खान पाइएन । पछि एक कचौरा दाल मगाई दिनु भयो । साथिहरूले उठाइदिए, अनि अलि ओठ खोलेँ, हातले बल्लबल्ल कचौरा उठाएँ र पिउन खोजे । दाँत छुटेनन । अलिअलि दाँत फ्ट्याएर २४ चम्चा जति दाल निकै मुस्किलले पिएँ । त्यो विहान (२४ चैत्र) मलाई अस्पताल लगिएला भन्ने आशा गरेको थिएँ । तर निर्दशी पुलिसले किन लैजान्थ्यो । म अत्यन्त पिडा सहेर बसिरहन वाध्य भएँ । दिउँसोसम्म नलगेपछि साथीहरूको दवावले मात्र अपरान्ह अस्पताल लगि टोपल्यो । तर इमजेन्सीमा डाक्टर कोही रहेनछन् । एकजना हे.अ.÷अहेवले मलाई एबष्लपष्ििभच र ऋष्तबmय िदिए र भोलि ल्याइदिनु होला भोलि डाक्टर मार्फत जचाएर सबै गरौंला भने । अस्पताल लैजाँदा मलाई हिडाएरै लग्यो । म निकै कठिनाइले हिडे । (जि.प्र.का. र भरतपुर अस्पताल सँगै छ) बाटामा मलाई देख्नेहरू दङ्ग परेको देखें ।

हामीलाई  एउटा करिव १२×१६ फिटको कोठामा ३०४० जनालाई थुनेको थियो । शौचालयको लागि हामीलाई ११ जनाको पालोमा बाहिर लैजान्थ्यो भने अल्य शौच (पिसाव) गर्न कोठाकै एउटा छेउमा बस्नु पथ्र्यो । त्यहाँ तरल पदार्थ बाहिर निस्कने प्वाल थियो । हामी पालैपालो त्यहीँ पिसाव गथ्र्यौ । अरु साथीहरू बसेर पिसाव गर्थे, म चाहिं बस्न नसक्ने भएकाले एक पट्टि भित्तामा अडिएर उभिएरै पिसाव गथें । 

हामी मध्ये म सँगै आउने बाहेकलाई मुद्दा चलाई सकेको रहेछ । २४ र २५ गते जेल चलान गरायो । २५ गतेदेखि त्यहाँ हामी चार जना मात्र भयौं ।

म चिन्तित थिएँ, घरमा मेरो बारेमा के खवर भयो होला भनेर । मलाई भेट्न पनि कोही पनि आएनन् । आफै समातिने डरले होला नि भन्ने सोचेँ । २५ गते पनि मैले भात खान सकिन, दाल भने अलिअलि पिउन सक्ने भएँ । दिउँसो अन्दाजी १२ बजे तिर मैले झ्यालबाट चियाईरहेको थिए । मेरो आफ्नो कोही आउछन् कि भन्ने आशा थियो नभन्दै बाटोमा हिडिरहेको देखेँ भान्दाजु (युक्तविलास मर्हठ्ठा) र सानीमाको छोरा दाजु (पुष्पराज मर्हठ्ठा) लाई । उहाँहरूले पनि मलाई देख्नु भो । हात उठाउनु भो मैले पनि सकि नसकि  उठाएँ । २४ गते एक पटक र २५ गते २÷३ पटक मलाई अफिसमा लगियो र विभिन्न कुराहरू सोधियो । पुलिस अफिसरले मेरो नाम थर र घर आदिबाट सुरु गरेर विभिन्न कुराहरू सोधे । उनीहरूले मलाई तीनवटा आरोपमा मुद्दा लगाउन चाहन्थे ।

(१) टरौली स्कुल जलाएको,

(२) वेल्सी पुल जलाएको (यो चाहिं, वेल्सी पुलमा पिच जलाएको सत्य हो) र

(३) सार्जजनिक अपराध (२३ गते सर्वसाधारणलाई कुटपिट गरी सार्वजनिक सुरक्षा खल्बल्याएको) ।

०००००००००

पुलमा आगो लगाइयो

(१ चैत्र २०४५)

कार्यक्रम अनुसार चैत्र १ गते नेपाल बन्द थियो । हामी इलाकाका साथीहरू बीच कार्य विभाजन भयो  केही साथीहरू रुख ढालेर र ढुंगा खसालेर बाटो बन्द गर्न नारायणगढदेखि करिव १५२० कि.मी. उत्तर पूर्व तिर लाग्नु भो । मेरो जिम्मा रत्ननगरको पूर्व र परशुराम लामिछानेको जिम्मा रत्ननगरको पश्चिमका पुल छेउमा पिच जलाउने । फागुन मसान्तकै दिन हामीले एक भारी साइकलका पुराना टायर र ५÷५ लि. मट्टितेल किन्यौं । साँझ रत्ननगरमा ठाकुर पौडेलको घरमा खाना खायौं र राती चकमन्न भै सकेपछि बन्चरोले टायर काट्न थाल्यौं । हामीले टायर काटने क्रममा १ जनाले टायरको छेउ समाउने र एकजनाले बञ्चराले हान्ने ग¥थ्यौं । राती १० बजे सूरु भएको काम सकिन पौने चार बजेसम्म लाग्यो । चार बजे पूर्व सल्लाह अनुसारको १/१ जना साथी लिएर हामी हिड्यौं । म वैल्सी पुल र उहाँ टिकौली पुल तर्फ । म बेल्सी पुल पुग्दा करिव पौन पाँच बजेको थियो । पिच जालाउँदा घण्टौं सम्म बल्छ र गाडी चल्न पाउँदैन भन्ने हाम्रो विश्लेषण थियो । पिच जलाउने निर्णयानुसार हामीले अघिल्लै दिन निधो ग¥यौं कि पुलमा आगो बालिदिएमा गाडी रोकिन्छ नत्र गाडी अन्तबाट आएर पुल हुँदै जान्छ । अतः पुलमा नै आगो बाल्नु पर्छ ता कि गाडीले चोर बाटो नपाओस् । योजना अनुसार म र एक जना साथीले सँगै लिएर गएको एक बोरा टायर पुलको छेउमा छ¥यौं अनि मट्टितेल छक्र्यौं र सलाई कोरेर बालिदियौं । आगो बल्यो । त्यतिबेला विहान ५ बजिसकेको थियो । त्यो पुलको आडमा एउटा मन्दिरमा एकजना जोगी/पुजारी बस्दा रहेछन् । उनले आगो बलेको देखेर गुहार लगाउन थाले । त्यहाँ बस्न अनुकूल नहुने भएकोले हामी कुद्यौं र साथी (संभवतः सुन्दर श्रेष्ठ) दक्षिण तर्फ कता लाग्नु भो, म उत्तर तिर खोलाको शिरतर्फ दौडिएँ । मट्टितेल छर्केकोले खुट्टामा पनि परेको थियो । चप्पल चिप्लो भयो । धुँदा पनि चिप्लो गएन र बालुवामा दल्ता पनि गएन । अनि चप्पल खोलेर खोलाको बगरैै बगर करिव डेढदुई कि.मी. उत्तरतर्फ गै पिठुवा गाउँमा छिरेँ । चप्पल लाउन नमिलेर चप्पल खोल्दे अनि कलिहे काही लाउँदै गरेर टाँडी तर्फ लागे ।

०००००००००

जन आन्दोलन २०४६ को शुरुवातका दिनहरू

२०/२१ वर्षे लक्का जवान म मा निक्कै जोश र जाँगर थियो । आन्दोलनको माहोल बनिरहेको थियो । राजाको निरंकुश शासन र उसको निर्देशनमा चल्ने पञ्चायती व्यवस्थाको विरुद्ध नेकपा (माले) सहितका वामपन्थी दलहरूको संयुक्त वाममोर्चा र नेपाली कांग्रेसले संयुक्त रुपमा आन्दोलनको शङ्खघोष गरे ।  संवामो र नेकाको जनआन्दोलन संयुक्त संयन्त्र गाउँतह सम्म निर्माण भए । पार्टीको इलाका कमिटी नभए पनि इलाका स्तरको संयन्त्रमा हाम्रो प्रतिनिधित्व गर्नु पर्ने भयो । इलाका संयन्त्रमा नेकपा (माले)संवामो को प्रतिनिधत्व गर्ने तीनजना मध्य म पनि थिएँ ।

फागुन ७ गते आन्दोलनको सुरुआत हुँदै थियो । हामी केही दिन अघि देखि नियमति वैठक बस्थ्यौं । आन्दोलनको सुरुआतको दिन फागुन ७ गते सबै गाउँ पञ्चायतहरूमा झण्डा फहराउने र दिउँसो नारायणगढमा झण्डा सहित जनप्रदर्शन गर्ने कार्यक्रम थियो । फागुन ६ गते साँझ गा.विस. भरका साथीहरूको अनौपचारिक वैठकमा राखियो, भोलिपल्टको योजना बनाइयो र विहान ४ बजे गाउँ पञ्चायत भवनमा झण्डा राख्नु पर्ने भएकाले आउनुस् भनेर केही साथीहरूलाई निर्देशन गरियो । म त्यस रात बछौली गाउँ पञ्चायत नजिकै भगवती विडारीको घरमा बसें । फागुन ७ गतेको पखाईमा मलाई निद्रा नै लागेन । अलिअलि त झकाएँछु, घडि हेर्दा पौने चार बजेछ म उठे । भगवतीको छोरा गोपी विंगारीलाई सँगै लिएर हिडेँ म । यही बीच अरु केही साथीहरू पनि आए । म सँग कम्युनिष्ट पार्टीको झण्डा थियो र गोपीसँग कांग्रेसको । पञ्चायत भवनमा चढ्न अलि गाह्रो भयो । गोपीलाई तलै छाडेर म माथि चढें, झण्डा पुग्न दिए उनले अनि मैले कम्युनिष्टकांग्रेसको झण्डालाई क्रस बनाएर पञ्चायत भवनको राष्ट्रिय झण्डा राख्ने डण्डीमा, बाँधिदिएँ । धेरै गौरव महशुस भयो । मैले आफैले आफूलाई बधाई दिएँ, भाग्यमानी ठाने । अनि बधाई र धन्यवाद साटासाट ग¥र्यौं हामीले । हामी धेरैवेर त्यहाँ बस्नु उपयुक्त थिएन । पुलिस आइपुगे गिरफ्तार गथ्र्यो । दिउँसो नारायणगढमा ठूलो प्रदर्शनको तयारी थियो ।

त्यतिबेला नेकपा (माले) को त्यस इलाकाको मुख्य सेल्टर हाम्रै गाउँमा गौतम परिवारको घर थियो । गौतम परिवारको बद्री गौतम, रेनुका गौतमहरू आन्दोलनमा पनि सहभागि बन्थे भने अरुले हामीलाई पारीवारिक स्नेहका साथ खाना खुवाउथे र सुरक्षित स्थानमा बस्ने सुत्ने व्यवस्था मिलाउथे । यो विहान भने सायद मैले पारी पट्टि गोमा दिदी (मेरो दिदी) को घरमा खाना खाएँ र वरपरका मानिसहरू बटुलें हामी १० बजे तिर हिड्यौं । हामी साइकल चढेर नारायणगढ गयौं ।

फागुन ७ गते दिउँसो ठिक १ बजे जुलुस प्रदर्शन गर्ने कार्यक्रम थियो । हामीहरू संगमचोक (हाल शहीदचोक) मा भेला भयौं । साना साना लट्टि र साना साना झण्डा हामीले शरीरमै लुकाएका थियौं । दिनको ठीक १ बजेको थियो राष्ट्रिय पञ्चायतका जनपक्षीय सदस्य नेकपा (माले) का क. जागृतप्रसाद भेटवाल, अर्का जनपक्षीय सदस्य भिमबहादुरश्रेष्ठ (तत्कालिन नेकपा मानन्धर) ले कम्युनिष्ट पार्टीको र शेषनाथ अधिकारी र एक जना (स्मरण छैन) ले कांग्रेसको झण्डा लिएर दिव्य होटल (जस्तो लाग्छ) बाट फुत्त निस्कनु भयो । त्यहाँ उपस्थित सबैले एकैसाथ आफुआफूुँग भएका झण्डा लठ्ठिमा हाल्यौै र बाममोर्चा कांग्रेस जिन्दावाद ! पञ्चायती व्यवस्था मूर्दावाद ! आदि नारा लगाउन थाल्यांै । तर ठूलो झण्डा लिएर नेतृत्व गर्ने माथि उल्लेखत चारै जनालाई १ मिनेट भित्रै गिरफ्तार ग¥यो । क. जे.पी.को एक हप्ता अघि मात्र अपरेशन भएको थियो । उहाँसँग औषधीको पोको पनि थियो । उहाँ त्यस विहान मात्र अस्पतालबाट आउनु भएको थियो । उनीहरूलाई गिरफ्ता गरे पनि हामी डराएनौं । हामी नारा लगाउँदै उफ्रियौं । कम्युनिष्ट र कांग्रेसका रङ्गीचङ्गी झण्डाहरू लिएर जुलुस गरेको यो नै पहिलो कार्यक्रम थियो ।

(हुनत म सानो छँदा २०३५ सालमा ठूलो ठूलो जुलुस र सभाहरू पनि भएका थिए । मलाई राम्रो ज्ञान छ । स्कुलमा दाइहरू र साथीहरूसँग म नारा जुलुस गर्दै हिंडेको थिएँ झुवानीबाट टाँडीसम्म (करिव ६ कि.मी.) नारा जुलसु गर्दै म पन पटक पटक हिडेको सम्झना छ, त्यहि क्रममा मैले अखिलको सदस्ता पाएको थिएँ । २०४४ सालमा एक पटक गिरफ्तार पनि भएको थियौं ।

नारायणगढको संगमचोक वरपर वूलो संख्यामा देखियौं हामी । पुलिसको पनि ठूलो हुल आयो । लाठ्ठीचार्ज ग¥यो । भिड तितर वितर भएन । अश्रु ग्यासका सेलहरू छरपस्ट हाने । बजारै भरी कुहिरो लागे जस्तो भयो । आँखा पिरा पिरा भए तै पनि हामी हटेनौं । हाम्रो विरुद्ध आइलागे पुलिस माथि नै जाइलाग्यौं । पुलिसले नपुगेर सेनाहरू पनि छेउछाउ सम्म आए (तर हामी सँग पुलिस नै भिडेको जस्तो लाग्छ) दोहोरो झडप भयो । एउटा गाडी ध्वस्त बनाइ दियो पुलिसको । हामीलाई लाठीचार्ज र अश्रुग्याँसले नपुगेर गोली चलाउन थाल्यो । हामी आन्दोलनकारीले पनि पुलिस माथि ढुंगा हानेर प्रतिकार गर्दा केही पुलिस घाइते पनि भए । पुलिसको गोलीले गणेश पौडेल र राजेश बानिया शहिद भए । थुप्रै साथीहरूलाई गोली लाग्यो र घाइते भए । २३ घण्टा सशस्त्र फौज र निसस्त्र आन्दोलनकारी बीच भिडन्त भयो । र करिव ४ बजे हामी छेउछाउबाट आआफ्नो बाटो साइड लाग्यो । तर पुलिस पुरै भरतपुर नगर भरी नै छ्याप्पछ्याप्ती भएका थिए । सयौंलाई गिरफ्तार ग¥यो । आन्दोलन लगातार चलाउनु पर्ने भएकाले सकेसमम गिरफ्तारीमा नपर्ने निर्णय भएकोले हामीहरू सुरक्षित स्थान तर्फ लाग्यौं ।

०००००००००

आन्दोलनले सफलता पायो, हामी छुट्यौं

२६ चैत्रका दिन पनि दिनभर केरकार ग¥यो हामीलाई । हामी चार जना बाहेक केहीलाई जेल चलान र केहीलाई मुक्त गरी सकेकोले हिरासतमा हामी (चारजना) मात्र थियौं । पालैपालो अफिसमा लग्थे अनि कहिले २।२ जना र कहिले चारै जना एकै पटक अनि फेरी एक्ला एक्लै । यसरी हामी माथि अनुसन्धान हुन्थ्योे ।

      म माथि मुद्धा चलाउने सम्पुर्ण तयारी पुरा गर्यो २६ गते साँझ सम्म । म माथि लगाएका तीन अभियोग मध्य एक टरौली स्कूल जलाएकोभन्ने आरोप पूर्णत झुठ थियौ । स्कूल जलेको थियो । खरको छानो र खडाई (बारबार्ने चिज)को बार भर्खरै स्थापना भएको स्कूल जलाउनुमा तीनवटा कारण हुन सक्थेः

(१) म जस्तै आन्दोलनकारीलाई मुद्दा लगाउन मण्डले (सत्तापक्ष) बाट गरिएको कुकृत्य, (२) जँड्याहास्मोकरको लापरवाही वा (३) आन्दोलनको मौकामा जलाइएमा पछि पक्कि भवन बनाउन सकिन्छ भन्ने आशामा कुनै गाउँलेद्वारा गरिएको कार्य ।

कारण जे भए पनि त्यसमा मेरो संलग्नता भने पटक्कै थिएन । तैपनि, मैले १०० पल्ट दोहो¥याएर मेरो हात छैन भने पनि पुलिसले मानेन र मुद्दा लखेरै छाडे ।

२६ गते ४५ बजे तिर हुनुपर्छ मेरो मुद्दा तयार पारेर मलाई साविती बयानमा सही गर्न लगाइयो । पहिले पनि अनुसन्धानमा कुटपिट गरिन्थ्यो । सही गर्न लगाउँदा मैले यो होइन भनें तर किन मान्थे र कुटपिट गरेर सही गर्न वाध्य बनाइयो । मैले कुटिएरै मर्नु भन्दा अदालतमा गएर सही यो हो भनेर बयान फेरुँला भन्ने सोचेर सही गरिदिएँ ।

२७ गते विहान हामीले सल्लाह ग¥यौ । अदालतमा कसरी प्रस्तुत हुने भनेर । त्यस अघिका साथीहरु केही नभएकोले हामीलाई गाइड गर्ने मानिस थिएन तै पनि हामी आफैं सल्लाह ग¥यौं ।

विहान भरी हामीलाई थाहा थिएन २६ गते साँझ राजाले सम्वोधन गरी आन्दोलनको पक्षमा सम्वोधन गरे भन्ने । आन्दोलन चर्किदै गएकोले केही सिप नलागेर राजा विरेन्द्रले आन्दोलनकारी सामु घुँडा टेक्न वाध्य भएछन् । करिव १०११ बजेदेखि नै भरतपुरको सडकमा पुलिसको अगाडि पट्टि नै झण्डा लिएर जुलुस हिडेको देखेपछि हामीलाई थाहा भयो आन्दोलनले सफलता पायो भन्ने ।

१०/११ बजे पछि जव आन्दोलन सफल भएको थाहा भयो तव मेरो दुखाईमा मलम लागेको जस्तो भयो । २३ गते दिउसोको पिटाईले लाटो भएको मेरो शरीरमा सोही राती १ बजे (२४ गते ०१ बजे) मेरो गुरु र साथीहरुले आयोडेक्स लगाई दिदा मलाई थप दुखाई महशुस भएको थियो । तर यतिबेल आयोडेक्स नलगाउँदा खुशीको औषधिले जीउ जति दुखे पनि उमंगले म उफ्रन खोजें हिरासतमै । यद्यपि सकिएन ।

मलाई दनभरी छटपटी भै रह्यो । हामीलाई छाडिदिनोस भनेर पुलिसलाई भन्यौं । तिमीहरु आन्दोलनकारी मात्र होइनौं फलानो फलानो केशले गर्दा तिमीहरुलाई यत्तिकै छाड्न मिल्दैन भने । हामीलाई आत्मबल बढी सकेको थियो । हामीले विवाद ग¥यौं, प्रतिवाद ग¥यौं, पुलिस अलि गल्यो तै पनि छाडेन । त्यतिबेला तिमीहरुलाई जिम्म लिने मान्छे को छ ? भनेर पनि हामीलाई रोक्यो । यसरी वादविाद प्रतिवादमै दिन वित्न खोज्यो । आज जस्तो फोनको पर्याप्तता पनि थिएन । साथीहरुलाई बोलाउन । मैले विचार गरे नजिकैको मलाई दाल ल्याइदिने होटलका मान्छे मार्फत बाहिर खवर पठाऔं भनेर साथीहरु सँग भने । उहाँहरु सहमत हुनुभयो । करिव ३ बजेको हुँदोहो हामीले भोक लागेको छ होटलवालालाई खवर गरिदिनोस् भन्यौं । एकजना पुलिसले गएर बोलाई दिए पछि दिदी आइन र सोधिन के ल्याई दिनुँ ?” भनेर । हामीले हामीलाई चिया पाउरोटी ल्याइदिनोस् भन्यौं र थप्यौं, “दिदी हामीलाई छाडेन, ‘बाहिर आन्दोलनकारी साथीहरुलाई खवर गरिदिनोस् न’, भनेर । उनी सहमत भएर भनिन हुन्छ

एक छिन पछि बाहिर १५२० जना साथीहरु आएर हामीलाई छोड्न दवाव दिए । पुलिसले एक छिन विभिन्न वहाना बनायौ तर साथीहरुको दवावले छोड्न वाध्य हुनुप¥यो । हामीलाई अफिसमा एकै चोटी बोलयो, खै के कागज (सायद हिरातबाट मुक्त भएको मुचुल्का होला) मा सही गराएर मुक्त गरिदिए ।

मुक्त भएपछि हामीलाई थाहा भयो कि तल नारायणगढ बजारमा ठूलो संख्याको विजय जुलुस र सभा भएको छ भने हामी त्यतै सोझियौं । मन उभंगित भयो, उल्लासको सीमा रहेन, आफूले यत्रा कष्ट भोग्नपरेको थियो त्यति सफलता पाउन । मनले शरीरलाई उफार्न खोज्यो तर उफ्रन सक्ने गरी मेरो शरीर बसिसकेको थिएन, ५ दिन अघिको कुटाईका कारण शरीरका सबै जोर्नीहरु अलग अलग भएको जस्तो लाग्दथ्यो । ती अंगहरु जोडिएका थिएनन् जस्तो अनुभूति भएको थियो । म उफ्रन कोशिस गर्थे तर शरीरले १ से.मी. पनि जमीन छोड्न सकेन । र म विस्तारै हिड्न वाध्य भएँ ।

करीव सय मीटर पश्चिमतर्फ राजमार्गसँग जोडिएको चौविसकोठी चोक पुग्यौं । त्यहाँ पुग्दा नारायणगढबाट मानिसहरु फर्किन थालेका रहेछन् । कोही मानिस बसमा, कोही ट्रकमा, कोही साइकलमा फर्किरहेका थिए । बसमा निकै भिड थियो खाली ट्रकको पछाडि पट्टि पनि अटाई नअटाई थिए मानिसहरु । बस, ट्रकमा नअटाएका र आफ्नो साइकल पनि नभएका मानिसहरु हिडेरै पनि फर्किदै थिए ।

हामी भने बिजय जुलुसमा भाग लिन नपाएकोमा दुखित थियौं । हामी उभिइ रहेका थियौं । यत्ति बिचमा मेरो दाजु सहित केही आफन्त र साथीहरु हिडेरै आइपुग्नु भयो ।

सबैले मेरो अवस्था बारे चासो का साथ सोधपुछ गरे । आन्दालनमा मेरो सक्रियता र आन्दोलनको सफलताका कारण सबैले बधाई दिदै मलाई पालै पालो सुम्सुम्याए ।

त्यसपछि हामीले गाडी चढ्ने निधो ग¥यौं र गाडी रोक्न हातले संक तगर्न थाल्नु भो साथीहरुले, बसहरु पुरुे खचाखच थिए हामी ट्रकमा चढ्यौं । मलाई अगाडिको सिमा राख्न खोज्नु भो दाजु र साथीहरुले तर म कम्वर दुखेर बस्न सक्ने अवस्थाको थिइन, बरु उभिने र सबैले समात्ने निधो भयो । उहाँहरुले मलाई उचालेर ट्रकको पछाडिपट्टी चढाउनु भयो, गाडीमा भएका साथीहरुले मलाई समाएर तान्नुभयो । ट्रकमा चढेपछि मलाई सबैले समाउनु भयो र उभिएरै टाँडीसम्म पुगियो ।

टाँडी (सौराहाचोक) देखि विस्तारै हामी घरतर्फ सोझियौं । बाटामा चिनेजतिका मानिसहरुले मलाई स्वागत गरे, बधाई दिए, अविर लगाई दिए, शुभकामना दिए ।

चित्रसारीमा विशेषत कांग्रेसका कार्यकर्ता र समर्थकहरु थिए । हाम्रो प्रभाव अलि कम थियो । ती सबै गाउँलेले घरै पिच्छे मलाई स्वागत, बधाई र शुभकामना दिए । नारायण पौडेल (वाग्लुङ्गे जेठाबा) ले बाबु तिमी ठूलो मान्छे हुन्छौं, तिमी मन्त्री हुन्छौं ।भनेर मलाई शुभकामना दिनुभयो ।

त्यहि गाउँमा मेरी दिदी गोमा, माहिली फुपू दिदी र साहिँली सानिमाको पनि घर थियो, छ । बाटोमा पहिलो घर दिदीकै थियो । दिदी मलाई देख्ने वित्तिकै रुनुभयो । मरेको ठानिएको भाइ आइपुग्यो भनेर । दिदीभिनाजुले बधाई र शुभकामना दिनुभयो । दही ख्वाउनु भयो । सायद म त्यस दिन त्यहीं बसे । तलबाट फुपु दिदी, सानीमा, भानिजदाजुहरु, दाजुहरु सबै आएर मलाई भेट्नु भयो, बधाई र शुभकामना दिनु भयो ।

०४६ चैत्रका बाँकी दिन मात्र होइन २०४७ सालको वैशाख भरी नै मेरो सबै आफन्त, साथीभाई र आन्दोलनको सफलताबाट प्रफुल्ल सबैले मलाई बधाई र शुभकामना दिए र मेरो कुटाईको दुखाईमा मलम लगाई दिए ।

वैशाखको दोस्रो साता अलिक निको भएपछि म आमा र अरु आफन्तहरुलाई भेट्न मेरो जन्मस्थल (धादिङ्ग, जोमिमारा, सेलाङ्गदुङ्ग) तर्फ लागे, आमालाई भेट्न, बा त पहिले नै चितवन घरमा नै भेट्न गई सक्नु भएको थियो । घर पुग्ने वित्तिकै आमा रोएर मलाई बधाई र शुभकामना दिनुभयो, ठूलो मान्छे बन्न शुभकामना दिनु भयो । ठूलो मान्छे बन्न शुभकामना निकै नै पाइयो । मैले राजनीति सिकाएका भाइबहिनी र केही साथीहरुले चाहिँ कसैले राजनीतिमा सफलता मिलोस्, कसैले जनवादी क्रान्ति सफल पार्न सक्नुहोस्, कसैले के कसैले के शब्दहरुले शुभकामना दिए ।

०००००००००

शुभकामनाको प्रेरणा

मानिसको जीवनमा शुभकामनाको शब्दहरुले अत्यन्त ठूलो प्रभाव पार्दो रहेछ । नेकपा (माले) को सम्पर्कमा आएको थिइन भने म कस्तो हुन्थे ? त्यताको कल्पना गरेर समय किन खर्चनु । तर नेकपा (माले) को सम्पर्कमा आएपछि म निरन्तर रुपमा पार्टी राजनीतिमा सक्रिय छु । मलाई राजनीति र नेकपा (माले) मा लाग्न प्रेरित गर्ने कुनै खास व्यक्ति थिएन । तत्कालिन राजनीतिक घटनाक्रम नै हो । २०२८ सालको झापा विद्रोह (जुन मैले सुनेको मात्र थिए, भोगेको होइन) २०३६ सालको विद्यार्थी आन्दोलन, २०३५ मा गठित नेकपा (माले) को साँगठनिक र राजनैतिक प्रसार, २०४१/०४२ सालको शिक्षक आन्दोलन, २०४२०४३ सालको पञ्चायती निर्वाचन जसमा नेकपा (माले) ले उपयोगको नीति लिएको थियो यीनै हुन् प्रभाव पार्ने घटनाक्रमहरु । 

कम्युनिष्ट समर्थक भै सकेपछि नेकपा (माले) वा मशाल कुन ठिक भन्नेमा भने म अलि अनभिज्ञ थिएँ । नेकपा (माले) को विस्तारका कारण थोरै प्रभावित नेकपा (माले) समर्थक मेरो दाजु रमेशराज पोखरेलसँगको एउटा कुराकानीले मलाई नेकपा (माले) तर्फ सोझ्याउन केही भूमिका खेलेको छ ।

 

मैले नेकपा (माले) को सम्पर्क आफैं खोजेको हुँ । चितवनमा बसेर पढेको भए पनि जन्म घर धादिङ्गमा बा आमा र धेरै परिवार रहेकोले मेरो बसाई धादिङ्गमा पनि हुन्थ्यो । मैले धादिङ्ग र चितवन दुवैतर्फ सम्पर्क खोजें तर सङ्गठित चितवनमै भएँ ।

२०३६ सालको विद्यार्थी आन्दोलनकै क्रममा मैले अनेरास्ववियूको सदस्यता पाएको थिएँ । यद्यपि म त्यति बेला बालकै थिएँ । झुवानी स्कूलमा ४ कक्षामा पढ्थेँ । आन्दोलनकै क्रममा २०३६ मा आन्दोलनकारी दाइहरुले मलाई अनेरास्ववियूको सदस्यता दिनुभयो । पचास पैसा सदस्यता शुल्क थियो ।

पछि अलि जान्ने भएपछि २०३८/०३९ मा पनि मैले दोस्रो पटक अनेरास्ववियूको सदस्यता लिएको थिए । २०३५ ०३६ मा लिएका सदस्यता अखिल (पाँचौं) को हो कि छैठौंको आज सम्म अस्पष्ट छ तर ०३८०३९ को भने अखिल (पाँचौं) कै हो ।

नेकपा (माले) मा संगठित भएपछि मेरा साथी फेरिए । त्यसपछि मेरो साथी मेरो उमेरका दौतरी मात्र होइन १०/१२ वर्ष जेठा कोही उस्तै उस्तै उमेरका पनि । घटनालाई सापेक्षित हिसावले बुझ्न खोज्ने, अध्ययन गर्न खोज्ने, मेरो पहिलाका साथीहरुभन्दा अलि फरक खालका, विचारले सञ्जित हुन कोशिष गर्ने खालका भए । मैले आफूलाई पनि त्यस्तै बनाउन कोशिष गरेँ ।

२०४६ सालको आन्दोलनमा मेरो सक्रियता र त्यागका कारण मैले धेरै स्यावासी पाएँ । बधाई र  शुभकामना पाएँ । यी बधाई र शुभकामनाका शब्दहरुले मेरो जीवनमा गहिरो प्रभाव पा¥यो ।

स्कूल र कलेज पढ्दाका मेरा धेरै साथी संगिहरु, २०४६ को आन्दोलनमा सक्रिय साथिहरु र त्यस पछि खुल्ला राजनीतिमा हाम्रो पार्टीमा लागेका कयौं साथीहरु कोही जागरिमा लागे, पेन्सन पका, कोही बन्द व्यापारमा छन्, कोही खेती किसानी, कोही वैदेशिक रोजगारी, कोही व्यापार व्यवसाय र जागिर गर्दै अल्पकालिन राजनीतिमा छन् । तर म भने बधाई र शुभकामनामा व्यक्त शब्दहरुलाई साकार पार्न र आफ्नो पथमा अभिप्रेरित भै लागि रहेंँ । जव म राजनीतिको गहिराईमा पस्दै गएँ तव ममा यो मुलुकको राष्ट्रियता कसरी मजबुत पार्न सकिन्छ, यो देशका तमाम शोशिष पीडित जनताको मुहार कसरी हँसिलो पार्न सकिन्छ ? भन्ने सोच्न थाले । यो मुलुकमा कसरी नयाँ जनवाद र समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ । यो संसारमा साम्यवाद कसरी स्थापना गर्न सकिन्छ भने सोच्न थालेँ ।

पार्टीपार्टी र पार्टी यो बाहेक अरु कुरामा मेरो ध्यान जाँदैन । राजनीति, देश, जनता, क्रान्ति, विश्व सर्वाहारा वर्गको मुक्ति, साम्यवाद स्थापना प्रभुत्ववाद र साम्राज्यवादको विरोध र यस्तै यस्तै मात्र सोच्छु म ।

एकदिन नेकपा (माले) का पूर्व महासचिव क. बामदेव गौतमले २०५४ असोजमा भाषणमा भनेका थिए— “म दिनमा पनि पार्टी नै देख्छु, राती पनि यही सोच्छु, म सँग सुत्नु भयो भने थाहा पाउनु हुन्छ कि म सपनामा पनि पार्टी नै देख्छु ।म उहाँको भाषा त प्रयोग गर्दिन तर म त्यस्तै भएको छु । मैले दिउँसो सोचे पनि पार्टीकै बारेमा सोच्छु, पार्टी काम, विचार, सिद्धान्त नेताहरुको व्यवहार आदि सोच्छु र खाना खाँदा पनि त्यही सोच्छु। निदाउँदा पनि त्यही आउँछ र सपनामा पनि यिनै देख्छु । बाटोमा हिड्दा, मोटरसाइकल चलाउँदा पनि यही सोच्छु र कहिले काहिं म मोटरसाइकलले कसैलाई ठक्कर दिन खोज्छु।

०००००००००

यातनाको प्रभाव

यातनाको प्रभावले मलाई २०४६ देखि २०५२ तिरसम्म समस्या भयो । २०४६ देखि नै लगातार छात्ति दुखि रह्यो, कम्मर दुखिरहन्थ्यो । यो २०५१ मा अलि बढी भयो ।

२०५१ सालको वर्षे अधिवेशन चलिरहेको थियो संसदको । म मा. जागृतप्रसाद भेटवालसँग संसदभवन परिसरमा छिरें, मित्र शम्भु सुवेदी पनि हुनुहुन्थ्यो जस्तो लाग्छ । क. जागृतले क. सी.पी. मैनालीलाई भेटाएर मेरो समस्या राखिदिनुभयो र उपचार गराइदिनु प¥यो कमरेड भनेर अनुरोध गर्नुभयो । क. सी.पी. मैनालीले CVICT मा पठाउनु भयो । डा. भोगेन्द्र शर्माले यातना पीडित सरोकार केन्द्र नामक संस्था बनाएका रहेछन् । मैले त्यहाँ परिक्षण गराएँ । त्रिवि. शिक्षण अस्पताल महाराजगंजमा मेरी बहिनी, सरस्वती चिकित्साशास्त्रमा स्नातक MBBS अध्ययन गर्दे थिइन । उनले त्यहाँ विस्तृत परीक्षण गराएर केही औषधि उपलब्ध गराइदिइन र परिणाम स्वरुप केही आराम भयो । तर अहिले पनि झरी बादलमा आराम कम हुँदा, लगातार कुनै काममा एउटै पोजिशनमा रहँदा कम्मर, छात्ति र घुँडा दुख्ने समस्या आउँछ ।

भौतिक पक्षमा यस्तो छ भने मनोवैज्ञानिक पक्षमा पनि यातानको पीडा भोगिरहेको छु । म सानो छदै देखि अत्यन्त विद्रोही स्वभावको मान्छे । सानै उमेरमा पनि मैले कुरिती, अन्धविश्वास र गलत कुराको सधै विरोध गर्थे । यो मेरो स्वभावमा यातनाको परिणाम स्वरुप रोकावट आएको छ । म आफूलाई स्वउत्प्रेरित गर्न खोज्छु तर दब्बु स्वभाव नै कायम भइनै रहेको छ । खै कसरी सक्छु तर म कोशिस गर्दै छु मेरो विद्रोही स्वभाव फर्काउन र कोशिष गर्दैछु भद्र विद्रोही बन्न ।

०००००००००

पहिलो पल्टको गिरफ्तारी

पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी आम शोषितपीडित जनतालाई मुक्त गरी अनि देशलाई स्वतन्त्र बनाई नयाँ जनवाद स्थापना गर्ने र सो मार्फत समाजवादसाम्यवादमा पुग्ने विषय थोरबहुत बुझ्दै थिए । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा सानाठूला गतिविधि भइनै रहन्थ्यो त्यसताका । पञ्चायती व्यवस्था उल्टाउन जनता जागृत पार्ने कार्यनीतिमा थिए दलहरु । हाम्रो पार्टी पनि त्यही कार्यनीतिमा थियो ।

सन् १९८७ मा मेघालय लगायतका पूर्वी भारतीय राज्यहरुमा सदीयौंदेखि त्यहाँ बसोवास गर्ने प्रवासी नेपालीहरुलाई ज्यादती गरी विस्थापित बनाइएको थियो । ती प्रवासी नेपालीहरुलाई विस्थापित गरेको हाम्रो लागि सह्य भएन । पञ्चायती सरकार, प्रभुत्ववादी भारतीय सत्ता सामु मौन थियो । देशका कयौं ठाउँमा ती प्रवासी नेपालीहरु शरणार्थीका रुपमा कष्टकर जीवन विताइरहेका थिए ।

मंसिर महिनाको जाडोमा खुल्ला आकाश मुनी रात विताउन वाध्य थिएँ उनीहरु । नेकपा (माले), नेकपा (मसाल), नेकपा (मशाल) लगायतका कम्युनिष्ट पार्टीहरु आआफ्नो विद्यार्थी संगठन मार्फत मेघालयबाट लखेटिएका नेपालीहरुको उचित प्रवन्ध गर्नपञ्चायती सरकारसँग र ससम्मान फिर्ता लगी सुरक्षा गर्नका लागि भारत सरकारसँग माग गर्दै आन्दोलन चलाउने निर्णय गरेका थिए । यस क्रममा देशव्यापी विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम अनुसार नारायणगढमा विरोध प्रदर्शन कार्यक्रम थियो । २०४४ मार्ग २७ गते हामीलाई नारायणगढको संगमचोक (हाल शहिदचोक) मा भेला भई जुलुस निकाल्ने योजना थियो । हामीलाई कार्यक्रम स्थलसम्म एक्लाएक्लै जाने निर्देशन थियो । समूहमै जाँदा बाटैमा समातिने भएकाले एक्लाएक्लै तर साथीहरु नजिक नजिकै हिडेका थियौं । शहिदचोकमा पुलिसहरु भरिभराउ रहेछन् । हामीलाई तत्काल अर्को निर्देशन भयो र हरेक अगाडिको साथीले पछाडिकोलाई बेलचोक (करिव १ कि.मि. दक्षिणतर्फ) जम्मा हुन संकेत गर्दै अगाडि बढ्यौं ।

हामी बेलचोक पुग्यौं तर त्यहिं पुगे पुलिसहरु पनि । पुलिसले हामीलाई एकएक गर्दै समाउँदै ट्रकको पछाडि पट्टि हाल्यो । हामीसँग भाग्ने गुञ्जायसै थिएन । सबैतिर पुलिसले घेरेका रहेछन् र हामीलाई तत्काल निर्देशन भयो नभाग्ने गिरफ्तार हुनेभनेर । त्यसरी समातिदै ट्रकमा लोड गरिने क्रममा म पनि परे ।

००००००

सानो (१०÷११ वर्षको) उमेरमा दाइहरुको पछि लागेर २०३५०३६ सालको आन्दोलनमा म पनि सहभमागी भएको थिए । आन्दोलनमा स्कुलका ठूला दाइहरुले हामी चार कक्षाका विद्यार्थीहरुलाई पनि साथै लिएर दिनहुँजसो जुलस गर्थे । मलाई याद आउँछ, याद किन नआउने आफैले भाग लिएको कार्यक्रमको । म पढ्ने झुवानी स्कुलदेखि राजमार्गको टाँडीबजार करिव ६७ कि.मि. सम्म जुलुस प्रदर्शन गर्दै पुग्थ्यौं । टाँडीबजारमा उफ्री उफ्री पञ्चायती व्यवस्थामुर्दावादको नारा लगाउँथ्यौं । अनि त्यहीं नेपाल मा.वि.मा वा सडकमै सभा गथ्यौं । २०३६ सालको अन्तिमतिर नारायणगढमा बुहदलको पक्षमा जनमत सिर्जनागर्ने ठूलो प्रदर्शन र जनसभामा नेता वी.पी. कोइराला आउनु भएको थियो । त्यहाँ पनि भाग लिएको थिएँ मैले ।

पछि २०४१ सालमा शिक्षक आन्दोलनका क्रममा पुसको अन्तिम हप्ता २ दिने नेपालबन्द थियो । नेपाल बन्द सफलपार्न गुरुहरुलाई मद्दत गर्न हामी विद्यार्थीहरु पनि गएका थियौं । टाँडीबजारमा हामी बन्दकर्तालाई पुलिसले आक्रमण ग¥यो । मैले पनि २÷३ लाठ्ठी (कटबाँसको ठूलो लाठो) भेटेको थिएँ । तर गिरफ्तार भने भएको थिइन ।

०००००

यस अघि कहिल्यै गिरफ्तार नपरेकोले यो नै मेरो पहिलो अनुभव थियो । मलाई एकै पटक खुशी र दुःख लाग्यो । दुखी यस अर्थमा कि जुलुस निकाल्न पाएनौं ती मेघालयबाट लखेटिएका नेपालीहरुको समस्या ज्यूका त्युँ रहने भोभन्ने कारण । अर्को तर्फ जेलमा रहेका पञ्चायत विरोधी कम्युनिष्ट र कांग्रेसका नेता कर्याकर्ता प्रति हाम्रो अगाध स्नेह र सम्मान थियो । त्यसैले जेल जाने कुरामा मलाई पटक्कै दुःख थिएन । मैले यस मानेमा खुशी मानेको थिएँ कि म यो देश र जनताको निम्ति लड्दै थिएँ, जेल जाँदै थिएँ ।

हामीले ट्रक भित्र पनि नारा लगाउर्दै गयौं । मेघालयबाट लखेटिएका नेपालीकोतत्काल व्यवस्था गर, भारतीय विस्तारवादमुर्दावाद ।यस्तै यस्तै नारा लगाउँदै पुलिसको गाडी नै थर्कायौं । हामीलाई अगाडि बढायो पुलिस कार्यालय लैजान । हामीले वाटोमा नारा लगाइ रह्यौं । गाडी जि.प्र.का. को गेटबाट छि¥यो तै पनि हामीले छोडेनौं नारा धन्काउन । भित्र पस्ने वित्तिकै टाउँके पुलिसले आदेश दियो ठोक सालेहरुलाई, ठोक !भन्दै अश्लिल शब्दले गाली गलौज गर्दै आदेश ग¥यो, आफ्ना जवानहरुलाई । हामी माथि लाठ्ठी बज्रन थालो, कसैको टाउकामा कसैको शरीरमा जहाँ मन लाग्छ त्यही त्यही ठटाए मोराहरुले । कुटाईको पर्वाह नगरी नारा लगायौं एक छिन त । धेरै पीटिए पछि कोही साथीहरु सख्त घाइते भए कोही रुन थाले अनि हाम्रो नारा बन्द भयो । हामी मध्येका मुख्य मुख्य साथीहरुलाई तल झा¥यो । तल लगेर के के सोध्यो, केके ग¥यो अनि केही वेर पछि हामी भएको गाडीमा ल्याएर हाल्यो । त्यस पछि हामीलाई बाहिर निकाल्यो । गाडी अगाडि बढ्यो । हामीलाई कहाँ लौजादैथ्यो  थाहा थिएन । तर राजमार्गै राजमार्ग पूर्वतर्फ लग्यो । जि.प्र.का.बाट करिव ९ कि.मी. पूर्व राजमार्ग छेउमै रहेको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौली पु¥याएर चिसो भुईमा थुन्यो ।


Attachments#
No files
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी