Kapil Pokharel Kapil Pokharel
लेख/Article
Apr 15, 2012
चितवनलाई केन्द्रशासित क्षेत्र बनाऔं

  नेपालको अन्तरिम संविधानअनुसार मुलुक सङ्घीय गणतन्त्र घोषित भएको छ । हुनत प्रशासन प्रणाली एकतात्मक हुने कि सङ्घीय हुने भन्ने सवाल विचारधारसँग जोडिएको विषय होइन तर हालैका दिनहरुमा केही क्रान्तिकारी पार्टीहरु सङ्घीयतालाई समाजवादको अभिन्न अङ्ग मान्ने भ्रममा छन् । सङ्घीयता वा एकात्मकताको  आधारमा मुलुक समाजवादी, पुँजीवादी वा सामन्तवादी के हो भन्नु दृष्टी भ्रम हुनेछ । समाजवादी चीन एकात्मक छ तर समाजवादी सोभियत संघ सङ्घात्मक थियो, पुँजीवादी वेलायत एकात्मक छ तर भारत, अमेरिका संघात्मक छ । यसरी संघात्मक वा एकात्मकताले वर्गीय  र विचारधारात्मक पक्षधरता देखाउदैन । 
नेपाल २४० वर्षसम्म एकात्मक र केन्द्रीकृत रह्यो । यो यस अवधिमा जर्जर सामन्तवादी र पछिल्लो समयमा अद्र्धसामन्ति अवस्थामा रहेको थियो । यस अवधिमा जनताले शामन्ती शासन र शोषणको मारमा परे, जात जातीका नाममा भेदभाव खेप्नु प¥यो । निकटता र विकटताका आधारमा क्षेत्रिय विभेद सहनु प¥यो अर्थात आर्थिक रुपमा शोषण, सामाजिक सांस्कृतिक रुपमा दमन, कानुनी रुपमा भेदभावको शिकार हुनु प¥यो नेपाली जनता । यीनै समस्याको समाधान खोज्दै जाने क्रममा मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको छ । 
माथि नै प्रसंग उठिसकेको छ कि एकात्मक कि सङ्घीयता भन्ने सवाल विचारधारसँग जोडिएको विषय थिएन तर सामन्तवादबाट आक्रान्त मुलुक सामन्तवादको उन्मूलन कै क्रममा एकात्मकताको समेत विकल्प खोजियो । यद्यपि, एकात्मकताबाट संघियतामा जाने क्रममा जुन मात्रामा नेपाली जनताको इच्छा र चाहनाले काम गरेको छ त्यही मात्रामा विदेशी चलखेल विशेषतः भारतीय विस्तारवादी र पश्चिमा साम्राज्यवादी चलखेल पनि जिम्मेवार छ । देशभक्तिपूर्ण आन्दोलनद्वारा वैदेशिक चलखेललाई निस्तेजपार्दै संघीय गणतन्त्रात्मक मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध पार्नु हामी सबैको कर्तव्य हुन आउँछ । 
सिंगो मुलुक र चितवन
नेपाल पौराणिक (प्रचिनकाल) कालदेखि नै आवादी भएको एक स्वतन्त्र मुलुक हो । यो कहिले ठूलो आकारको एकीकृत त  कहिले स–साना गणराज्य प्रकारका अनेक स–साना राज्यहरु, कहिले कुनै राज्य राजतन्त्रात्मक कहिले गणतन्त्रात्मक अवस्थामा रहेको इतिहास हामी पाउँछौं । 
वर्तमान चितवनको कुरा गर्दा सदियौंदेखि आवादी भएको थारुआदिवासीहरुको बसोवास रहेका (इलाकाहरु) र पहाडी क्षेत्र जहाँ ४–५ सय वर्षदेखि चेपाङ्ग आदिवासीहरु तथा अन्य जात–जातिहरु बस्दै आएका छन् । यी बहेक चितवनका कयौं भू–भागहकरु यसै शताब्दीमा फडानी गरी आवादी गरिएको नयाँ क्षेत्रहरु हुन्् ।
मुलुकको ७५ वटै जिल्लाहरुबाछट बसाइँ सरेर आएका विभिन्न जात जातिका मानिसहरुको वस्ती भएकोले मुलुकको ७६ औं जिल्ला भनेर पनि चिनिन्छ चितवनलाई । वास्तवमै यहँँको अधिकांश मानिस मुलुकका अधिकांश क्षेत्र र सम्प्रदाय अनि नेपाली मुलका बर्मेली, आसामी लगायत अन्य मुलकुबाट समेत बसाइँ सरेर आएका ९ःष्नचबतभम० मानिसहरु बसेको क्षेत्र भएकोले यो जिल्ला आर्थिक रुपले अन्य जिल्लाहरुभन्दा सम्पन्न, सामाजिक सांस्कृतिक रुपले पनि मिश्रित सभ्यता भएको जिल्ला हो । प्राकृतिक रुपमा, जल सम्पदाको दृष्टिले हेर्दा देशकै ठलो नदी मध्येको नारायणी नदी यही जिल्लाको सीमाना भएर बग्दछ । संसारकै दुर्लभ जनावर एक सिंगे गैडा सहित अनेक प्रकारका जीवजन्तु, चराचुरुङ्गी र जलचरहरु अस्थित्वमा रहेको सुन्दर वनसम्पदा (राष्ट्रिय निकुञ्ज) समेत यहीँ रहेको छ । भौगोलिक रुपमा, नेपालको पूर्व पश्चिम लम्वाईका हिसावले करिव मध्य भागमा अवस्थित चितवन दक्षिणमा भारतको सीमासम्म र उत्तरमा गोरखा र धादिङ्ग जिल्ला सम्म फैलिएको छ । ती दुवै जिल्लाहरु चीनको सीमाना सम्म फैलिएका छन् । नेपालका अन्य जिल्लाहरुले चीन र भारतको सीमा भेट्न ३–४ वटा जिल्लाहरु जोडिनु पर्दछ । जवकी चितवन र धादिङ्ग वा चितवन र गोरखाले दुवै मुलुकको सीमा भेट्छन् । सडक यातायातको हिसावले यो जिल्ला नेपालको वतमान राजधानी काठमाडौंको स्वागतद्वारको रुपमा रहेको छ । यति मात्र होइन चितवन जस्तै जस्तै संस्कृति र भूगोल भएको नारायणी नदी पश्चिम दाउन्ने (चुरे) देखि पूर्वको वर्तमान नवलपरासी जिल्लाको पूर्वी खण्ड पनि यस क्षेत्रको थप आकर्षण हो । 
चितवनलाई कुन प्रदेशमा राख्ने
संघीयतामा प्रादेशिक वितरण गर्दा जनसंख्या, भूगोल, प्राकृतिक श्रोत साधन, आर्थिक विकासको संभाव्यता आदि विषयलाई आधार बनाइनु पर्दछ र यति मात्र होइन सम्वन्धित क्षेत्रको मानिसहरुको भाषा, संस्कृति, पहिचान आदि पक्षलाई पनि सकेसम्म मिलाउनु उपयुक्त हुन्छ । यसरी प्रदेशको विभाजन गर्दा चितवन, यो जिल्लालई समावेश गराउने प्रदेशको सम्भावित जिल्लाहरु भन्दा फरक खालको जिल्ला हो । चितवन न त बनेपा केन्द्र हुने ताम्सालिङ्ग वा सिन्धुली केन्द्र हुने वाग्मती प्रदेश न पोखरा केन्द्र हुने तमुवान, न त विरगंज केन्द्र हुने भोजपरा वा रुपन्देही केन्द्र हुने अवध कुने सँग यसको संस्कृति मिल्दैन । 
एकातिर यो स्थिति छ भने अर्को तर्फ देवघाट सहितका तनुहुँका केही गाविसहरु चितवनमा समावेश हुन निवेदन दिएर बसेका छन् । त्यसरी नै पर्सा जिल्लाको ठोरी, निर्मवस्ती सहितका केही गाविसहरु त्यसरी नै चितवन, जिल्लामा समावेश हुन व्यग्र छन् । चितवन चेपाङ्गहरुको केन्द्र हो । यसको वरीपरी रहेका चेपाङ्ग बाहुल्य भएका मकवानपुरका ५ गाविसहरु, धादिङ्गका ४– गाविसहरु गोरखाका २– वटा गाविसहरु, नवलपरासीका भित्री मधेश र पहाडी खण्ड जुन बाँकी नवलपरासीभन्दा भिन्न प्रकृति प्रकतिको र चितवन जस्तै प्रकृतिको छ । यस क्षेत्रलाई अलग्गै प्रदेश बनाउनको लागि पनि यसको भूगोल र अन्य आधार पुग्दैन । त्यसैले यी भूभागलाई मिलाएर मुलुकको केन्द्र शासित एक भूगोलको रुपमा अस्थित्वमा राख्नु उपर्युक्त देखिन्छ । यसो गरिएमा मुलकुलाई विभिन्न दृष्टिले हितकर हुने निश्चित छ । जस्तो कि
(१) नेपालको नयाँ राजधानी बन्ने संभावित क्षेत्रलाई कुनै प्रदेश अन्तर्गत होइन केन्द्रीय सरकारकै प्रत्यक्ष शासन रहने क्षेत्र भित्र (केन्द्र शासित क्षेत्र) मा राख्नु उपयुक्त हुन्छ । राजधानी क्षेत्रलाई कुनै प्रदेश भित्र राख्दा त्यहाँ द्वेध शासनको अवस्था रहने, केन्द्र र प्रदेश सरकारबीच अन्तर्विरोध सिर्जना भै सइन फर्केको घाउ झै हुन सक्छ । त्यसैले राजधानी र सांभावित राजधानी केन्द्र शासित क्षेत्र अन्तर्गत बताउनु उपयुक्त हुन्छ । 
२) साम्राज्यवाद र विस्तारवादको उक्साहटमा उठेको एक मेधश एक प्रदेशको मागलाई यसले खण्डित गर्दछ । (यस क्षेत्रका शतप्रतिशत मासिनहरु त्यस्तो वा त्यस्तै प्रकारको अन्य प्रदेशको विरोध गर्दछन् र त्यस्तो प्रदेशमा बस्न रुचाउँदैनन)
(३) भनिरहनु पर्दैन नेपाल दुईवटा विशाल मुलकुको बीचमा रहेको मुलक हो तर यसको उत्तरतर्फ अग्ला हिम शृङ्खला र पहाडहरुले गर्दा उत्तरतर्फको छिमेकी पर जस्तो भएको छ र दक्षिण तर्फको नाकाहरुबाट नेपालको अधिकांश व्यापार तथा पारवहन हुने गर्दछ । नेपालमा वर्तमान सबै नाकाहरु कुनै न कुनै प्रदेश भित्र पर्दछन् । तर चितवनमा समावेश हुने वर्तमान ठोरी छोटी भन्सार मात्र यी भन्दा बहिर पर्दछ । तराईमा भएका केही सिंसात्मक र साम्प्रदायिक आन्दोलनबाट सिंगौ मुलुक तनावग्रस्त बनेको कुरा जगजाहेर छ । अतः यस क्षेत्रलाई केन्द्र शासित क्षेत्र बनाई ठोरी नाका मार्फत व्यापार तथा पारवहन गर्न सकिएमा कुनै प्रदेशको घटनाबाट सिंगो मुलुक प्रभावित बन्नु पर्दैन । त्यतिमात्र होइन चीनको सीमाबाट हुनसक्ने व्यापारको लागि समेत यो क्षेत्र महत्वपूर्ण बन्न सक्दछ । 
(४) यहाँको संस्कृतिक र सभ्यताका कारण यो क्षेत्र सिंगै मुलुकको प्रतिविम्व जस्तो देखिन जान्छ । यति मात्र होइन, यहााको राष्ट्रिय निकुञ्ज, जीवजन्तु, जलसम्पदा, पर्यटकीय क्षेत्रहरु, उच्च विद्यालय र सम्भावित विश्वविद्यालय, आधुनिक राष्ट्रिय स्तरका अस्पताल र मेडिकल कलेजहरु कुनै प्रदेशको होइन मुलकुकै गौरव गर्ने विषय बन्नेछन् । 
उपसंहार
ऐतिहासिक, सांस्कृतिक, जातीय, धार्मिक हिसावले मिश्रित सम्भयता भएको, पयटकीय क्षेत्र, व्यापारीक केन्द्र मुलुकको केन्द्र भागमा अवस्थित यस भूगोलललाई नेपालकै एक आकर्षक केन्द्रको रुपमा केन्द्र शासित क्षेत्र र वैकल्पिक राजधानी बनाऔं । अस्तु ।  –   २०६५।११ 
 

Attachments#
No files
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी