Kapil Pokharel Kapil Pokharel
लेख/Article
Apr 06, 2014
माक्र्सवाद र स्वतन्त्रता

   हामी नेपाली कम्युनिष्टहरु छ दशकसम्म स्वतन्त्रता र समानताका निम्ति अनवरत रुपमा लड्दै आएका छौं । हामीले यो लडाइमा राणा शासन समाप्त पा¥र्यौ, राजाको निरंकुश शासन समाप्त पा¥यौं र त्यतिमात्र होइन आखिरीमा राजतन्त्रलाई नै उन्मूलन पनि ग¥यौं । हामीले यी सबै आन्दोलन र क्रान्तिहरु लोकलाई स्वतन्त्रता र समानताले सुसज्जित पार्नका निम्ति गरेका आन्दोलन र क्रान्तिहरु हुन् । यी तीनवटा क्रान्तिहरु स्वतन्त्रता र समानताका निम्ति एउटा ठूलो परिवर्तन हो तर यीनले ल्याएका उपलब्धी नै यसका निम्ति पर्याप्त छैनन् । हामीले यसका निम्ति थप आन्दोलन र थप क्रान्ति गर्नैपर्छ । 
  कम्युनिष्ट पार्टीका प्रतिद्वन्द्वीहरुले हामीलाई स्वतन्त्रताका विरोधी ठान्दछन् । बुर्जुवा पार्टीहरु विशेषतः नेपाली कांग्रेसले हाम्रो आलोचना गर्ने मुख्य हतियार यही हो । बुर्जुवा समाजमा स्वतन्त्रता हुने उनीहरुको दृष्टिकोण हो । स्वतन्त्रता निरपेक्ष तत्व होइन यो समाज सापेक्ष हुन्छ । बुर्जुवा समाजमा स्वतन्त्रता हुन्छ तर के त्यो स्वतन्त्रता श्रमजीवी वर्गलाई पनि हुन्छ त ? अहँ हुँदैन । बुर्जुवा समाजमा बोल्ने, लेख्ने, सभा–जुलुस गर्ने, आलोचना गर्ने जस्ता स्वतन्त्रता हुन्छन् र यस सँगै शोषण गर्ने स्वतन्त्रता पनि हुन्छ । यसै स्वतन्त्रताको उपभोग गर्दै बुर्जुवा समाजमा बुर्जुवावर्गले श्रमजीवी वर्गमाथि शोषण गरिरहेको हुन्छ । राज्यले बुर्जुवा वर्गको शोषण गर्ने स्वतन्त्रताको संरक्षण गर्दछ । जनताले बोल्ने, लेख्ने, आलोचना गर्ने जस्तो स्वतन्त्रता पाउँछन् तर शोषण विरुद्धको स्वतन्त्रता चाहिं पाउँदैनन् । हामी कम्युनिष्टले चाँही बोल्ने, लेख्ने, सभा–जुलुस र आलोचना गर्ने स्वतन्त्रताको अलावा शोषण विरुद्धको स्वतन्त्रता पनि स्थापना गर्न चाहन्छौं । राज्य निरपेक्ष नहुने भएकाले बुर्जुवा समाजमा राज्यले अरु स्वतन्त्रता सँगै शोषण गर्ने स्वतन्त्रता पनि दिन्छ तर यसका बिपरित कम्युनिष्ट समाजमा राज्यले अरु सबै स्वतन्त्रता सँगै शोषण विरुद्धको स्वतन्त्रता दिन्छ । फरक यहीनेर छ, बुर्जुवा समाजमा शोषणको स्वतन्त्रता भएकाले पुँजीपतिवर्गले राज्यलाई आफ्नो अनुकूलतामा प्रयोग गर्छ र अरु सबै स्वतन्त्रतालाई पुँजीपति वर्गको स्वतन्त्रताको मातहत राख्छ र अन्तत त्यस्तो समाजमा श्रमजीवी वर्गले यथार्थमा स्वतन्त्रताको उपभोग गर्न पाउँदैन । यसका ठीक विपरित कम्युनिष्ट समाजमा शोषणको स्वतन्त्रता नहुने भएकाले अरु सबैले स्वतन्त्रता पाए पनि बुर्जुवावर्गले त्यस्तो स्वतन्त्रता (शोषणको स्वतन्त्रता) पाउँदैन । 
  माक्र्सवाद विज्ञान हो । माक्र्सवादको कखरा जान्नेले पनि बुझेको कुरा हो यो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र समाजविकासको उच्चतम चरण समाजवाद–साम्यवाद माक्र्सवादका तीन संघटक अंग हुन् । माक्र्सवाद त्यस्तो विज्ञान हो जुन द्वन्द्ववादमा आधारित छ र समाजविकासको ऐतिहासिक विकासक्रममा आधारित छ, ऐतिहासिक भौतिकवादमा आधारित छ अनि अर्थशास्त्रका अनेकन नियमहरुमा आधारित छ र यीनका आधारमा मानवसमाजको उच्चतम स्वरुप वैज्ञानिक समाजवाद र साम्यवादको निश्कर्षमा आधारित छ । त्यसैले यो विज्ञान प्राकृतिक विज्ञान होइन समाज विज्ञानमा आधारित छ । तर एकथरीमा यसलाई (माक्र्सवादलाई) विज्ञान भन्दै गीताको रुपमा पाठ गर्ने प्रवृत्ति छ भने अर्काथरीमा यसको गतिलाई पक्रन नसक्ने प्रवृत्ति छ तेस्रो प्रवृत्ति चाहिं यसलाई परिभाषित गर्ने र ग्रहण गर्ने क्रममा भएका कमीहरुलाई नै माक्र्सवाद मान्ने गलत समझ छ । 
  गैर माक्र्सवादी (बुर्जुवा शक्ति र तत्वहरु) ले माक्र्सवादलाई स्वतन्त्रता विरोधी ठान्नु स्वभाविकै हो । बुर्जुवाहरुलाई शोषणको स्वतन्त्रता नहुने भएकाले कम्युनिष्ट समाज र माक्र्सवादलाई स्वतन्त्रताका सत्रु देख्नु स्वभाविकै हो । तर माक्र्सवादका पण्डितहरु पनि आज यसलाई विरोध गर्न पुगेका छन् । उनीहरु माक्र्सवादमा व्यक्तिगत स्वतन्त्रताको अस्थित्व देख्दैनन् । यी प्रवृत्तिहरु विभिन्न रुपमा प्रकट हुन्छन् । कहिले नयाँ जनवादमा फरक राजनीतिक पार्टी र संगठनको अस्तित्व नहुने ठान्ने प्रवृत्ति, जसले नयाँ जनवाद (जनताको जनवाद) को विकल्पमा अन्य विचार ल्याउने रुपमा त कहिले जनताको जनवाद र समाजवादमा व्यक्तिगत स्वतन्त्रता नहुने ठान्दै ‘माक्र्सवाद र नवउदारवाद’ का राम्रा पक्षहरुलाई समेटेर ‘नयाँ विचार र पार्टी’ बनाउने रुपमा । यी दुवै विचार माक्र्सवादको भाष्यमा रहेका त्रुटीहरुबाट प्रभावित प्रवृत्तिहरु हुन् । बद्लिदो विश्वव्यवस्था, राष्ट्रिय राजनीतिक परिवेश र समाजका चरित्रहरुलाई सही ढंगले ठम्याउन नसकी सिद्धान्तलाई गीताका मन्त्रहरु मान्ने प्रवृत्ति पनि सही हुन सक्दैन । अर्थात माक्र्सवादलाई विज्ञानभन्दा पनि शास्त्रका रुपमा मान्ने प्रवृत्तिले समाजलाई डो¥याउन सक्दैन तर यो भन्दा हानीकारक प्रवृत्ति भने माक्र्सवादमा स्वतन्त्रताको अस्थित्व नदेख्ने प्रवृत्ति बढी र धेरै बढी हानीकारक छ । 
  आलोचकहरुले आरोप लगाएझैं माक्र्सवाद स्वतन्त्रताका विरोधी भने थिएन र होइन । यस सम्बन्धमा माक्र्सका निवन्धहरु र कम्युनिष्ट घोषणापत्रकाका केही वाक्यहरु हेरौं । “हामी ती कम्युनिष्ट भन्दा भिन्न छौं, जो समाजलाई एउटा व्यारेकमा अथवा एउटा विशाल गोदाममा रुपान्तरित गर्न चाहन्छन् ।” (प्रदीप नेपाल, चैत्र २०७० को कान्तिपुरबाट उधृत) कम्युनिष्ट घोषणापत्रको तयारीका निम्ति समाजवादका दुई आत्मा शीर्षकको निवन्धमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले उपरोक्त विचार राखेका हुन् । यसबाट क बुझिन्छ भने त्यतिखेर पनि एकथरि आफूलाई कम्युनिष्ट भन्नेहरुले समाजलाई एउटा व्यारेकमा वा गोदाममा रुपान्तरित गर्न चाहन्थे । त्यस प्रवृत्तिको चर्को आलोचना गर्दै उहाँहरुले “स्वतन्त्रता र समानता मध्ये एउटा रोज्नुपर्दा हामी स्वतन्त्रता रोज्छौं । किनभने स्वतन्त्र समाजले नै समानताको प्रत्याभूति गर्छ ।” यसबाट स्पष्ट हुन्छ कि माक्र्सवादमा व्यक्तिगत स्वतन्त्रता हुन्छ कि हुँदैन भनेर । आज दक्षिणपन्थी वा विसर्जनवादी होइन खाँटी कम्युनिष्टहरुपनि यसलाई नजरअन्दाज गर्दछन् । स्वतन्त्रता समबन्धमा कम्युनिष्ट पार्टीको घोषणापत्रमा माक्र्स–एङ्गेल्स लेख्नुहुन्छ “ व्यक्तिको विकास सम्मिलन (समूह)को विकासको पूर्वशर्त हो ।” स्वतन्त्रताका सम्बन्धमा माक्र्सवादको दृष्टिकोण यही हो र यस बाहेक केहि हुन सक्दैन । 
  हामीले छ दशकसम्म न्याय, स्वतन्त्रता, समानता र समृद्धिका निम्ति संघर्ष गरेका छांै । यो संघर्षले के प्रमाणित गर्छ भने कम्युनिष्टहरु स्वतन्त्रताका पक्षपाति हुन् नकि विरोधी । माक्र्सवादलाई स्वतन्त्रताका विरोधी भएको आरोप लगाउने बर्जुवाहरु यथार्थमा झुट्टा कुरा गर्छन । तर स्वतन्त्रताकै निम्ति लडाई लडेका र माक्र्सवाद पढेका विद्वानहरुले नै कम्युनिष्ट पार्टीमा स्वतन्त्रताको कमी देख्नु र परिणामतः माक्र्सवादमै स्वतन्त्रताको कमी देख्नु निश्चय नै दुःखको कुरा हो । त्यसैले यसको कारणको खोजी गरी यथाशिघ्र उपचार गरिहाल्नु माक्र्सवादीहरुको आजको वैचारिक कार्यभार हो । अस्तु । 
  १५ चैत २०७०, काठमाण्डौ ।
 
 
 

Attachments#
???????????.doc (35 KB) माक्र्सवाद र स्वतन्त्रता Download
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी