Kapil Pokharel Kapil Pokharel
लेख/Article
Jan 25, 2017
राज्य, राष्ट्रियता र नेपाली परिवेश - कपिल पोखरेल

वर्तमान नेपालका जनतामा प्रीय भावना बनेर वसेको राष्ट्रियताका सम्बन्धमा यस लेख मार्फत  यसको पृष्ठभूमी, यसको सेरोफेरो र नेपालकोे सन्दर्भलाई विश्लेषण गर्ने कोशिस गरिन्छ ।
राज्य के हो ?
आदिम कालमा न राज्य थियो । न त राज्यको अवधारणा नै । महाभारतमा भनिएको छ –न राज्यो नच राजासित्, नदण्डो नच दाण्डिकः धर्मेवैव प्रजाः सर्वेरक्षन्तिस्म परस्परम् । (शान्तिपर्व ः ५८।१४) महाभारतमा भनिए झैं ः न त्यहाँ राज्य थियो न राजा नै थिए, राज्य नै नभएपछि राजा हुने कुरै पनि भएन, न दण्ड थियो, नत कसैले दण्डित हुनुपर्ने वा कसैलाई दण्ड दिनुपर्ने हुन्थ्यो । एक अर्काको रक्षा गर्ने मानव धर्मको कारणले मानव अस्थित्व कायम भएको थियो भन्ने पाइन्छ । यसको अर्थ, आदिमकाल राज्य विहिन थियो र परस्परको रक्षा गर्ने मानव धर्मका कारण समाज अधि बढेको हो । यता आधुनिक कालका मानवशास्त्री लुइस हेनरी मोर्गान र अन्य मानव शास्त्रीहरुले मानव जातिको विकासको लामो अवधिसम्मको युगलाई जङ्गली र वर्वर समाज भनेर राज्यविहिन अवस्थाको चर्चा गरेका छन् । उन्नाइसौं सताब्दीका महान् दार्शनिक, कम्युनिष्ट सिद्धान्तका प्रतिपादक कार्ल माक्र्स (जसलाई मानवशास्त्री, अर्थशास्त्री र द्वन्द्वात्मक–ऐतिहासिक भौतिकवादका प्रवर्तक मानिन्छ) र उनका अभिन्न मित्र फ्रेडरिख एङ्ेगल्सले मानव विकासको लामो अविधिलाइ आदिम साम्य समाज वा आदिम सायवाद भनी व्याख्या, विश्लेषण र त्यसको नामाकरण गरेका थिए । यसरी पूर्वीय दर्शन, पश्चिमा दर्शन र द्वन्द्वात्मक–ऐतिहासिक भौतिकवादी दर्शनहरु हेर्दा, उद्विकासको लामो समयसम्म, हजारौं हजार बर्षसम्म मानव समाज राज्यबिना नै सञ्चालित भएको पुष्टि हुन्छ । 
  समाजमा तेरो–मेरो भन्ने भावनाको विकास अथवा नीजि स्वामित्वको उदयसँगै राज्यको पनि उत्पत्ति भएको पाइन्छ । महाभारतकालमा राज्यको उत्पत्ति भैसकेकाले त्यो राज्य शक्तिको लडाईको काल थियो भन्नु उपयुक्त हुन्छ । यो भर्खरै  राज्य विहिनबाट राज्यनिहित समाज तर्फको अवधि भएकोले  पराजित पक्ष वनवास जानु पर्ने अवस्था देखिएबाट  त्यो काल राज्यको उत्पत्ति पछिको छोटो समयको काल मान्नु उपयुक्त हुन्छ । माक्र्सवादी व्याख्या अनुसार आदिम साम्यवाद पछि दाश युग र तत्पश्चात सामन्तबादी युग अस्थित्वमा आए । दक्षिण एसियाको सन्र्दभमा महाभारत  कालदेखि हालसम्मको अवस्थालाई केलाउँदा, दाशयुगलाई विदा गरी करिव ३५०० देखि ५००० बर्ष अघिबाट सुरुभएको सामन्तवादको समाप्तीको प्रक्रिया भर्खरै चलिरहेको भन्ने बुझ्नु उपयुक्त हुन्छ । नेपालमा ‘लिच्छवि राजा मानदेवले आफूलाई महासामन्त भनाएका थिए’ भन्ने भनाइबाट भारतको वैशालीबाट सामन्तहरु नेपाल आई शासन सुरु गर्दा सामन्तवाद उत्कर्षतिर लागेको भन्ने अनुमान गर्न सकिन्छ तर दाशप्रथाका कतिपय अवशेषहरु भने धेरै पछिसम्म पनि कायमै थिए  र यसको अन्त्य वि. स. १९८२ बैशाख १ गते चन्द्रसम्शेरले गरेको पाइन्छ । यद्यपि त्यसको कतिपय अवशेषका रुपमा हलिया, कमारा–कमारी जस्ता प्रथा हामीले एक दशक अघिसम्म पनि देखेकै हौं । र यसरी, दाशयुगका कतिपय अवशेषहरुलाई हामीले भर्खरै मात्र अन्त्य गरेका छौं । यी अवधिमा साना ठूला जे जस्तो भए पनि राज्यहरु निर्माण र विकास भएको राज्यको संरक्षणका क्रममा सामन्तवादमा राजा, रजौटा र जमिन्दारद्वारा किसानहरुमाथि शासन गरेको यर्थाथ छर्लङ्ग छ । राज्यको उत्पत्तिका सन्र्दभमा विभिन्न विद्व्वानहरुले  विभिन्न किसिमले परिभाषित गरेका छन् । कसैले नीजि स्वमित्वको उत्पत्तिका सुरक्षाको लागि कसैले मानिस र उसको जीउ– धनको सुरक्षाको निम्ति राज्यको उत्पत्ति भएको विश्लेषण गरेका छन् । माक्र्सवादले पनि नीजि स्वामित्वको सुरुआत अनि दाश युगको उदयसँगै राज्यको उत्पत्ति भएको, वर्गको उदयसँगै एउटा वर्गले अर्को  वर्गमाथि शासन गर्न निर्माण गरेको हतियारको रुपमा राज्यको उत्पत्ति भएको भन्ने तथ्य प्रस्तुत गरेको छ । यसरी, वर्गको उत्पत्तीसँगै जन्मिएकोे राज्य, वर्गविहिन समाज निर्माण नभएसम्म कायमै रहने निश्चित छ । दाश युगसँगै जन्मिएको राज्य पूँजीवादी युगसम्म कायमै रहने संयन्त्र हो । आदिम साम्यवादमा राज्य थिएन भने वैज्ञानिक साम्यवादी युगमा पनि राज्यको अस्थित्व रहने छैन भन्ने माक्र्सले निकालेको तथ्य हो । जसलाई गैर–माक्र्सवादीहरुले समेत इन्कार गर्न सक्दैनन् । 
 राष्ट्रियता र नेपालको सन्दर्भ ?
  राज्य निकै पुरानो अवधारणा र संयन्त्र भएपनि राष्ट्रवाद, राष्ट्रियता, देशभक्ति जस्ता अवधारणा भने त्यत्ति पुराना होइनन् । अंगे्रजी शब्द न्यासनालिजम् (Nationalism) लाई नेपालीकरण गरेर हामीले राष्ट्रियता÷राष्ट्रवाद भन्ने गरेका छौं । शाब्दिक हिसावले न्यासनालिजम् (Nationalism) को नेपालीकरण राष्ट्रवाद वा राष्ट्रियता हुन्छ । नेपालका प्रगतिशील वामपन्थी शक्तिहरुले यसलाई ‘राष्ट्रियता’ शब्दले सम्बोधन गर्दछन् ।
  युरोपमा पूजीवादको विकाससँगसँगै राष्ट्रयताको अवधारणा विकास भएको पाइन्छ । यसको इतिहास केलाउदा युरोपमा पूजीवादको प्रादुर्भाव पछि पूँजीपतिहरुले आफ्नो वस्तुको बजार निर्माण र श्रमिकको उपयोग गर्ने उद्देश्यबाट ‘मेरो देशको वस्तु’, ‘मेरो देशको उद्योग’, यसलाई प्रयोग गर्नुपर्छ, अरु हैन ‘मेरै देशको उद्योगलाई माया गर्नु पछर्’, भन्ने भावना विकास गराउने अनि श्रमिकहरुलाई पनि ‘आफ्नै देशको वस्तु खरीद’ र ‘सोहि उद्योगमा काम’ गर्न अभिप्ररित गर्ने उद्देश्यले ‘राष्ट्रवादको’ भावनाको विकास गरेको पाइन्छ । पूजीबादसँगै विकास भएको (पूजीवाद भन्दा केही जेठो पनि मान्न सकिन्छ) मुद्रणले राष्ट्रबादको प्रचार प्रसार गर्न मद्दत पु¥यायो । मुद्रण पूजीवाद (Print Capitalism) ले राष्ट्रवादको भावनाको विकासमा मद्दत पु¥याएको पाइन्छ । पूँजीवादको जननी मानिएको मुलुक वेलायतमा अध्ययन गरेर पूजीवादी  राष्ट्रबाद बुझेका गान्धिले भारतमा स्वदेशी उत्पादनको प्रयोग गर्ने अभियान चलाएको सन्र्दभबाट पनि यसलाई बुझ्न सकिन्छ । भारतमा राष्ट्रबादको विकासको सन्दर्भ हेर्ने हो भने त्यहाँ शासन गर्ने वेलायती उपनिवेशवादको विरोध सगँसँगैे आफ्नै किसिमले राष्ट्रवादको विकास  भएको पाइन्छ । नेपालको भन्र्दभमा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ भन्दा अगाडि राष्ट्रवाद सम्बन्धि अवधारणा रहेको कुनै इतिहास भेटिदैन् । दिव्योपदेशमा राजा पृथ्वीनारायणले राष्ट्रवाद शब्दको प्रयोग नगरेपनि ‘दिव्यपदेश’ मार्फत उनले विदेशी वस्तुको उपभोग र आयातलाई निरुत्साहित गर्ने मात्र होइन, यसलाई प्रतिबन्ध समेत लगाएर संरक्षणबादी नीति निर्माण गरेका थिए  । मल्लकालमा मल्लराजाहरुको औषधी उपचारको नाममा छिरेर नेपालमा (विशेषतः काठमाडौं उपत्यकामा) क्रिस्चियन धर्म प्रचार गर्ने केपुचिन पादरीहरुलाई यिनले देश निकाला गरेका  थिए भन्ने विभिन्न इतिहासमा पाइन्छ । यहाँ स्मरणीय के पनि छ भने क्रिस्चियन मिसनरीहरुलाई देशनिकाला गरेका कारण भारतको सीमावती गाउँ÷सहरहरुबाट तिनिहरुले नेपालको राज्यसत्ता कमजोर पार्न विभिन्न गतिविधि सञ्चालन गरेका र पछि राणा शासनको समयमा नेपाल भित्र पुनः छिरेर यो क्रमलाई अझ अघि बढाएका थिए भन्ने पनि प्रसस्तै दृस्टान्तहरु पाइन्छ ।  
नेपालको राष्ट्रियताका सम्बन्धमा दुई फरक धारणाहरु विकसित भएको पाइन्छ । पहिलो, जनजाति केन्द्रीत दृष्टिकोण र दोस्रो उपनिवेशवाद–साम्राज्यवाद विरोधी राष्ट्रिय स्वाधीनता र सम्प्रभुत्ताको दृष्टिकोण ।  नेपालका जनजातिहरुले नेपाल एकीकरणयताको २४० वर्षमा शासकहरुले गैरहिन्दुहरुलाई हिन्दुकरण गर्न राष्ट्रवादको अस्त्र प्रयोग गरिएको भन्दै गैरहिन्दु जनजातिहरुले धर्म संस्कृति र जातीय विकासका निम्ति हिन्दु राष्ट्रवाद तगारो बनेको भन्ने जस्ता गुनासा रहेकोमा २०७२ सालको संविधानले उक्त समस्यालाई सम्बोधन गरिसकेको छ । 
यथार्थमा, राष्ट्रियता भन्ने भावना, राष्ट्रिय स्वाधिनतासँग संम्बन्धित रहेको छ । संसारमा राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका निम्ति ठूला–ठूला आन्दोलन, संघर्ष र युद्धहरु भएका छन् । दोश्रो विश्वयुद्ध अघिसम्म संसारका अधिकांश मुलुकहरु पराधीन वा उपनिवेश थिए । दोस्रो विश्वयुद्धमा तत्कालिन समाजवादी शिविरको नेतृत्वकर्ता सोभियत संघको अगुवाइमा संयुक्त राज्य अमेरिका समेतको गठबन्धनले जापान –जर्मन गठबन्धनलाई परास्त गरेपछि संसारका कयौं मुलुकहरुले  एकैपटक मुक्तिको स्वास फेर्न पाएका थिए । त्यसपछिको केहि वर्षहरुमा वृटिस उपनिवेशबाद पनि परास्त बन्ने र थप मुलुकहरु स्वतन्त्र बन्ने क्रम चल्यो । यिनै सेरोफेरोमा चीनमा जापानी र भारतमा बृटिस उपनिवेशबाद  पनि परास्त भै ती मुलुकहरु स्वतन्त्र भएका  थिए । 
  बृटिस साम्राज्यबादले नेपाललाई पनि आफ्नो उपनिवेश बनाउन कोशिश नगरेको होइन तर सफल हुन सकेन । वीर नेपाली पूर्खाहरुको कारण नेपाल पराधीन हुन नपरे पनि सुगौली सन्धीमा नेपालले आफ्नो दुइ तिहाइ भूभाग गुमाउन बाध्य हुनुका साथै त्यसको तिन दशक पछि कोतपर्व (हत्याकाण्ड) मार्फत सत्तासिन भएका राणाहरुको सत्ता स्वार्थका कारण तिनै बृटिस उपनिबेशवादीहरुको पाउ पर्नाका कारण नेपाल अर्धउपनिवेश बन्न पुग्यो । भारत स्वतन्त्र भैसकेपछि वृटिस उपनिवेशको उत्तराधिकारी बनेर यसले नेपाल माथि हस्तक्षेपकारी गतिविधि सुरु ग¥यो र यो क्रम हालसम्म जारी राखेको छ । आफू स्वतन्त्र भैसकेपछि भारतले पाकिस्तानलाई विभाजित गराएको मात्र होइन स्वतन्त्र पहाडि राज्य सिक्मिमलाई आफूमा विलय गराएको छ र भुटानलाई अधिनस्थ बनाइ राखेको छ । उसले नेपाल माथि आफ्नो विस्तारवादी र हैकमवादी प्रवृत्ति बढाउँदै लगेको छ ।
  नेपालको सन्र्दभमा, विगतमा वृटिस उपनिबेशवादबाट मुलुकको स्वाधीनता जोगाउनु राष्ट्रवाद थियो भने वृटिस उपनिवेशबादको पतन पश्चात भारतीय विस्तारवादबाट नेपालको भूगोलको रक्षा गर्नु, भारतीाय हैकमवाद तथा साम्राज्यवादी शक्तिहरुबाट आफ्नो स्वाधीनता र स्वतन्त्र अस्थित्व जोगाउनु नै नेपालको राष्ट्रियताको मूख्य सवालको रुपमा रहेको छ, यतिबेला । राष्ट्रवाद वा राष्ट्रियता पूजीवादको प्राण हो भने अन्तराष्ट्रियतावाद समाजवाद, साम्यवादको । अर्थात  राष्ट्रवाद पूजीवादी सिद्धान्तसँग सम्बन्धित छ भने अन्तराष्ट्रियतावाद  कम्युनिष्ट सिद्धान्त अनुकुल छ । प्रश्न उठ्छ, त्यसो भए नेपालका कम्युनिष्ट किन यतिविधि राष्ट्रियतावादी ? एकजना वामपंन्थी लेखकले ‘म कम्युनिष्ट हुँ, राज्य विखण्डन भए हुन्छ मलाई केहि फरक पर्दैन फलानोको माग पूरा हुनुपर्छ’ भन्नु भयो भनेर कुनै कार्यक्रममा बोलेको खबर छापिएको थियो । कम्युनिष्ट सिद्धान्तको कखरा मात्रै पढेकाले पनि कुझ्ने कुरा के हो भने वर्ग र राज्य जुम्ल्याहा भाइहरु हुन्; सँगै जन्मे र संगै मर्छन । अवर्गीय आदिम साम्यवाद पछि वर्गीय दाशयुग  प्रादुर्भाव भयो र राज्य पनि संगै जन्मियो । पुरै दाशयुग र सामन्तवादी युगभरी नै वर्ग र राज्य दुवै सँगसँगै  भोगिरहेका छौ । पूँजीवाद भरी नै यी दुवै तत्वहरु सँगसँगै जानेवाला छ भन्ने पनि स्वयम्सिद्ध तथ्य छ, माक्र्सवादले पनि यहि भनेको हो । संसारमा  मान्छेद्धारा मान्छेमाथि गरिने शोषणको उच्चचरण पँुजीवादको अन्त्यसँगै यी दुवै तत्वहरु पनि क्रमशः कमजोर हुँदै जान्छन् । समाजवादमा श्रमजीवि वर्ग र उसकै राज्यसत्ता कायम हुन्छ । तर यो व्यवस्थाले ती तत्वहरुलाई निस्प्रभावित बताउदै लैजान्छ । र मानव समाजको उद्विकासको क्रममा अर्थात, समाजवादबाट  साम्यवादमा पदार्पण गर्ने चरणमा प्रवेश गर्दा न राज्य, न वर्ग, न दण्ड, न ब्यभिचार सबै चिज नष्ट हुन्छ र समाज स्वचालित ढङ्गले अघि बढ्छ ।
  कम्यनिष्टहरु नेपालका मात्र होइनन्, संसारभरि नै देशभक्त हुन्छन् । वर्गीय व्यवस्था रहेसम्म राज्य कायमै रहने भएकोले कुनैपनि देशका कम्युनिष्टहरुले आफ्नो मुलुकलाई राज्य विहिनताको अवस्थामा लैजान खोज्नु भनेको उपनिवेश बन्न खोज्नु जस्तो मात्र हुनेछैन अर्काको दाशत्व स्वीकार्नु हुनेछ, आँखा अगाडि आमाको चीरहरण गर्न दिएसरह हुनेछ ।  त्यसैले कम्युनिष्टहरुको निम्ति देशभक्ति र राष्ट्रियता  आमा जत्तिकै  प्यारो हुन्छ । त्यसैले, देशभक्ती र राष्ट्रियताको अर्काे नाम नेपाली कम्युनिष्ट आन्दोलन नै हो, यसलाई संरक्षण गरौं । 
अस्तु ।
२७ मार्ग २०७३। काठमाण्डौ ।
 

Attachments#
State, Nationality and Nepali Context.docx (23 KB) Download
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी